विनोद मण्डल । सिराहाको औद्योगिक नगरीको रूपमा परिचित मिर्चैया नगरपालिकामा स्थानिय सरकार गठन भएको करीब लगभग ६ वर्ष पूरा भएपनि विकास हुन सकेको छैन ।
सिरहाका मिर्चैया नगरपालिका नगर प्रमुख श्रवण कुमार यादवले दिनप्रतिदिन वाचा तथा प्रतिबद्धताहरु थप्दै आएका छन् तर हालसम्म कुनै पनि प्रतिबद्धता पूरा हुनु सकेको छैन ।
मिर्चैया स्थित महेन्द्र राजमार्गको कटारी चोक देखि थाना क्षेत्र सम्म सडकमा धूलो उडिरहेको अवस्था रहेको पाईन्छ भने ग्रामीण शेत्रमा समेत सडक लगायतका विकाशको अवस्था जीर्ण बन्दै गइरहेको छ । नगर प्रमुख यादवको दोश्रो कार्यकालको शुरुवात भएपनि विकाशमा मिर्चैया नगरपालिका पछि परिरहेका छन् । मेयर यादवको अगाडी वडा अध्यक्ष ज्यूहरु डराएर बस्नुपर्ने बाध्यताले गर्दा सही कुराको उठान नगरमा हुन नसकेको स्थानीयको गुनासाे पाईन्छ ।
मिर्चैयाका नगर प्रमुख श्रवण कुमार यादवले नै भनेका छन् ।
१. ५ वर्षअधि मिर्चैया नगरपालिकालाई नमुना नगरपालिका बनाउने ।
२.मिर्चैयाका सबै बिद्यालयहरुमा एकनास पठनपाठन ,पोशाक लागू र एकै लेखकका पुस्तकहरु लागू गर्ने ।
३.मिर्चैया वडा न ४ कुथनमालाई एक नमुना गाउँ बनाउने ।
४.जाउ मिर्चैया हेरौ,शहर भने भनाई पुरा गराउने
यस्ता प्रतिबद्दताहरु आम जनताका सामु प्रस्तुत गरेपनि हालसम्म कुनै पनि पुरा हुन् सकेको छैन ।
