काठमाडौं – आफूलाई वैकल्पिक र भ्रष्टाचार मुक्त देश बनाउने मान्छे भनेर दाबी गर्ने रवि लामिछानेको दैनिकी देखेर सबैजना अचम्ममा परेका छन् ।
निर्वाचनअघिसम्म केपी ओली र प्रचण्डलाई हराउनै पर्छ भन्ने मान्छे अहिले तिनै नेताको दैलो चहार्दैमा ठिक्क भएका छन् । प्रचण्डलाई चितवन ३ बाट लखटेर गोरखा पुर्याएका लामिछाने अहिले उनलाई नै प्रधानमन्त्री बनाउन राजी भए ।
गृहमन्त्री भएको भोलिपल्ट बिहान ९ बजे नै गृह मन्त्रालय पुगेका रवि मंगलबार राति ओली निवास बालकोट र प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गर्न उनी साँझ साढे ७ बजे त्यहाँ पुगेका हुन् ।
करिब २० मीनेटको कुराकानीपछि खुमलटारबाट बाहिरिएका र सोझै उनी सवार गाडी चक्रपथ हुँदै कोटेश्वरबाट पूर्वतर्फ मोडिएको थियो । बालकोटमा गृहमन्त्री लामिछाने पुग्दा सवा ८ बजेको थियो । त्यहाँ एमाले अध्यक्ष केपी ओलीसँग समय मिलाइएको थियो ।
दुवैै भेटवार्तामा लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक बोहोरा सँगै थिए । बालकोटमा अध्यक्ष ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि छलफलमा थिए । नागरिकता र राहदानीको विषयले विवादमा परेका लामिछानेलाई गृह मन्त्रालय दिएकोमा सर्वत्र आलोचना भइरहेको छ ।
उनको राजनीति सिध्याउनकै लागि गृह दिइएको आकलन गरिएका बेला राति राति ओली र प्रचण्ड निवासमा पुग्नुपर्ने बाध्यताले चाँडै लामिछानेको असली मुखुण्डो सार्वजनिक हुने धेरैले अनुमान गरेका छन् ।














