• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन


पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ।

शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे। उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरूविरुद्ध नाराबाजीसमेत गरेका थिए।

भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरे भने मुम्बईका विभिन्न भागमा एकत्र भएका सयौँ भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरे।

उनीहरूले पाकिस्तान सरकार र विदेशमन्त्रीको आलोचना गर्ने गीत पनि बजाएका थिए। बिलावल भुट्टो जरदारीले मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सिर्जना गरेको छ। भाजपाले देशभरका सबै राज्यको राजधानीहरूमा विरोध प्रदर्शन गरिरहेको छ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी मन्त्रीले गरेको अपमानजनक टिप्पणीपछि भारतभर आक्रोश छाएको छ।

भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अतिअपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था, अराजकता तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ। भाजपाले एक वक्तव्य निकालेर पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगतमा पाकिस्तानको प्रतिष्ठा घटाएको जनाएको छ।

गत बुधबार सुरक्षा परिषदमा बोल्दै भारतका विदेशमन्त्री एस जयशंकरले परिषदमा कस्मिर मुद्दा उठाएकोमा पाकिस्तानको आलोचना गरेका थिए। भारतका विदेशमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै बिहीबार पाकिस्तानी विदेशमन्त्रीले प्रधानमन्त्री मोदीलाई ‘कसाइ’ भनेर सम्बोधन गरे।

भारतका विदेशमन्त्रीले सन् २००१को नोभेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाका मुख्य योजनाकार ओसामा बिन लादेनलाई शरण दिएको, छिमेकी देशको संसदमा पाकिस्तानले हमला गरेको पाकिस्तानलाई राष्ट्रसंघको शक्तिशाली अंक सुरक्षा परिषदमा उपदेश दिने नैतिक अधिकार नभएको टिप्पणी गरेका थिए।

पाकिस्तानका विदेशमन्त्रीले आफू स्वयम् आतंकवादको शिकार बनेको, आफ्नो देश पनि त्यसबाट प्रताडीत रहेको बताउँदै पाकिस्तानले कहिल्यै पनि आतंकवादलाई प्रश्रय नदिएको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानका प्रधानमन्त्रीको “गलत नीति” को कारणले आतंकवादी घटनाहरुमा वृद्धि
  • २०७९ पुष ३, आईतवार १२:२४
  • In "अन्तराष्ट्रिय"
  • इमरान खान सरकारको अक्षमताको आलोचना , ईमरान खानले राजीनामा दिनु पर्ने – बिलावल
  • २०७९ पुष ३, आईतवार १२:२४
  • In "अन्तराष्ट्रिय"
  • बिलावलले मंसिर २४ गतेदेखि मुद्रास्फीति विरुद्धको आन्दोलनको गर्यो घोषणा
  • २०७९ पुष ३, आईतवार १२:२४
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post

सरकार गठन गर्न साना दल फकाउँदै एमाले

सरकार गठनमा चीनको चासो, चिनियाँ दूतावासका डीसीएम

विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version