No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनसँगको सीमामा भारतले बढायो सैनिक

चीनसँगको सीमामा भारतले बढायो सैनिक

अरूणाचल प्रदेशस्थित तवाङमा दुई देशका सेनाबीच झडप भएपछि भारतले सीमा क्षेत्रमा परिचालित सैनिकको संख्या हालसम्मकै उच्च बनाएको हो
नयाँदिल्ली — भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमा क्षेत्रमा परिचालित भारतीय सैनिकको संख्या बढाएर हालसम्मकै धेरै पुर्‍याइएको बताएका छन् ।भारतले चीन एक्लैलाई ‘सीमाको हालको यथास्थितिमा परिवर्तन ल्याउन नदिने’ विदेशमन्त्री जयशंकरको भनाइ छ ।

अरुणाचलस्थित सीमा क्षेत्र तवाङमा दुई देशका सैनिकबीच गतसाता भएको झडपपछि भारतीय विदेशमन्त्रीले सैन्य उपस्थिति बढाएको बताएका हुन् । ‘हामीले चीनसँगको सीमा क्षेत्रमा अभूतपूर्व संख्यामा भारतीय सैनिकहरू परिचालित गरेका छौं,’ जयशंकरले भनेका छन्, ‘चिनियाँ उग्रताको प्रतिवाद गर्न यो निर्णय लिएका हौं ।’

भारत र चीनका सेनाबीच गत डिसेम्बर ९ मा अरुणाचलस्थित सीमा क्षेत्रमा सैन्य झडप भएको हो । झडपमा केही भारतीय सैनिक घाइते भएका जनाइएको छ । मानवीय क्षति नभए पनि दुई देशबीच वर्षौंदेखि जारी तनाव थप चर्केको छ ।

चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । घटनापछि चिनियाँ सेनाका वेस्टर्न थिएटर कमान्डका प्रवक्ताले भने अवैध रूपमा सीमा पार गरेका भारतीय सैनिक चिनियाँ सैनिकसामु आएपछि तनाव उत्पन्न भएको बताएका थिए । तवाङ घटनापछि चिनियाँ विदेश मन्त्रालयले झडप भएको सीमा क्षेत्र हाल शान्त रहेको र शान्ति कायम राख्ने विषयमा दुवै पक्षबीच छलफल चलिरहेको जनाएको छ ।

घटनापछि भारत र चीनबीच सीमा विवाद तनावपूर्ण छ । दुवैतर्फको सीमा क्षेत्रमा सैन्य तैनाथी बढाउँदै लगिएको र सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण कार्य तथा सैन्य हतियार तथा उपकरणको संख्या थप गरिएको जनाइएको छ ।

दुई देशका सैनिकहरूबीच गत वर्षको जनवरीमा पनि भुटाननजिकैको सीमा क्षेत्रमा झडप हुँदा केही सैनिक घाइते भएका थिए । गत वर्षकै सेप्टेम्बरमा पनि भारतीय सैनिकले सीमामा गोली चलाएको चीनले आरोप लगाएको थियो । दुई देशबीच सन् १९६२ मा सीमा विवादका कारण युद्ध भएको थियो । उक्त युद्धमा भारतले हार बेहोरेको थियो । यो समाचार ईकान्तिपुरमा प्रकाशित गरिएको छ ।

लद्दाखको झडपपछि १६ चरणमा वार्ता भइसकेका छन् तर समस्या भने समाधान हुन सकेको छैन । समस्या समाधान भइरहेका बेला गत साता पुनः दुई देशका सेना आमनेसामने भएपछि घटनाले भारतको आन्तरिक राजनीतिसमेत तातेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भाजपा नेतृत्वको सरकारले घटनालाई लुकाउन खोजेको भन्दै विपक्षी दलहरूले सोमबार भारतीय संसद्का दुवै सदन अवरुद्ध पारेका छन् ।

सीमाको अवस्थाबारे संसद्मा तत्काल छलफल गर्नुपर्ने माग अस्वीकृत भएपछि प्रतिपक्षी दलहरूले संसद् बहिष्कार गरेका हुन् । विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले चीनबाट हुन सक्ने खतरालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । भारत र चीनबीचको विवादित सीमा क्षेत्रलाई एलएसी ९लाइन अफ एक्चुअल कन्ट्रोल० भनिन्छ ।

एलएसीमा सीमा विभाजन स्पष्ट नरहेका कारण दुवै देशका सैनिकबीच कतिपय अवस्थामा झडपको अवस्था उत्पन्न हुने गरेको छ । दुई देशबीचको ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा क्षेत्रमा विवाद भइरहनुको मुख्य कारण पनि सिमाना प्रस्ट नहुनु नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच हानथाप

चीनमा फेरि संकट , कोरोना संक्रमीतले भरिभराउ अस्पताल

चीनमा फेरि संकट , कोरोना संक्रमीतले भरिभराउ अस्पताल

लहानमा जलवायु परिवर्तन सम्बन्धि एक दिने अन्तरक्रिया

लहानमा जलवायु परिवर्तन सम्बन्धि एक दिने अन्तरक्रिया

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .