No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बाकसमा फर्केका बुधन परिवारको विजोग : नत बिमा रकम पाए, न क्षतिपुर्ति

बाकसमा फर्केका बुधन परिवारको विजोग : नत बिमा रकम पाए, न क्षतिपुर्ति

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम । 
जनकपुरधाम–जटही सिक्सलेन सडकबाट २५ मिटर पूर्व गल्लीमा हिडेपछि बुधन पण्डितको घर पर्छ । दुई धुर जग्गामा चारैतिर इँट्टाको पर्खाल र माथिबाट जस्ता पाताको छानो छ । एउटा कुनामा जस्ता पुगेको पनि छैन । त्यहाँ त्रिपाल प्लास्टिकले टालटुल पारिएको प्रष्टै देख्न सकिन्छ । घरको भित्तामा पलास्टर छैन, नत भूँमा ढलान नै । वर्षाको बेला चुहिन्छ । पानीपानी हुन्छ । बस्न सक्ने अवस्थ समेत हुँदैन । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठामा पर्ने त्यो सानो झुपडीपमा गुजारा गरिरहेका छन् विदेशी भूमिमा एकवर्ष अघि ज्यान गुमाएका ४२ वर्षीय बुधन पण्डितको परिवार ।

बुधनको ३६ वर्षीया श्रीमती उर्मिला, जेठो छोरा १९ वर्षीया उमेश र कान्छो १७ वर्षीय दिनेश जसोतसो जीवन धानिरहेका छन् । २०७८ असोज ७ गते बुधनको कतार स्थित दोहामा एयरपोर्टको रनवे बनाउने क्रममा मृत्यु भयो । खाना खाएर श्रीमती उर्मलासंग कुरा गर्दै गर्दा पछाडीबाट बुल्डोजरले किचिएर बुधनको मृत्यु भयो । कतारमा आगामी मंसिर ४ देखि चलिरहेको एसियाली विश्वकप फुटबलको तयारी स्वरुप एयरपोर्टको रनवे तयार गर्ने काममा लागेका थिए बुधन ।

कतारको नाइलबीम हार्म स्ट्रोन कन्ट्रक्सन कम्पनीमा उनी लेबरको काम गर्थे । चारवर्ष अघि कतार गएका बुधन मृत्यु पश्चात १४ दिनपछि बाकसमा स्वदेश फर्किए । अहिले उनको परिवार ससुराको जग्गामा सानो झोपडी बनाएर आश्रय लिएका छन् । आर्थिक रुपमा विपन्न उनको परिवारको साँझ बिहानको चुल्हो छोरा उमेशको ज्याला मजदुरीबाट बल्छ । शव आएपछि सरकारले क्रिया खर्च स्वरुप २५ हजार रुपैयाँ मात्र दिएको थियो । तर, घटनाको एक वर्ष बित्दा पनि उनको परिवारले श्रम विभागबाट नत बिमा रकम पाएका छन्, न त कार्यरत्त कम्पनीबाट क्षतिपुर्ति नै । श्रम विभाग र राजदुताबासमा विमा रकम र क्षतिपुर्तिका लागि सबै कागजी प्रक्रिया पुर्याएर दौडधुप गर्दा कुनै सुनुवाइ छैन ।

‘बुबाको मृत्युपछि इन्स्योरेन्सको जति क्लेम गर्नुपर्ने थियो, गरें । अहिलेसम्म श्रम विभागबाट एक रुपैयाँ बिमा रकम पाएको छैन । दौडधुप गरिरहेको छु, जान्छु, म्यासेज गर्छु कुनै रेस्पोन्स छैन’, दिनेशले दुखेसो सुनाउँदै भने ‘नेपाल सरकारले केही गरेन । कम्तिमा दुतावासले त्यहाँको कम्पनीलाई क्लेम गर्न सक्छ नि ! त्यहाँ पनि सबै डकुमेन्ट दिँदा कुनै वास्ता नै छैन । कतैबाट कुनै सहयोग छैन ।’

बिमा रकम र क्षतिपुर्ति पाउने छाटकाट नदेखेपछि उनको परिवारले आश मारिसकेको छ । ‘बिमा रकम र दुर्घटनाको क्षतिपुर्ति ६ महिना पहिले नै दिन्थ्यो होला । अब त मलाई विश्वास नै भइरहेको छैन । अब दिने मन भए दिन्छ, होला होइन भने दिँदैन ।’ जेठो छोरा उमेशले भने ।

