• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारत रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा


भारत रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा

विराटनगर । मुआब्जा विवादका कारण अलपत्र रहेको बथनाहा–कटहरी रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी गरेको छ। भारतीय भन्सार बिन्दुबाट विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्मको ८ किलोमिटरमा निर्माण सम्पन्न योजना भारतले नेपाललाई हस्तान्तरण गर्न लागेको हो। कुल १८.६ किलोमिटरमध्ये मुआब्जा विवादका कारण कटहरीतर्फको ५.६ किलोमिटरमा काम सम्पन्न हुन नसके पनि निर्माण सम्पन्न भएको बाँकी योजना नेपाल सरकारलाई हस्तान्तरण गर्न लागिएको रेल विभागले जनाएको छ।

विभागका अनुसार भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये ५ किलोमिटर भू–भाग भारतमै पर्छ। रेलमार्गले नेपालतर्फ भने भारतीय भन्सार बिन्दुबाट कटहरीसम्म १३.६ किलोमिटर भू–भाग ओगट्छ। जसमा अहिले विराटनगर–१८ भेडियारीस्थित भारतीय भन्सार बिन्दुबाट उत्तर बुधनगर कस्टम यार्डसम्मको ८ किलोमिटरमा स्टेसनसहित रेलमार्ग निर्माण कार्य सम्पन्न भइसकेको छ। विराटनगर–रंगेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भए पनि मुआब्जा विवादका कारण यो क्षेत्रमा काम अघि बढ्न सकेको छैन।

२०६८ देखि सुरु भएको बथनाहा–कटहरी रेलमार्गको निर्माण कार्य २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो। त्यसका लागि ४ वर्षअघि मात्रै भारतको बथनाहादेखि बुधनगर स्टेसनसम्म रेलको लिकसमेत परीक्षण गरिएको थियो। तर, कटहरी खण्डको मुआब्जा विवादका कारण भारतीय पक्षलाई जग्गा हस्तान्तरण गर्न ढिलाई भएपछि बुधनगरसम्म मात्रै भए पनि सरकारले मालवाहक रेल सञ्चालनको तयारीसहित योजना हस्तान्तरणको प्रक्रिया थालेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए। उनले भने, ‘मुआब्जा विवाद सर्वोच्चमा विचाराधीन छ। त्यसैले प्रारम्भिक चरणमा ८ किमिमै भए पनि रेल सञ्चालनको तयारीसहित हस्तान्तरण प्रक्रिया अघि बढाइएको हो।’

मोरङको कटहरीस्थित रेल स्टेसन क्षेत्रको ११९ बिघा जग्गा अधिग्रहणमा विवाद भएपछि सो क्षेत्रमा स्टेसन निर्माण कार्य अझै अलपत्र छ। मुआब्जा निर्धारण समितिद्वारा प्रतिकट्ठा २ लाखको दरले मुआब्जा दिने निर्णयप्रति जग्गाधनीहरूको असहमति छ। अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरिदिए पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय ५६५ जग्गाधनीहरूमध्ये २२ जनाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्। मुआब्जा विवाद सर्वोच्च प्रवेश गरेपछि अदालतको फैसला कुर्नुको विकल्प नरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।सन् २०१० मा राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा नेपाल र भारतको सीमा जोड्ने गरी ५ स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्ने
  • २०७९ पुष १४, बिहीबार १७:००
  • In "BannerNews"
  • कुर्थादेखि विजलपुरासम्मको ९० प्रतिशत रेल्वेको काम सम्पन्न
  • २०७९ पुष १४, बिहीबार १७:००
  • In "देश"
  • हुलाकी राजमार्ग : मधेसको ‘लाइफलाइन’ ले जगाएको आशा
  • २०७९ पुष १४, बिहीबार १७:००
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

“गुरु गोविन्द सिंह जयन्ती 2022 विभिन्न कार्यक्रम

सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

बिहानै मन्त्रालय, रातिराति बालकोट र खुमलटार किन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version