कोहलपुर २८ मंसिर
बाँकेको कोहलपुर नगरपालिका १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा करिव ४५ लाखको लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो । उक्त भवनका लागि भूमिपुजन गरिएको छ । आज विहान ८ः ४५ बजेको उत्तम साइतमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, वडा अध्यक्ष दिपेन्द्रकुमार चौधरी लगायतले भूमिपुजन गर्नुभएको विद्यालयका प्रधानाध्यापक भोजेन्द्र वलीले जानकारी दिनुभयो । १ सय ९१ विद्यार्थी अध्ययनरत यो विद्यालयमा भवनको अभाव छ । एउटा जीर्ण र जस्तापाताले छाएको भवनमा विद्यार्थीहरु जोखिमपूर्ण तरिकाले अध्ययन गर्न बाध्य छन् । सुविधा सम्पन्न ४ कोठे पक्की भवन निर्माण हुने भएपछि विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने नगर विद्यालयका प्रअ वलीको भनाइ छ ।
