No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा आक्रामक रुपमा बढ्दै कोरोना संक्रमण, बेइजिङले बनाएको खोप नै काम नलाग्ने, जनताहरु सडकमा

चीनमा आक्रामक रुपमा बढ्दै कोरोना संक्रमण, बेइजिङले बनाएको खोप नै काम नलाग्ने, जनताहरु सडकमा

काठमाडौं । चीनमा कोभिड १९ संक्रमण आक्रामक रुपमा बढेको पाइएको छ । जनतालाई निरन्तर घरभित्र थुन्ने र विभिन्न प्रकारका खोप उत्पादन गरेर संसारभर बेचेर खर्बौ रुपैयाँ कमाइरहेको चीन आफ्नै देशभित्र कोभिड नियन्त्रणमा भने असफल रहेको छ । जनतालाई घरभित्र थुन्ने र आफू पैसा कमाउने ध्याउन्नमा चिनियाँ सी चिनफिङ सत्ता सक्रिय भएपछि चिनियाँ नागरिकको धेर्यताको बाँध फुटेको छ । नागरिकहरु सडकमा उत्रिएपछि सी सत्ताले घुडा टेकेको छ छ । केही सहरमा शून्य कोभिड नीति खुकुलो बनाउनुपरेको छ ।
अर्कोतिर कडा कदमका बीच देशमा कोभिड १९ का संक्रमितहरुको वृद्धि चिन्ताजनक रुपमा रहेको बताइएको छ । बेइजिङलगायत धेरै प्रमुख सहरहरूले कोभिड १९ को गम्भीर प्रकोपको सामना गरिरहेका छन् । बेइजिङको चाओयाङ जिल्ला भित्रका अधिकांश व्यवसायहरू बन्द छन् । बासिन्दाहरूलाई केही दिन घरभित्रै बस्न आदेश दिइएको छ ।

यो परिदृश्यले चीन सन् २०२३ मा कोभिड १९ को महामारीको चौंथो वर्षमा उक्लिएको छ र शून्य कोभिड १९ नीतिको कहिलै अन्त्य नहुने देखिएको छ । विश्व स्वास्थ्य संवठन ९डब्ल्यूएचओ०ले कोभिड १९ को अन्त्य नजिकै छ भनी सुनिश्चित गरेको भए पनि चीनको सन्दर्भमा वास्तविकता फरक छ । अहिले चीनमा फैलिरहेका ओमिक्रोन भेरियन्टहरू अघिल्लो सव(भेरिएन्टहरू भन्दा धेरै संक्रामक छन् । चिनियाँ अधिकारीहरूले कडा कदम चालेको भएता पनि अचानक कोभिड १९ को बृद्धि हुनुको कारण यही हो ।

व्यापारिक सहरबाट आयात गरिएको ओमिक्रोन बीएफ ७ भेरियन्ट अचानक प्रकोपको कारण बनेको छ । मुख्यतया चाओयाङ, चाङपिङ, हैदियान, फेंगताई र टोङझाउ जिल्लामा संक्रमण फैलिएको छ । अर्को कारण चीनको कमजोर खोप दर हो । चीनमा ८० वर्ष र माथिका मानिसहरू मध्ये आधाले मात्र प्राथमिक खोपहरू लिएको र तिनीहरुमध्ये २० प्रतिशतले मात्रै बुस्टर डोज लगाएको रिपोर्ट गरिएको छ । ६० देखि ६९ वर्ष उमेर समूहको ६० प्रतिशत भन्दा कमले मात्रै पूर्ण रूपमा खोप लगाएका छन् ।

