• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन सुझाव


श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन सुझाव

काठमाडौं । भूराजनीति र दक्षिण एसियामा बीआरआई नामक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै श्रीलंकाका प्रतिनिधिले चिनियाँ विश्वव्यापी पूर्वाधार योजना बेल्ट एण्ड रोड इनिसिएटिभले आफ्नो देश आर्थिक संकटमा परेको स्वीकार गरेका छन् । यस्तै बंगलादेशी प्रतिनिधिलेसमेत बीआरआईको महँगो ऋण लगानी देशको अर्थव्यवस्थाका लागि खतरा हुन सक्ने बताएका छन् ।

गत शुक्रबार राजधानीमा आयोजित सेमिनारको प्यानल छलफलमा बोल्दै भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल स्टडिजका डिन र चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्लीले बीआरआईलाई लिएर नेपाल सजग रहनु पर्ने बताए ।

दक्षिण एसियामा बीआरआई चुनौती र नेपालको स्थिति
सीईएसआईएफका कार्यकारी अध्यक्ष एवं अनुसन्धान सल्लाहकार रहेका डेनमार्कका लागि नेपालका पूर्व राजदूत विजयकान्त कर्णले सञ्चालन गरेको छलफलमा भारतका प्रोफेसर श्रीकान्त कोन्डापल्लीसहित सीआईएफका अनुसन्धान निर्देशक अजयभद्र खनाल, श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का हरिम वाटसन पेइरिस, बंगलादेशको सेन्टर फर पोलिसी डाइलगका डा. टोफिकुल इस्लाम खान र भारतको साई नाथ विश्वविद्यालयका डा. देभेन्द्रकुमार वक्ता रहेका थिए ।

सो छलफलका क्रममा श्रीलंकाको काउन्सिल फर पब्लिक पोलिसी (सीपीपी) का हरिम वाटसन पेइरिसले बीआरआई अन्तर्गतको ऋण लगानीमा डेब्ट ट्र्यापको जोखिम रहेकोसमेत बताए । उनले श्रीलंकाको हम्बनटोटा बन्दरगाह चीनले ऋण लगानी गरेर ऋण तिर्न नसक्दा ९९ वर्षका लागि लिजमा लगेको उदाहरण दिए ।

यस्तै बंगलादेशको सेन्टर फर पोलिसी डाइलगका डा. टोफिकुल इस्लाम खानले आफ्नो देशमासमेत बीआरआई अन्तर्गतका परियोजनाहरुमाथि गम्भीर चिन्ता रहेको बताए । उनले चीनले दक्षिण एसियामा पाकिस्तानपछि धेरै लगानी बंगलादेशमा गरेको बताउँदै चिनियाँ लगानी परियोजनाहरुको मुनाफालाई महत्वपूर्ण रुपमा ध्यानमा राखेर मात्रै अघि बढ्न आवश्यक रहेको बताएका छन् ।

ती परियोजनामा लगानीपछि तीनै परियोजनाले आम्दानी गरेर तोकिएको समयावधिमा ऋण चुक्ता गर्नसक्ने सामथ्र्य राख्छ या राख्दैन र त्यो परियोजनाको आर्थिक, सामाजिक, राजनीतिक, वित्तीय, वातावरणीय फाइदा कति हुन्छ भन्ने कुराहरुलाई विशेषरुपमा ध्यानमा राख्नु पर्ने डा. खानले बताएका छन् ।

सीआईएफका अनुसन्धान निर्देशक अजयभद्र खनालले बीआरआई अन्तर्गतका परियोजनाहरु नेपालका लागि डेब्ट ट्र्यापको जालो हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले विश्वव्यापी प्रभुत्व फैलाउन खोजिरहेको चीनका राष्ट्रपति सी चिनफिङको विचारधारामाथि नै खतराको शंका गरेका छन् । माओ त्से तुङपछि सी नै शक्तिशाली भएर विश्वभर आफ्नो प्रभुत्व फैलाउन खोजिरहेको उनको भनाइ छ।

दक्षिण एसियामा बीआरआई चुनौती र नेपालको स्थिति
यस्तै भारतको साई नाथ विश्वविद्यालयका डा. देभेन्द्र कुमारले पनि बीआरआई परियोजना र यसका सम्भावित खतराबारे चिन्ता व्यक्त गर्दै नेपाललाई सजग रहन आग्रह गरेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल स्टडिजका डिन र चाइनिज स्टडिजका प्रोफेसर श्रीकान्त कोन्डापल्लीले पनि नेपाललाई बीआरआई अन्तर्गतका परियोजनाहरु लागु गर्नुअघि अत्यधिक अध्ययन, सजगता र ऋणको ब्याजदर र तिर्ने अवधिमाथि छलफल गर्न सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जेएनयुका प्रोफेसर भन्छन्: दक्षिण एसियाको आधुनिकीकरण लागि ८ ट्रिलियन चाहिन्छ, बीआरआई अन्योल हो
  • २०७९ पुष १४, बिहीबार १६:५६
  • In "BannerNews"
  • नेपाललाई विश्वविख्यात प्रोफेसरहरूको चेतावनी – ‘श्रीलंका, पाकिस्तान टाँट पल्टिए, चिनियाँ ऋणको जालोबाट बच्नुपर्छ’
  • २०७९ पुष १४, बिहीबार १६:५६
  • In "BannerNews"
  • चिनियाँ ऋण महँगो र भुक्तानी अवधि छोटो छ: डा. टोफिकुल इस्लाम खान
  • २०७९ पुष १४, बिहीबार १६:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

भारत रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा

“गुरु गोविन्द सिंह जयन्ती 2022 विभिन्न कार्यक्रम

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version