• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मधेशमा चीन र कम्युनिस्ट निति बिस्तार गर्न खोज्ने अध्यक्ष उपेन्द्र पराजित , बाकी अध्यक्ष सफल किन ?


मधेशमा चीन र कम्युनिस्ट निति बिस्तार गर्न खोज्ने अध्यक्ष उपेन्द्र पराजित , बाकी अध्यक्ष सफल किन ?

चुनाव जित्ने पार्टी अध्यक्षहरुमा उपेन्द्र मात्रै टपटेनभन्दा बाहिर

‘संसदमा पहिलो, दोस्रो र तेस्रो दलको छिनोफानो भइसकेपनि चौथौ दलका लागि समानुपातिकतर्फको मत मुख्य निर्णायक बन्ने देखिएको छ’

                               काठमाडौं । मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा विवाद आएका कारण मतगणना रोकिएको छ भने कतिपय क्षेत्रमा पुनः मतदान गराउन तयारी भइरहेको छ । मतगणना हुननसकेका क्षेत्रमा सबैतिर नेकपा एमालेले बखेडा निकालेको छ ।
मंसिर ४ को निर्वाचन निकै ठूलो धाक देखाउँदै आएका नेकपा एमाले अध्यक्ष केपी ओली अहिले चुनावमा हार ब्यहोर्नु परेपछि विवादीत क्षेत्रमा पुनः मतदान हुनेपर्ने भन्दै निर्वाचन आयोगलाई दवाव दिइरहेका छन् । अब निर्वाचनको अन्तिम परिणाम नौ क्षेत्रको मात्रै बाँकी छ । अहिलेसम्म आएको परिणामले मोटामोटी खाका तयार भइसकेको छ भने यस पटकको निर्वाचनबाट २७ वर्षीय युवादेखि ८० वर्षीय ज्येष्ठ नागरिकसम्म निर्वाचित भएर आएका छन् ।

आम निर्वाचन २०७९ मा भाग लिने राजनीतिक दलहरु धेरै भएपनि अस्तित्वमा भने थोरै दलहरुमात्र आएका छन् । निर्वाचन जितेर अस्तित्वमा आएका दलका सबै अध्यक्षहरु निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव मात्रै पराजित भएका छन् । संसदमा रहेका बाहेक दुइ पार्टी पनि आएका छन् । यसपटक प्रायः सबैजसो पार्टीका अध्यक्षहरू समेत उम्मेदवार रहेका थिए । जसमध्ये एक दर्जन हाराहारीका पार्टी मात्रै संसदमा पुग्दैछन् ।

निर्वाचनपछि संसदको सबैभन्दा ठूलो दल बन्दैछ नेपाली कांग्रेस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेलधुराबाट उम्मेदवार थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले चुनाव जितेका छन् । सभापति देउवा २५ हजार ५३४ मतसहित डडेल्धुराबाट सातौंपटक निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४१ मत ल्याएका थिए ।

संसदको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार थिए । अध्यक्ष ओलीले यसपटक पनि झापा ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । अध्यक्ष ओलीले ५२ हजार ३१९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।

पहिलेपनि तेस्रो र अहिले पनि तेस्रो दलकै रुपमा आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जितेका छन् । अध्यक्ष प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन् । उनी अहिले अगामी सरकार गठनका लागि भेटघातिर व्यस्त छन् ।

प्रत्यक्षतर्फको हिसाव हेर्दा चौथो दल बन्न सक्ने देखिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विजयी भएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अध्यक्ष नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका छन् ।

प्रत्यक्षतर्फको हिसाव हेर्दा चौथो दल बन्न सक्ने देखिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विजयी भएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अध्यक्ष नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । अध्यक्ष केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । केसीले २१ हजार ४५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत ल्याएका थिए । उनीसँग एक मात्र सीट कायम छ ।

चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनाव जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई हराउँदै लामिछाने निर्वाचित बनेका हुन् । अध्यक्ष लामिछानेले लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् । भने कांग्रेसका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चुनाव जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराउँदै ४० हजार ६ सय ४८ मतसहित अध्यक्ष लिङ्देन विजयी बनेका हुन् । सिटौला यसपटक ३७ हजार ३ सय ७२ मतसहित दोस्रो बने ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन् । अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याएका थिए ।

सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका जनतम पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पनि चुनाव जितेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै अध्यक्ष राउत निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।

नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ चौधरी पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी चौधरीले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै विजयी बनेकी हुन् । श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गरेकी छन् । भने, उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले १८ हजार ८९ मत प्राप्त गरे ।

पार्टीले ६ सीट जितेपनि अध्यक्ष उपेन्द्र यादव भने पराजित भएका छन् । उनलेको दलले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ६ सीट जितेको छ । रबि लामिछाने नेतृत्वको पार्टीले प्रत्यक्षमा ७ सीट जितेको छ । उसले समानुपातिकतर्फ तेस्रो स्थान ल्याउने देखिएकाले चौथो ठूलो दल कुन बन्छ भन्न अहिले नै सकिने अवस्था छैन् । यसका लागि समानुपातिकतर्फको गणना सकिनुपर्छ ।नेपालबहस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कोशी प्रदेशमा चुनावी सरगर्मी चुलिँदै, ५०५ उम्मेदवार मैदानमा
  • २०७९ मंसिर १३, मंगलवार ११:१४
  • In "BannerNews"
  • सरकार बनाउने खेलमा प्रचण्डको महत्त्वपूर्ण भुमिका
  • २०७९ मंसिर १३, मंगलवार ११:१४
  • In "BannerNews"
  • प्रधानमन्त्री ओलि बन्ने च्याप्टर क्लोज
  • २०७९ मंसिर १३, मंगलवार ११:१४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

Next Post

बिरोध प्रदर्शनको रिपोर्टिङ गर्दा चीनबाट बीबीसी पत्रकार पक्राउ

वैश्विक आतंकबाद र राष्ट्रिय सुरक्षाका चुनौतीहरु

राष्ट्रिय स्वतन्त्र पार्टीमाथि केपी ओलीको कटाक्ष

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाउने

सप्तरी–२ मा पराजयपछि उपेन्द्र यादवद्वारा जनादेशको सम्मान

नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

जेनजी आन्दोलनले उठाएका मागहरू आगामी सरकारले पूरा गृहमन्त्रीको विश्वास

८३ क्षेत्रमा नतिजा सार्वजनिक, कहाँ को विजयी?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version