खोपको प्रभावकारितामा प्रश्न

सन् २०२१ को मध्यमा सीमित क्लिनिकल परीक्षण तथ्यांकको आधारमा डब्ल्यूएचओले कोरोनाभ्याक ५१ प्रतिशत र सिनोफार्म ७९ प्रतिशत लक्षणात्मक रुपमा कोभिड१९ रोक्न प्रभावकारी रहेको सुझाव दिँदै चीनको खोपहरूको आपतकालीन प्रयोगको लागि अनुमोदन गरेको थियो । यो विश्व स्वास्थ्य संगठनको सूचीकरणको समयमा अक्सफोर्ड विश्वविद्यालय–एस्ट्राजेनेकाको भाइरल भेक्टर भ्याक्सिनको लागि रिपोर्ट गरिएको ६३ प्रतिशत प्रभावकारितासँग बराबर थियो । तर फाइजर–बायोटेक र मोडर्नाद्वारा विकसित कोभिड१९विरुद्धका खोपहरूको प्रभावकारीता ९० प्रतिशत भन्दा बढी थियो । बेइजिङस्थित कम्पनी सिनोभ्याक र बेइजिङको सरकारी स्वामित्वको सिनोफार्मले उत्पादन गरेको कोरोनाभ्याक नामक खोपहरू विश्वमा सबैभन्दा बढी प्रयोग हुने कोभिड–१९ विरुद्धका खोप हुन् । परम्परागत रूपमा खोपहरू मृत वा कमजोर भाइरसका अणुहरू हुन् जसले प्रतिरक्षा प्रणालीमा रक्षात्मक सेतो रक्त कोशिकाहरूलाई भाइरससँग बाँध्ने र यसलाई बेअसर गर्ने एन्टिबडीहरू सिर्जना गर्न उत्तेजित गर्दछ । साइनोफार्मको कोभिड१९ विरुद्धको खोप जसमा निष्क्रिय कोरोनाभाइरसहरू यसको एउटा उदाहरण हो । अर्को यस्तै विधि नोभाभक्सको कोभिड १९ खोपले प्रयोग गरेको थियो जुन भाइरसबाट पृथक प्रोटीन हो । फाइजर, बायोएनटेक र मोर्डनाले भाइरस आनुवंशिक सामग्री अर्थात एमआरएनए प्रयोग गरेको छ, जसलाई अहिलेसम्म उत्पादित अत्यधिक प्रभावकारी खोप मानिन्छ । एस्ट्राजेनेकाले खोप निमार्णमा भाइरल भेक्टर प्रयोग गरेको थियो ।

खोप लगाएकै ठाउँमा फैलियो प्रकोप

अनुसन्धानकर्ताहरूले कोरोनाभ्याक र सिनोभ्याक प्रकारका खोपहरू धेरै भाइरल प्रोटिनहरू विरुद्ध प्रतिरक्षा प्रतिक्रियालाई ट्रिगर गर्ने भएका कारण कम प्रभावकारी हुने गरेको बताउँछन् । यसको विपरित, फाइजर–बायोएनटेक र मोडर्नाका एमआरएनए र भाइरल भेक्टर भ्याक्सिनहरूले स्पाइक प्रोटीनको प्रतिक्रियालाई लक्षित गर्छन् । यसै स्पाइक प्रोटिनको सहयोगमा भाइरस मानव कोषहरूमा प्रवेश गर्दछ ।

अधिकांश चिनियाँ खोप आयात गर्ने पश्चिम अफ्रिकी राष्ट्र सेशेल्स र इन्डोनेसिया जस्ता देशहरू उनीहरूले प्रस्ताव गरेको सुरक्षाको बारेमा चिन्तित थिए। ओमिक्रोन भेरियन्टको द्रुत प्रसार एक प्रमुख कारक थियो, किनकि चिनियाँ स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन विरुद्ध चिनियाँ खोपहरू प्रभावकारी नभएको स्वीकार गरेका छन् ।

हङकङ युनिभर्सिटी र अन्यले मार्चमा प्रकाशित गरेको एउटा शोधपत्रमा हङकङमा दुईवटा डोज लगाएपछि संक्रमित भएका करिब ४ हजार ३०० व्यक्तिमाथि गरिएको अध्ययनले सिनोभ्याक भ्याक्सिन लगाएका गम्भीर लक्षण भएका व्यक्तिहरूको सङ्ख्या फाइजरको खोप लगाउने भन्दा ३ गुणा बढी भएको देखाएको थियो ।

चीनमा कोभिड१९ प्रकोपको अवस्था दिन प्रतिदिन बिग्रदै गएको छ । चिनियाँ समस्याका दुईवटा स्पष्ट कारण छन् । पहिलो, बेइजिङको बहुचर्चित शुन्य कोभिड नीति अपेक्षित नतिजा हासिल गर्न असफल भएको छ भने, दोस्रो भनेको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोपको प्रभावकारिता हो ।

खोपहरूको प्रभावकारीताले चिनियाँ अधिकारीहरूलाई संक्रमणको श्रृङ्खला तोड्न जबरजस्ती लकडाउनमा भर पर्नु बाहेक अर्को विकल्प दिएको छैन, जसले मानिसहरूको जीविकोपार्जनमा प्रतिकूल असर पारेको छ र रोजगारी र आम्दानी गुमेको छ ।

नयाँ खोपमा पनि आशा छैन

एक चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्स ईंकले एडेनोभाइरस भेक्टर प्रविधिको कन्भिडेसिया(एयर नामको खोप विकास गरेको छ। यो सास तान्दै लिन सकिने पहिलो सुई रहित खोप हो । एमआरएनए टेक्नोलोजीबाट भ्याक्सिनको अपेक्षा पूरा नभएकोले चीनले यसको अनुसन्धानलाई गति दिइरहेको छ ।

२०२१ मा टियांजिनमा आधारित बायोफार्मास्युटिकल कम्पनी क्यानसिनो बायोलोजिक्सले आफ्नो इन्ट्रामस्कुलर कोभिड१९विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण पूरा गरेको थियो । जसमा विश्वव्यापी रूपमा ४५,००० स्वयंसेवकहरू सहभागी भएका थिए । यो खोप पछि चीन, हंगेरी, पाकिस्तान, मलेसिया, अर्जेन्टिना र मेक्सिकोमा प्रयोगको लागि स्वीकृत भएको थियो । कोभिड१९ को सुरुवातपछि विश्वका धेरै देशहरूमा विशेष गरी कम आय भएका देशहरूमा कम प्रभावकारी खोपहरू बेचेर अरबौं डलर कमाएको चीनका लागि सास तान्दै लिन सकिने खोप खोप उद्योगका लागि अर्को परीक्षण हो । चीनका भ्याक्सिन निर्माताहरूले यी कम विकसित देशहरूमा सामान्यभन्दा बढी मूल्यमा खोप बिक्री गरेकोमा विभिन्न गुनासोहरू उठेका छन् । यी विश्वव्यापी रूपमा वितरण गरिएका चिनियाँ खोपहरूको कम प्रभावकारिताले तिनीहरूमा निर्भर रहेका धेरै देशहरूमा लामो समयसम्म कोभिड१९ को संक्रमण निम्त्याएको छ । चीनको स्थिती समेत यस्तै देखिन्छ र यी चिनियाँ खोपहरूले काम गर्न नसक्ने नयाँ भेरियन्टहरुले देशव्यापीरुपमा संक्रमण बढाएको छ ।

कोभिड१९ को महामारीपछि चिनियाँ कम्युनिष्ट सरकार आलोचनाको निशाना बनेको छ । न त चिनियाँ खोपले छवि सुधार्न सकेको छ, न त ‘शून्य कोभिड’ नीतिले चीनका लागि अपेक्षित नतिजा हासिल गर्न सकेको छ । अब, सास तान्दै लिन सकिने ‘इन्हेलिङ खोप’ गेम चेन्जर हो या चीनको पूरानै असफल खोपहरुमध्येको एक नयाँ हो भन्ने कुरा हेर्न बाँकी छ । तर कोभिड नियन्त्रणमा निरन्तरको चिनियाँ सत्ताको असफलता बीच बेइजिङ र विभिन्न सहरहरुमा असन्तुष्टि सडकसम्म पुगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
कांग्रेस नेतृत्वको गठबन्धनकै सरकार बनाउने माओवादीको आधिकारिक निर्णय

कांग्रेस नेतृत्वको गठबन्धनकै सरकार बनाउने माओवादीको आधिकारिक निर्णय

नाइजेरियामा बन्दुकधारी समूहद्वारा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूको अपहरण

नाइजेरियामा बन्दुकधारी समूहद्वारा मस्जिदमा आक्रमण गरी १३ जना मुस्लिम उपासकहरूको अपहरण

जग्गामा व्यापार चलिरहेकै बेला वीरगन्ज महानगरले समेत सशुल्क पार्किङ बनाउन ठेक्का

जग्गामा व्यापार चलिरहेकै बेला वीरगन्ज महानगरले समेत सशुल्क पार्किङ बनाउन ठेक्का

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .