• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मिर्चैया नपालाई समृद्ध बनाउने अभियानमा जुटेका छौं ः मेयर श्रवण यादव


संजय यादव, सिरहा
१९ चैत्र,२०७८

मिर्चैया नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने अभियानमा जुटेकोले सबैको सकृय साथ र सहयोगको अपेक्षा रहेको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले बताएका छन् । मिर्चैया नगरपालिकाका ज्येष्ठ नागरिकहरूको अनुहरमा खुसी ल्याउन सक्नु नै मेरो आत्मसन्तुष्टि रहेको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले बताए । नगरपालिका भित्रका भगवानतुल्य ज्येष्ठ नागरिकहरूको खुसीमा नै आफू रमाइरहेको र त्यसैअनुसारको कार्यक्रमहरु ल्याएका छौं । नगरपालिकाको आयुर्वेद शाखाद्वारा मिर्चैया वडा नं ९ मा आयोजित ज्येष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन सेवा कार्यक्रममा नगर प्रमुख यादवले यस्तो बताए । राजनीतिक नाममा गलत तत्वहरुले झुठो अफवाह फैलाउने काम गरिरहेकोले त्यस्तो अफवाहको पछि नलाग्न नगरवासीहरुमा मेयर यादवले अनुरोध गरे । ज्येष्ठ नागरिकले पाउँदै आएको सेवा सुविधालाई अझ छिटो सरलता किसिमले उपलव्ध गराउने प्रतिबद्धता समेत मेयर यादवले जनाए । मेयर यादवले भने, नगरभित्रका विशुद्ध सुकुम्बासीहरुलाई कसरी व्यवस्थापन गर्ने र सदियौंदेखि जोत्दै आएको जग्गा रजिष्टेशन हुन नसकेकाहरुकोे डाटा संकलन गर्ने काम १५ बैशाख सम्म लिइसकेपछि वडा नं १ र ९ बाट लालपुर्जा वितरण गर्ने काम सुरु गर्ने । अब नगरभित्रका कृषकले कृषि मिटरको पैसा किसानले हैन नगरपालिकाले बेहोर्ने भने । किसानहरुको लागि यो एउटा ठूलो उपलब्धि नै रहेको मेयर यादवले सुनाए । मेयर यादवले भन,े मिर्चैया नगरपालिका सुगम नगरपालिका भएपनि नगरपालिका भित्र पनि केही वडा, टोलहरु दुर्गमैै रहेकोले त्यस्ता दुर्गम ठाँउहरुलाई विकाससँग जोड्ने काम भइरहेको बताए ।

कमलदहलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न रत्तिभर पनि कसर नराख्ने र त्यसैअनुसार काम अगाडि बढेको बताए । जनप्रतिनिधी मालिक होइन, जनताको सेवक हो । त्यसैले सेवकलाई सेवा गर्ने मौका दिनुपर्छ । मेयर यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने, मिर्चैयामा विकास निर्माणको क्रममा ठूला जमिनदारहरूको घर टुटेर सडक विकास भएको छ । जुन विकास गर्ने तागत तपाईहरुबाट प्राप्त भएको छ । माछा होइन, माछा मार्नेे सीप सिकाइ आत्मनिर्भर बनाउनु ठूलो कुरा हो । विरोध गर्नेले विरोध गरिरहन्छन् र म तपाईंहरुको आशिर्वाद लिँदै अगाडी बढी रहेको छु । त्यस्तै कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरध्वज आङ्गदेम्वेले ज्येष्ठ नागरिकलाइ पहिलो प्राथमिकतामा राखी सेवा प्रवाहकोलागि निर्देशन दिएको बताए । उनले भने, सेवाग्राहीलाई कुनै समस्या आए तुरुन्त आफुलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दै भने, यदि त्यस्ता अटेर गर्ने कर्मचारी रहेछन् भने कार्यवाही गर्ने समेत प्रतिवद्धता जाहेर गरे । नगरपालिकाको कुनैपनि ज्येष्ठ नागरिकले सेवा सुविधा लिन बाट बञ्चित हुनु नपरोस् र त्यसै अनुसार कामकाज अगाडी बढाएको बताए । नगरवासीको सेवाकोलागि हरदम तयार रहेको र कुनै असन्तुष्टि भए समयमै जानकारी गराउनु हुनु सबैमा अधिकृत आङ्गदेम्वेले अनुरोध पनि गरे । कार्यक्रममा मिर्चैया नगरपालिका वार्ड नं ९ का ज्येष्ठ नागरिकहरुलाई मेयर यादव र अधिकृत आङ्गदेम्वेले गम्छा ओढाई सम्मान गर्दै ज्येष्ठ नागरिकको स्वासथ्यलाई ख्याल गर्दै च्वनप्राश, फलफुल, चूर्ण लगायतको पौष्टिक आहार वितरण गरे । यस प्रकार नै मिर्चैया नगरपालिकाका हरेक वार्डमा कार्यक्रम संचालन हुने मिर्चैया नगरपालिकाका कर्मचारी राजगिर यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिर्चैयालाई शिक्षा र कृषिको हवको रुपमा स्थापित गराउनेः मिर्चैया नगर प्रमुख श्रवण यादव
  • २०७८ चैत्र १९, शनिबार ११:००
  • In "मधेश प्रदेश"
  • विकाशमा पछि पर्दै मिर्चैया नगरपालिका
  • २०७८ चैत्र १९, शनिबार ११:००
  • In "BannerNews"
  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर
  • २०७८ चैत्र १९, शनिबार ११:००
  • In "BannerNews"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

यी हुन् आज नेपाल र भारतबीच भएका चारवटा सम्झौता

प्रधानमन्त्री देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

देउवा–मोदी भेटवार्ता : द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने सहमति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version