पर्सा । प्रतिनिधि सभामा सप्तरीको क्षेत्र नम्बर २बार चुनाव लडेका उपेन्द्र यावदलाई जित निकाल ठुलो सकस भएको छ । एमालेसंग गरेको गठबन्धनले मधेसलाई दिएको धोखा र चुनाव जितेपछि निर्वाचन क्षेत्रमा फर्केर पनि हेर्ने प्रबृतिले गर्दा जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको बिरोधमा मतदाता खुलेरै लागेका छन् ।
विगतको ५ बर्षमा मधेसी दलमा देखिएको सिद्धान्तहिन्नता र सत्तालिप्साले मधेस प्रदेशमा पार्टी अधिकांस उम्मेदवार हार्ने भएपछि अध्यक्ष यादवले थ्रेसहोल्ड कटाउन देशी बिदेशी सक्तिहरु समेतलाई हारगुहार लगाउन थालेका छन् ।
चाइनिज दुताबासका कन्सुलरलाई साक्षी राखेर नै आफ्नै पार्टिका नेतालाई कार्यवाहि गरिने उपेन्द्र यावद चाइनाको पुरानै मित्र भएकोले पनि उनको पार्टिलाई पुन स्थापित गराउन यो चुनावमा खुलेरै लागेको चर्चा छ ।
चुनावमा सप्तरीको राजबिराजमा चाइनितहरुको बढको गतिविधि बढेसंगै उपेन्द्र यादवलाई चुनाव जिताउन चाइनीज दुताबास खुलेरै लागेको आरोपहरु पनि उठिरहेका छन् ।
अध्यक्ष यादवलाई चुनाव जितन दुतावासले २५करोड चन्दा समेत दिएको खुलासा भएको छ । उक्त चन्दा सहयोग राजधानीका एक सुन तस्करको माध्यमबाट यावदलाइ राजबिराजमा उपलब्ध गराइएको पार्टी सुत्रको भनाइ रहको छ ।
मौन आवधी सुरु भएपछि पार्टीबाट लडेका सबै उम्मेदवारलाई ५०लाख देखि १ करोड रुपैया बाड्न पठाइएको र सप्तरीको क्षेत्र नम्बर २ मा ५करोड रुपैया खर्चेर पनि चुनाव जित्ने योजना अध्यक्ष यादवले बनाएको पार्टीमा चर्चा रहेको एका नेताले बताए । यो समाचार रास्ट्रसन्देश बाट
बिदेशको समाचार = नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पोल्याण्डमा दुई जनाको ज्यान जाने गरी खसेको क्षेप्यास्त्र युक्रेनी वायु सेनाले गल्तीले प्रहार गरेको हुन सक्ने बताउनुभएको छ ।
साेही क्षेप्यास्त्रकाे बारेमा अनुसन्धान जारी रहेकै बेला स्टोलटेन्बर्गले युक्रेनी क्षेप्यास्त्र नै पोल्याण्डमा खसेकाे हुनुपर्ने जिकीर गर्नुभएको हो । उता, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भने उक्त क्षेप्यास्त्र युक्रेनको नभएको जिकीर गर्दै रुसले नै पोल्याण्डमा प्रहार गरेको दावी गर्नुभयो । पोल्याण्डको सीमा क्षेत्रबाट ६ किलोमिटरभित्र खसेको क्षेप्यास्त्रकाे बारेमा युक्रेनलाई पनि संलग्न गराएर अनुसन्धान गर्नुपर्ने पनि राष्ट्रपति जेलेन्स्कीले माग गर्नुभएकाे छ ।