बुधनको आफ्नो घर धनुषाको नगराइन नगरपालिका ३ घोडघासमा हो । बुबा मंगल पण्डित र आमा जसोधिया देवीका पाँच छोरा मध्ये काइला बुधन घरको जर्जर आर्थिक अवस्था टाल्न झण्डै १० वर्ष विदेशमा पसिना बगाए । त्यसअघि ५ वर्ष उनी मलेसिया पुगेर फर्केका थिए । त्यति सुझबुझ नभएकाले उनको भागको सम्पति घोडघासमा पनि रहेन । भाइभाइमा छुट्टिएपछि उनको भागमा परेको सम्पति पनि ऋणमै गयो । ऋणको भार टार्न उनले आफ्नो भागको सम्पति बेचे । झण्डै तीनवर्ष ससुरा रामचलितर पण्डितको घर जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा शरण लिएका छन् उनको परिवारले । श्रीमती र छोराहरु पहिला खासै सम्पतिप्रति चाँसो चिन्ता राखेनन् । पछि दुर्घटनामा उनको मृत्युपछि छोराहरु अलिअलि बुझ्न थाले ।

‘बुबा त्यति नबुझ्ने गरेकाले विदेशमा काम गरेर पैसा मात्रै पठाउनु भयो । त्यसले परिवार चल्यो । बचत गर्नुभएन । तर अन्तिममा सम्पतिको अत्तोपत्तो भएन । हाम्रो भागमा परेको सम्पति पनि ऋण बुझाउन विक्री भएपछि हामी मावली घरमा शरण लिनु पर्यो ।’ छोरा दिनेशले सुनाए ।

ससुरा चलितरका चार छोरी छन् । विहेबारी गरेर आफ्नो घर गइसकेकी छन् । त्यही क्रममा उनले ज्वाइँ बुधनबाट दुईलाख रुपैयाँ सापटी लिएका थिए । तर फिर्ता गरेनन् । बुधनकी सासु आमा अग्नी देवीको दुईवर्ष अघि देहान्त हुँदा छोरी मध्येकी जेठी उर्मिलालाई समाजले दागबती दिलाएका थिए । ससुरा चलितरले यही घरमा बस्न भनेपछि छोरीसहित नातिहरु बस्न थाले । तर, त्यो झुपडी भएको जग्गामाथि मुद्दा परेको छ । पछि विवाद भएपछि चलितर बाहिरै बस्ने गरेको छिमेकहरु सुनाउछन् ।
‘बुधन घोडघासमा भएको आफ्नो भागको जग्गा बेचेर ऋण तिरे । यो जग्गामाथि पनि मुद्दा परेको छ । उनको परिवारको अवस्था दयनीय छ । जेठो छोराले जसोतसो ज्याला मजदुरी गरेर घर चलाउँछन् । सम्पतिको नाममा केही छैन’ छिमेकी रेखादेवी राउतले भनिन् ।

कान्छो छोरा दिनेश जनकपुरधाम स्थित राजर्षि जनक क्याम्पसमा कक्षा ११ मा पढिरहेका छन् । दिनेशले सँधै ज्याला मजदुरीको काम पाउँदैनन् । जसले परिवारमा संकट छ । आमा उर्मिलालाई छोराको भविष्य र बसेको घरको मुद्दाको चिन्ताले पिरोलेका छ । ‘श्रीमानको कमाइले घरपरिवार चल्थ्यो । अब यो जग्गामाथि पनि मुद्दा परेको छ । कान्छो छोरा जसोतसो पढिरहेका छन् । त्यो पनि जेठो छोरा उमेशको मजदुरीले’ उर्मिलाले भनिन् ‘श्रीमानको मृत्युपछि बिमा रकम र क्षतिपुर्ति पाइएन । छोराको भविष्यलाई लिएर चिन्ता छ । हामीलाई सुरक्षित महसुस भइरहेको छैन ।’

उनको यो अवस्थाले छिमेकीहरु पनि चिन्तित छन् । दिनेशले नि सँधै ज्यालामजदुरीको काम पाउँदैनन् । सरकारले मृत्युपछि क्षतिपुर्ति नदिनु दुखद रहेको छिमेकी हेमकुमार साहको गुनासो छ । आपदमा रहेका उनको परिवारलाई सरकारले बिमा रकम र क्षतिपुर्ति कम्पनीबाट उपलब्ध गराउन सहयोग गर्नुपर्ने स्थानीयको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
सिरहाको लहान इलाका प्रहरी कार्यालय अगाडि पत्रकारको धर्ना 

सिरहाको लहान इलाका प्रहरी कार्यालय अगाडि पत्रकारको धर्ना 

लोसपा अध्यक्ष ठाकुर बधाईमा, पराजित झा र महतो लगायतका नेता समीक्षामा

लोसपा अध्यक्ष ठाकुर बधाईमा, पराजित झा र महतो लगायतका नेता समीक्षामा

सुक्खा बन्दरगाहाको सुक्खा ‘बिजनेस’

सुक्खा बन्दरगाहाको सुक्खा ‘बिजनेस’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .