• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

के रबि लामिछाने सङ नेपाली नागरिकता नै छैन


के रबि लामिछाने सङ नेपाली नागरिकता नै छैन

अघिल्लो सदनले दुई पटक नागरिकता विधेयक पारित गर्यो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित नगरिदिँदा त्यो थन्किएर बसेको छ । नेपालमै जन्मेका, हुर्केका र पढे लेखेका नेपालीहरु नागरिकता पाउनबाट वञ्चित छन् । जसले गर्दा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाएका छैन् । उच्च शिक्षा हासिल गर्न, विदेश जान, सिम निकाल्न, बैंक खाता खोल्नलगायत धेरै सेवासुविधाबाट उनीहरु वञ्चित छन् ।

तर, रवि लामिछानेसँग नेपाली नागरिकता त छ तर पुरानाे । नेपाली नागरिकता त्यागेका उनी सांसद बनेर सदनमा जाँदैछन् । न उनले नेपाली नागरिकता पुन प्राप्ति गर्न कुनै प्रक्रिया नै चालेका छन् । जोसँग पुन प्रमाणित गरिएकाे नेपाली नागरिकता छैन्, ऊ संसदमा छिर्दैछ । एउटा विदेशी नागरिकलाई चितवन क्षेत्र नम्बर २ का जनताले मतदान गरेर जिताए । चितवनका जनताले बुझ्दैनबुझी लामिछानेलाई भोट दिएका छन् ।

विदेशी नागरिकता त्यागेको भनि उनले परराष्ट्र मन्त्रालयमा कुनै प्रमाण दिएका छैनन् । यता, नेपाली नागरिकताका पुन प्राप्तिका लागि निवेदन पनि हालेका छैनन् । पहिलो कुरा त रवि लामिछाने नेपाली नागरिक नै होइनन् । अनि उनी कसरी चुनाव लडे ? उनलाई नेपालमा बस्ने अधिकारसमेत छैन् । परराष्ट्रले रविलाई नयाँ नागरिकता दिनु भनेर गृह मन्त्रालयलाई पत्र लेखेको छैन् ।

यता, गृहले सिडियो कार्यालयलाई उनको नागरिकता पुनः कायम गर्न पत्र काटेको छैन् । अध्यागमन विभागले रविलाई समातेर अमेरिका नै पठाइदिनुपर्छ । विदेशी नागरिक नेपाल आउँदा भीसा लगाएर आउनुपर्छ । भीसा अवधिभरि मात्र ऊ नेपालमा बस्नपर्छ । भीसा सकिएर पनि नेपालमै छ भने उसलाई जरिवाना गरेर फेरि आफ्नो मुलुक फिर्ता पठाउँछ । अध्यागमनका प्रमुख ऋषिराम तिवारीले तुरुन्त रविलाई अमेरिका फिर्ता पठाउनुपर्छ ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा ११ मा कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुने उल्लेख छ । उनले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाल सरकारलाई बुझाएका छैनन् ।

जसलाई नेपालमा बस्ने अधिकार नै छैन् उनलाई कसरी संसदभित्र प्रवेश गर्न दिने ? जोसँग नेपाली नागरिकता छैन्, उसले राष्ट्रियताको कुरा गर्न सुहाउँछ ? नेपालमै जन्मिएको भएपनि नेपाली नागरिकता नभएर विवश भएर बसेका लाखौं जनता छन् । तर, विदेशी आएर नेपालमा चुनाव लडिदिन्छन् । अमेरिकी सरकारले नेपाली नागरिकता खारेज गरेर न आफ्नो देशको नागरिकता दियो ।

एउटै व्यक्तिले दुई वटा नागरिकता बोक्न मिल्दैन् । उनले अमेरिकी नागरिकता लिनेबित्तिकै नेपाली नागरिकता खारेज भइसकेको छ । उनले प्रष्ट रुपमा आफूले नेपाली नागरिकता लिनका लागि कुनै प्रक्रिया अघि नबढाएको भनिसकेका छन् । नागरिकताको विषय वर्षौं अघि सल्टिकेको उनले बताउँदै आएका छन् । तर, सरकारलाई कुनै प्रमाण नदेखाइकन उनको नागरिकताको विषय कसरी सल्टियो ? कि कानून पनि व्यक्तिपिच्छे फरकफरक छ ? कसैले नागरिकता नभएर एउटा सिम निकाल्न सकेको छैन्, कोही चुनाव लडेका छन् ।

पहुँच, प्रभाव र पैसा नभएकालाई कानूनले पनि भेदभाव गर्दो रहेछ भन्ने यहीबाट स्पष्ट भइसकेको छ । निर्वाचन आयोगले उनलाई चुनाव जितेको प्रमाणपत्र दिनुहुँदैन् । आयोगले के हेरेर रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गर्यो ? पार्टी दर्ता गरेपनि नागरिकताको विषयलाई लिएर विवाद बाहिरिएपछि किन छानबिन भएन् ? यसमा त आयोगका पदाधिकारीको पनि मिलोमतो रहेको देखियो । नागरिकता भनेको एकदम गम्भीर विषय हो । तर, आयोग मौन रह्यो, किन ? नागरिकतामाथि नै प्रश्न उठ्दाउठ्दै पनि कुनै निकायले अनुसन्धान अघि बढाएन् । आयोगका कारण विदेशी नागरिकले सदन छिर्ने मौका पाउँदैछन् ।

तर, नेपालको कानूनले विदेशी नागरिकलाई सदन छिर्न इजाजत दिएको छ ? रविको नेपाली नागरिकता छैन् भनेर उजुरी पर्दा पनि चितवन क्षेत्र नम्बर २ का जनताले उनलाई भोट दिए । देशभरका मिडियाले रवि नेपाली होइनन्, उनले नेपाली नागरिकता लिएका छैनन् भन्ने कुरा उठाउँदा उठाउँदै पनि चितवनका जनताले उनलाई सांसद बनाए । ती भोट दिने जनतालाई राष्ट्रको अलिकति पनि माया रहेनछ ।

अर्कोतिर पत्रकार शालिग्राम पुडासैनी पनि चितवनमै गएर झुण्डिएका थिए । उनले मर्ने बेलामा रविको कारण आफू आत्महत्या गर्न बाध्य भएको भन्दै भिडियो रेकर्ड गराएका थिए । यति हुँदाहुँदै पनि चितवनका जनताले उनलाई चुने । एकातिर नेपाली नागरिकता छैन्, अर्कोतिर कसैलाई मर्ने बाध्य बनाएका व्यक्तिलाई भोट दिनुले चितवनका जनतामाथि नै प्रश्न उठेको छ । नेता गणेशमान सिंहले नेपाली जनता भेडाबाख्रा हुन् भनेका थिए, जुन चितवनका जनतामा लागू भएको छ । उनले चुनाव जितिसकेका छन् । अब उनीमाथि कारबाही कसले अघि बढाउने ? उनी नेपाली होइनन् भनेर कसले अदालतमा मुद्दा हाल्ने ? सरकार रविको अगाडि निरीह छ । अन्य जनतामाथि यो आरोप लागेको भए सम्बन्धित निकायले समातेर कारबाही अघि बढाइसकेको हुन्थ्यो ।

राजनीतिक दलदेखि लिएर मिडिया सबै उनको सामु गुमसुम छन् । लाखौं नेपालीले आफ्नो जन्मभूमिको नागरिकता त्यागेर विदेशी नागरिकता लिएका छन् । कतिपयले नेपाली नागरिकता त्यागेर भारतीय नागरिकता लिएका छन् । कतिपयले अन्य मुलुकको नागरिकता लिएका होलान् । अब ती सबै मुखले आफूले विदेशी नागरिकता त्यागेको भनेर नेपालमा आएर बस्दा भइहाल्यो । रविले मिल्छ भने अरुले किन मिल्दैन् ? कानून प्रक्रियाको खाँचो छैन् । बेकारमा कानून छ नौटंकी किन देखाउने ? रविले जस्तै सबैले उही कदम चाले भने देशको हालत के हुन्छ ? नेपालको कानून र सरकारलाई रविले चुनौती दिए । उनले अमेरिका नागरिकता त्यागेको प्रमाण त अमेरिकी सरकारले अवश्य पनि दिएको होला । सरकारलाई उक्त प्रमाण बुझाउन किन हिच्किचाइरहेकाे रवि ?

कि अमेरिकी नागरिकता नै नत्यागिकन मुखले मात्र भट्याइरहेका छन् ? राष्ट्रियतामाथि रविले खेलबाड गरेका छन् । यस्तो व्यक्तिलाई सदनमा छिर्नबाट रोक लगाउनुपर्छ । सरकारले कुनै पनि हालतमा उनलाई सदनमा छिर्न दिनुहुँदैन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणिकरण गरेकी छैनन् । उनले राष्ट्रियता जोगाउनका लागि नागरिकता विधेयक प्रमाणिकरण गर्न नहुने बताएकी थिइन् ।

तर, विदेशी नागरिक संसद छिर्न लाग्दासमेत के हेरेर बसिरहेकी छिन्, राष्ट्रपति भण्डारी ? कहाँ गए राष्ट्रियताका ठूल्ठूला कुरा ? राष्ट्र र राष्ट्रियताका ठूल्ठूला गफ दिने रविले नयाँ नागरिकता नेपाली जनतालाई देखाउनुपर्छ । कुन जिल्लाबाट कति गते नागरिकता लिएको ? र नागरिकता नम्बर जनतालाई देखाउनुपर्छ । होइन् भने तत्काल नेपाल छोड्नुपर्यो । छानबिन प्रक्रिया अघि बढाउन नसक्ने नेपाल सरकारका पदाधिकारीहरुमाथि पनि कारबाही अघि बढाउनुपर्छ ।

गृह मन्त्रालय के हेरेर बसेको छ ? नेपाल सरकारका कर्मचारीहरु किन हात बाँधेर बसेका छन् ? कि उनीसँग प्रश्न गर्न सक्ने कुनै पदाधिकारी नै छैनन् ? गृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव विनोदप्रकाश सिंह के हेरेर बसेका छन् ? राष्ट्रियतामाथि औंला उठिसकेको छ तर सरकार निदाएर बसेको छ । सांसद् हुनेबित्तिकै रविले रातो पासपोर्ट पाउँछन् । संसद सचिवालयले के आधारमा रविलाई रातो पासपोर्ट दिने ? निर्वाचन आयोगले के हेरेर सांसदकाे प्रमाणपत्र दिने ?

विदेशीलाई कुन आधारमा सांसद प्रमाणपत्र दिने ? सरकारले यो कुराले ख्यालख्याल गर्ने कि तत्कालै एक्सनमा जाने ? संसद सचिवालय, निर्वाचन आयोग, गृह मन्त्रालय, अध्यागमन विभाग, परराष्ट्र मन्त्रालयले तत्काल अनुसन्धान अघि बढाउनुपर्छ । सरकारले २४ घण्टाभित्र छानबिन प्रक्रिया अगाडि बढाउनुपर्छ । यो ‘पर्ख र हेर’ भन्ने विषय होइन् । यो कुरा यसरी बाहिर आउँदा पनि सरकार हात बाँधेर बस्नु भनेको उनलाई समर्थन गर्नु हो ।

सरकारले नै उनलाई जोगाइरहेको देखिन्छ । रविमाथि जनताले प्रश्न उठाइसकेका छन् । सञ्चारमाध्यम भर यो विषय छ्याप्छ्याप्ती भइसकेको छ । उनीविरुद्ध उजुरी नै पर्दा पनि केलाई छानबिन भएन् ? पत्रकारसमेत रहेका उनलाई प्रेस काउन्सिलले के हेरेर प्रेस कार्ड दियो ? नागरिकता नै नहेरिकन प्रेस कार्ड दिइएको हो ? रविले कति ठाँउमा लगानी गरेका होलान् ? कतिपय व्यापार व्यवसाय पनि सञ्चालन गरेका होलान ? उनले घरजग्गा पनि किनेका होलान् ? यो कसरी सम्भव भयो ? यो विषयमा छानबिन हुन जरुरी छ ।  नेपालबहस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नागरिकता कानुन: मधेशलाई महन्तको उपहार
  • २०७९ मंसिर १२, सोमबार १०:२८
  • In "देश"
  • नेपाली नागरिकता नै नभएका बाबु उनको छोरा पवन भगेरियाले लिए बंशज नागरिकता
  • २०७९ मंसिर १२, सोमबार १०:२८
  • In "देश"
  • मतदाता परिचयपत्र छ, नागरिकता छैन
  • २०७९ मंसिर १२, सोमबार १०:२८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

पाकिस्तानमा लाखौं जनता रोडमा

प्रतिनिधिसभातर्फ १६५ मध्ये १५६ सिटको परिणाम सार्वजनिक

स्पेनलाई नजिते घरको टिकट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version