No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘चीनमा १६ देखि २४ वर्ष उमेर समूहका दुई करोड मानिस बेरोजगार’

‘चीनमा १६ देखि २४ वर्ष उमेर समूहका दुई करोड मानिस बेरोजगार’

बेइजिङ। हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको छ। आधिकारिक तथ्याङ्कअनुसार सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको छ । तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश नगरेको बताइएको छ।

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ। सन् २०२२ को मार्चमा १५.३ प्रतिशत बेरोजगार दर रहेकोमा अप्रिलमा बढेर १८.२ प्रतिशत पुगेको छ। त्यसपछिका केही महिनासम्म यो निरन्तर उकालो लाग्दै जुलाईमा १९.९ प्रतिशत पुगेको हो।

अगस्टमा यो दर केही घटेर १८.७ प्रतिशतमा झरेको छ, तर अझै पनि अहिलेसम्मकै उच्चतम विन्दुमा रहेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ।

कोभिड–१९ का कारण हुन सक्ने गम्भीर बेरोजगारीका कारण पाँचमध्ये एक जना सक्षम चिनियाँले रोजगारी गुमाएका रिपोर्टमा उल्लेख छ।

कोभिड–१९ तथा रुस युक्रेन युद्धका कारण विश्वव्यापी प्रभाव चीनले पनि व्यहोरेको कारण आर्थिक मन्दीको सामना गर्नुपरेको र यसका कारण कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई कटौती गर्ने नीतिका कारण बेरोजगारी दरमा वृद्धि भएको हो।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले पनि आफ्ना कर्मचारीलाई कटौती गरिरहेको छ। हालै, शाओमीका प्रवक्ताले सीएनएनलाई बताएअनुसार शाओमीले ‘नियमित कर्मचारी अनुकूलन र सङ्गठनात्मक सुव्यवस्थापन’ अभियान सञ्चालन गरेको थियो । यो कदमले कम्पनीको १० प्रतिशतभन्दा कम कर्मचारीलाई मात्र असर गरेको उनले बताए।

“चिनियाँ सरकारी सञ्चारमाध्यमले भने शाओमीले आफ्नो स्मार्टफोन र इन्टरनेट व्यवसाय एकाइलगायत विभिन्न विभागमा हजारौँ कर्मचारी कटौती गर्ने जानकारी दिएका छन्,” द हङकङ पोस्टले लेखेको छ।

वित्तीय दस्ताबेजका अनुसार शाओमीले सन् २०२२ को पहिलो नौ महिनामा करिब एक हजार ९००कर्मचारी कटौती गरेको छ । सेप्टेम्बरको अन्त्यसम्ममा कम्पनीमा लगभग ३५ हजार पूर्ण कालिक कर्मचारीहरू थिए, जसमध्ये अधिकांश चीनमा आधारित थिए ।

चीनको शून्य–कोभिड प्रतिबन्धको प्रतिकूल प्रभावका कारण कम्पनीको राजस्व १० प्रतिशतभन्दा बढीले घटेको छ ।

सीएनएनको रिपोर्टमा भनिएको छ, “चीनको शिक्षा मन्त्रालयले गत महिना ११.६ मिलियन कलेज स्नातकहरू रोजगार बजारमा प्रवेश गर्ने बताए अनुसार अर्को वर्ष स्थिति अझ खराब हुन सक्नेछ ।”

वासिङ्टन डिसीस्थित जेम्सटाउन फाउन्डेसनका सिनियर फेलो विली लामलाई उद्धृत गर्दै हङकङ पोस्टले लेखेको छ, “निश्चित रूपमा, यो चार दशकभन्दा बढी समयको अवधिमा युवाहरूका लागि चीनको सबैभन्दा खराब रोजगारी सङ्कट हो । व्यापक बेरोजगारी यहाँको कम्युनिस्ट पार्टीका लागि ठूलो चुनौती भएको छ ।”

संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०३० को दशकमा १५ देखि ६४ वर्ष उमेर समूहका रूपमा परिभाषित गरिएको चीनको कामकाजी उमेरको जनसङ्ख्या तीव्र गतिमा घट्न थाल्नेछ र यो शताब्दीको अन्त्यसम्ममा ६० प्रतिशतभन्दा बढीले घटेर ३७ करोड ८० लाखमा झर्नेछ ।

सन् २०१४ मा ९९ करोड ७० लाख रहेको काम गर्ने उमेरको जनसङ्ख्या सन् २०२१ मा घटेर ९८ करोड ६० लाखमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
प्रधानमन्त्रीमा दाहालको नियुक्ति भोलि ४ बजे शपथ ग्रहन

प्रचण्डलाई सरकार टीकाउन सकस

ओलीले विष्णु पौडेलबाहेक नाम चलेका नेता किन प्रचण्ड सरकारमा पठाएनन् ?

ओलीले विष्णु पौडेलबाहेक नाम चलेका नेता किन प्रचण्ड सरकारमा पठाएनन् ?

भारतमा एक वर्षसम्म ८१ करोड जनतालाई निःशुल्क खाद्यान्न दिने मोदी सरकारको घोषणा

भारतमा एक वर्षसम्म ८१ करोड जनतालाई निःशुल्क खाद्यान्न दिने मोदी सरकारको घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .