No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा ६ महिनापछि कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड

चीनमा ६ महिनापछि कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड

चीनमा छ महिनाको अवधिमा कोरोनाभाइरसको सङ्क्रमणका कारण मानिसको मृत्यु भएपछि र सङ्क्रमण दर बढ्न थालेपछि त्यहाँ गम्भीर रूपमा कोभिड-१९ परीक्षण भइरहेको बेइजिङले बताएको छ।

चीनको राजधानीमा शनिवारदेखि तीन जनाको मृत्यु भइसकेको छ। यससँगै त्यहाँ सङ्क्रमणपछि मृत्यु हुनेको आधिकारिक सङ्ख्या ५,२२९ पुगेको छ।

हालसालै भएका मृत्युको घटनाका कारण दुई करोड एक लाखभन्दा बढी मानिस बस्ने सहरका विभिन्न भागमा पुनः लकडाउन जारी गरिएको छ।

चीनको शून्य-कोभिड नीतिविरुद्ध दुर्लभ विरोधहरूका बीच सङ्क्रमितहरूको मृत्यु पुष्टि भएको हो। प्रकोप रोक्ने उद्देश्यले अपनाइएको उक्त विवादास्पद रणनीतिका कारण लाखौँ मानिस घरभित्रै थुनिएका छन् र सङ्क्रमण पुष्टि भएकाहरूलाई जबरजस्ती क्वारन्टीनमा राखिएको छ।

बेइजिङका अधिकारीहरूले यसअघि नै हाइडिआन र चाओयाङ जिल्लाहरूमा पसल, विद्यालय र रेस्टुराँहरू बन्द गरी लकडाउन लागू गरिसकेका छन्।

राजधानी यात्रा गर्नेहरूले पनि आफ्नो भ्रमणको पहिलो तीन दिनसम्म परीक्षण गर्नुपर्ने र उनीहरूको परीक्षण नतिजा नकारात्मक रहेको जनाउ नपाएसम्म भित्रै बस्नु पर्ने नियम छ।

अधिकारीहरूको प्रयासका बाबजुद सङ्क्रमण दर उकालो लागेपछि यो ठूलो देशका अन्य लाखौँ मानिसहरूले पनि लकडाउनको सामना गरिरहेका छन्।

आइतवार त्यहाँ २४,७३० जनामा सङ्क्रमण पुष्टि भयो। उक्त सङ्ख्या गत अप्रिलमा दर्ता भएको सर्वाधिक दैनिक सङ्क्रमणभन्दा थोरै मात्र कम हो।

सोमवार बेइजिङमा मात्रै ३१६ नयाँ सङ्क्रमण पुष्टि भएको रोएटर्स समाचार संस्थाले जनाएको छ। आइतवार यता सङ्क्रमणपछि ज्यान गुमाउनेहरूमध्ये एक जना ८७ वर्षीय वृद्ध हुन्।

चीनमा आम मानिस

तस्बिर स्रोत,SHUTTERSTOCK

‘जटिल र गम्भीर अवस्था’

बेइजिङको म्युनिसिपल सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका उपनिर्देशक लिउ सियाओफेङले यो अवस्थालाई सहरमा देखिएको सबैभन्दा जटिल र गम्भीर समस्याको रूपमा व्याख्या गरेको जनाइएको छ।

चाइना डेलीका अनुसार एक दिन अघि, एक जना नगरपालिकाका प्रवक्ताले बेइजिङले “एक गम्भीर र जटिल महामारी रोकथाम र नियन्त्रणको स्थिति” सामना गरिरहेको चेतावनी दिएका थिए।

चीनले आफ्नो कडा शून्य-कोभिड नीतिका कारण विश्वको अन्य देशको तुलनामा निकै कम कोरोना सङ्क्रमित मानिसको मृत्यु भएको बताउँदै आएको छ। यद्यपि, वास्तविक मृत्युदर अझै बढी हुन सक्ने ठानिएको छ।

त्यहाँ लकडाउन भएको क्षेत्रमा वा क्वारन्टीनमा रहेका गम्भीर प्रकृतिका बिरामीहरू आपत्कालीन सेवाबाट वञ्चित भएको घटनाहरू दोहोरिएका छन्।

पछिल्लो समय कोभिड नियन्त्रणका लागि जारी प्रतिबन्धका कारण समयमा उपचार हुन नसकेपछि एक बालकको मृत्यु भएको विवरणहरू सार्वजनिक भए। त्यसयता प्रतिबन्धविरुद्ध अनलाइन माध्यमहरूमा आवाज उठिरहेका छन्।

यसै महिनाको सुरुवातमा पश्चिमी सहर लान्झाउमा एक बुबाले आफ्नो छोरालाई अस्पताल पुर्‍याउन ढिला भएपछि कार्बन मोनो अक्साइड नामक विषाक्तका कारण उनको मृत्यु भएको बताएपछि प्रदर्शन भएको थियो। गत अक्टोबर महिनामा हेनान प्रान्तमा एक १४ वर्षीया किशोरीको कोभिड क्वारन्टीनमा स्वास्थ्य अवस्था बिग्रिएपछि मृत्यु भएको बताइएको थियो।

फरक प्रसङ्गमा, हङकङका नेता जोन लीले थाइल्यान्डमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई भेटेको भोलिपल्ट उनमा कोभिड देखिएको छ।  BBC Nepali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

Next Post
काठमाडौंमा एमालेभन्दा रवि लामिछानेको पार्टीको सानदार प्रदर्शन

काठमाडौंमा एमालेभन्दा रवि लामिछानेको पार्टीको सानदार प्रदर्शन

सप्तरी २ को अपडेट : डा. सीके राउत अघिअघि उपेन्द्र यादव पछिपछि

सप्तरी २ को अपडेट : डा. सीके राउत अघिअघि उपेन्द्र यादव पछिपछि

‘मेरो विजय भनेकै लोकतन्त्रको विजय हो’

‘मेरो विजय भनेकै लोकतन्त्रको विजय हो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .