No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भेरीबबई सिँचाइ निर्माणमा ढिलासुस्ती

भेरीबबई सिँचाइ निर्माणमा ढिलासुस्ती

भेरीबबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाको सिभिल संरचना (हेडवक्र्स, पावर हाउस तथा सर्ज साफ्ट) निर्माणमा अनुमानित लागतभन्दा ३५ प्रतिशत कम रकममा कबोल गरेर ठेक्का पाएको ग्वाङडोङ युवाङटेयरिङ–रमण जेभीले निर्माणमा आलटाल गर्दै आइरहेको छ। ग्वाङडोङ युवाङटेयरिङ–रमण जेभीले ठेक्का सम्झौता अनुसार यो आयोजनाको निर्माण आगामी २०८० साउन २९ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ।

अहिलेसम्म यो परियोजनाको भौतक प्रगति भने ४० प्रतिशत मात्रै पुगेको छ। जबकी ठेक्का सम्झौताको म्याद सकिन आठ महिना मात्रै बाँकी छ।

बाँकी रहेको आठ महिनाको अवधिमा यो सकिने लगभग अनिश्चित जस्तै छ। आयोजनाले हेडवक्र्स सिभिल र सर्ज साफ्ट निर्माणको लागि अनुमानित लागत भ्याटबाहेक ११ अर्ब ५२ करोड ६१ लाख ३० हजार कायम गरेको थियो। ठेकेदार कम्पनीले भने भ्याटबाहेक ६ अर्ब १६ करोड ५२ लाख ५५ हजारमा ठेक्का पाएको थियो।

भेरीबबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले हेडवक्र्स, पावरहाउस तथा सर्ज साफ्टको निर्माणको काम ४० प्रतिशत मात्रै भएको बताए।

‘निर्माण कम्पनीले अनुमानित लागतभन्दा ३५ प्रतिशत कम लागतमा कबोल गरेर ठेक्का पाएको थियो। ‘अहिले आयोजना निर्माणको काम अपेक्षित गतिमा भइरहेको छैन,’ उनले भने, ‘ठेक्का सम्झौता अनुसार आयोजनाको म्याद सकिन आठ महिना मात्रै बाँकी छ तर निर्माण कम्पनीको प्रगति भने ४० प्रतिशत मात्रै भएको छ।’

सिनियर डिभिजनल इन्जिनियर सुवेदीले गत वर्षायाममा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स क्षेत्रमा थ्रुपारेको गेग्य्रान हटाउने काम भइरहेको बताए। ‘अहिले निर्माण कम्पनीले वर्षायाममा थुप्रिएको गेग्य्रान सफा गर्ने काम भइरहेको छ,’ उनले भने ‘विगत १०÷१५ दिनदेखि हटाउने काम भइरहेको छ।’

सिनियर डिभिजनल इन्जिनियर सुवेदीले समग्रमा निर्माण कम्पनीको काम सन्तोपजनक नभएकाले बारम्बार कामको गति बढाउन ताकेता गर्दै आइरहेको बताए। ‘निर्माण कम्पनीको काम सन्तोषजनक देखिएको छैन। हामीले बारम्बार कामको रफ्तार बढाउन अनुरोध गर्दै आइरहेका छौं,’ उनले भने ‘निर्माण कम्पनीले अनेकबाहनाबाजी गरेर ढिलो गरिरहेको छ।’ उनले कोभिड १९ को कारणले पनि आयोजनाको म्याद करिब एक वर्ष थप गर्न सकिने बताए। ‘ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीको म्याद अझै ८ महिना बाँकी छ,’ उनले भने ‘कोभिडको कारणले पनि एक वर्ष त म्याद थप गर्न सकिएला। निर्माण कम्पनीको कार्यसम्पादनको मूल्यांकन गरेर आवश्यक निर्णय गर्नेछौं।’

सरकारले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सेवा उपलब्ध गराउने भन्दै भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजना अघि सारेको थियो। सरकारले ०६८÷६९ मा भेरी बबई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गर्दै १० वर्षभित्रै अर्थात् ०७९÷८० सम्म सम्पन्न गर्ने लक्ष्य राखेको थियो। सो सिँचाइ आयोजनाबाट बाह्रै महिना सिँचाइ सेवा उपलब्ध गराउन भेरी नदीबाट ४० घनमिटर प्रतिसेकेन्ड पानी बबई नदीमा खसालिने योजनासहित सुरु गरेको थियो। अहिलेसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ५८ प्रतिशत मात्रै रहेको छ। यसबाट ४६.८ मेगावाट बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ। सरकारले यो आयोजनाको लागि ३३ अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान गरेको छ। हालसम्म यो आयोजनामा १४ अर्ब रूपैयाँ खर्च भइसकेको छ।

सिनियर डिभिजनल इन्जिनियर सुवेदीले आयोजनाको समष्टिगत भौतिक प्रगति ५८ प्रतिशत मात्रै भएको बताए। यो आयोजनाको कार्यालय ०६८/६९ देखि नै स्थापना भएको हो तर आयोजना निर्माणको काम भने ०७१/७२ सालदेखि मात्रै भएको हो,’ उनले भने, ‘आयोजानाको बाँकी ४२ प्रतिशत काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’

सिनियर डिभिजनल इन्जिनियर सुवेदीले आयोजनाको सुरुङ खन्ने काम अघि र अन्य हेडवक्र्ससहितका संरचना ढिलो गरी निर्माण गर्दा समग्रमा आयोजनाको समष्टिगत निर्माण कार्य प्रभावित भएको बताए। ‘यो परियोजनमा पहिलो पटक टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ खन्न थालियो तर अन्य संरचना निर्माणको कामसँगसँगै अघि बढाइएन। जसको कारणले अहिले यो परियोजना निर्माणमा केही ढिलो भएजस्तो देखिएको छ,’ उनले भने ‘आगामी दिनमा यस्ता खालका परियोजना अघि बढाउँदा सबै खालका पूर्वाधार सँगसँगै निर्माण गर्नुपर्ने देखिएको छ। नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .