No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा क्षेत्र न.२ मा चित्रलेखा यादवको प्रतिस्पर्धी निकै कमजोर देखिदै

सिरहा क्षेत्र न.२ मा चित्रलेखा यादवको प्रतिस्पर्धी निकै कमजोर देखिदै

मंसिर १ गते । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा सिरहा क्षेत्र न.२ मा चित्रलेखा यादवको प्रतिस्पर्धी निकै कमजोर देखिदै गएको छ । राजकिशोर यादव सिरहा क्षेत्र न.४ वाट चुनाव लडन क्षेत्र न.२ मा आएको भन्दै आम मतदाताहरु विरोध गर्न थालेका छन् । पूर्वमन्त्री समेत भइकेका यादव आफनो क्षेत्रमा प्रभाव जमाउन नसकेको भन्दै क्षेत्र २ बाट चुनाव लडेको आम मतदाताले गुनासो गरिरहेका छन।

राजकिशोर यादव तत्कालिन मधेशी जनअधिकार फोरमबाट व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गरी गठन गरेका गणतान्त्रिक फोरमका राष्ट्यि अध्यक्ष समेत रहेका थिए । उनले दोश्रो संविधान सभा निर्वाचनमा उनको पार्टीेले प्रत्यक्ष तर्फ एक सिट समेत जित्न सकेन र समानुपातिक तर्फ एक सिट पाउँदा आफनो श्रीमति सरिता यादवलाई संविधानसभा सदस्य वनाएका थिए ।

संविधान सभा सदस्य वनेर संसद छिरेका सरिता यादव पाचँ वर्षसम्म कहि कतै एक शब्द नबोलि कार्यकाल सकाए । त्यसकारण राजकिशोर यादव अवसरवादी नेताको रुपमा आलोचित हुदै आएका छन ।क्षेत्र २ का मतदाता राजकिशोर यादवलाई चिन्दैनन,राजकिशोरले त झन मतदाता पनि चिन्दैन, मतदाताको गाउँ र वस्ति समेत पत्तो पाएका छैनन ।

क्षेत्र २ का मतदाता श्रवण यादव भन्छन् राजकिशोरलाई हामी चिन्दैनौ वहाले हामीलाई चिन्नुहुन्न कसरी हामी मतदान गछौ भनेर प्रति प्रश्न गरे ? राजकिशोरसंग अधिकांश गाउँ घरमा अहिले प्रश्न यति मात्र गर्छन कि तपाई आफनो क्षेत्रबाट किन भाग्नु भयो मतदाता न पत्याएर ?

क्षेत्र ४ मा राजकिशोर यादवलाई शिल्यान्यास नेताको रुपमा चिन्ने गरेका छन । यादवले आफनो क्षेत्रमा सडक र खानेपानी लगायतका दजनौं योजनाको शिल्यान्यास त गरे तर पुरा एउटै भएन त्यसकारण उनको नाम नै शिल्यान्यास नेता राखिदिएको क्षेत्र न.४ का मदतादा दिपेन्द्र मण्डल वताउँछन ।
कुनै राजनीतिक पृष्ठभुमि नरहेको राजकिशोर मधेशवादी पार्टीको उदय भएसंगै उनको उदय भएको र निहित स्वार्थका लागि कैंयन पटक पार्टी परिवर्तन गरेको भन्दै उनको वौद्धिक वर्गमा पनि राम्रो सन्देश छैन ।

न जिल्लामा प्रभाव छ न त देशमै त्यसकारण चित्रलेखा यादवको प्रतिस्पर्धी खासै देखिएदैन ।
राजकिशोरलाई पर्यटक उम्मेदवार भएको भन्दै मत माग्न जाँदा समेत कुनै वास्ता गर्दैन्न् पर्यटक भनेर फर्काइदिन्छन । एमालेसंग गठबन्धन गरेका यादवलाई उनकै पार्टीका कार्यकर्ता र नेता चिन्दैनन नागरिकता समस्या समाधानमा अवरोध गरेको एमालेसंग गठबन्धन गरेको भन्दै सवै रुष्ट भएका छन । यादव प्रति समाजवादी पार्टीबाट टिकट नपाएपछि एमालेमा प्रवेश गरेर प्रदेश सभा सदस्य ख वाट उम्मेदवार वनेका शत्रुधन सिंहलाई पार्टीमा टिकट नदिएको र पार्टी छोडन बाध्य वनाएका आरोप समेत छ ।

शत्रुधन सिंहको क्षेत्र २ मा जातीय पकड राम्रो मानिन्छ तर राजकिशोर अवसरवादी नेताका पहिचान वनाएका यादवप्रति समाजवादीकै नेता कार्यकता रुष्ट भएका छन । उनको पक्षमा माहोल नवनेको समाजवादीका एक नेता नाम उल्लेख नगर्ने शर्तमा वताए । उनले भने हाम्रो नेतालाई पार्टी छोडन बाध्य पारेको र अर्को क्षेत्रबाट यो क्षेत्रमा आएको छ हामीलाई मान्य छैन त्यसकारण सहयोग गर्न सकिदैन ।यता राजकिशोर गठबन्धन भएपनि समाजवादीका नेतालाई मात्र काखि च्यापेर निर्वानमा होमिएको भन्दै एमालेका कार्यकर्ता र नेता रुष्ट भएका छन् ।

एमालेका एक नेताले भने चित्रलेखा यादवको अगाडी राजकिशोर जिरो हो जिरो गठबन्धन भएपनि हामीले राम्रो प्रतिनिधि चुन्ने हो र त्यो योग्यता र क्षमता चित्रलेखा यादवमा मात्र छ त्यसकारण यसपािल हामीले चित्रलेखालाई मतदान गछौ । जितेर गएपनि राजकिशोर विकास आफनै क्षेत्रमा गर्ने हुन तर चित्रलेखाको त घर यही हो विकास पनि यही गर्छ त्यसैले यो चुनावमा चित्रलेखा यादवको जित पक्का छ ।
क्षेत्र २ मै जन्मथलो र कर्मथलो रहेका चित्रलेखा यादवको प्रभाव भने जिल्ला र केन्द्रमा बलियो रहेको देखिन्छ।

बौद्धिक नेताको रुपमा परिचित चित्रलेखा एसिया महादेशमा अब्बल नारीको रुपमा आफनो पहिचान कायम गरेकी छिन् । उपसभामुख र पुर्व शिक्षा मन्त्री हुदाँ सिरहामा भने उनले गरेको शिक्षा,स्वास्थ्य र सडक,विजुलीमा धेरै योजना ल्याए र सम्पन्न पनि गरेको भन्दै आम मतदातले उनलाई रुचाउँछन ।
क्षेत्र २ का श्याम यादवले भने चित्रलेखा यादव जस्तो उम्मेदवार पाउनु हाम्रो गौरवको विषय भएको वताए।

उनले भने एसिया महादेशमा महिला भएर आफनो पहिचान वनाएका उम्मेदवार क्षेत्रवासीले पाएका छन,अगाडी भन्छन् हामीलाई उच्च शिक्षाको मार्कसिट,सर्टिफिकेट लगायएको कागजात निकाल्न दशौ हजार रुपैया र महिनौ दिन लाग्थ्यो त्यो पनि काठमाण्डौमा तर चित्रलेखा दिदी शिक्षा मन्त्री भएको वखत हाम्रो जिल्लामा राष्ट्यि परिक्षा वोर्डको स्थापना गर्नुभयो र त्यसले लाखौ विधार्थीलाई आर्थिक संगै काठमाण्डौको जाने बाध्यता हटाउनु भएको छ त्यसकारण युवा जमात नै चित्रलेखा यादव प्रति प्रभावित भएका छौ हामीले यसपालि पर्यटक उम्मेदवारलाई कुनै हातमा स्वीकार्दैनौं । चित्रलेखाको जित सुनिश्चित छ उनको प्रतिस्पर्धी छैन जस्तो हामीलाई लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
ऋण तन्त्र लाई अन्त गर्नु पर्छ: स्वतन्त्र उमेदवार सरिता गिरी

ऋण तन्त्र लाई अन्त गर्नु पर्छ: स्वतन्त्र उमेदवार सरिता गिरी

पुर्बमा सप्तरी २ उपेन्द्र , पश्चिममा बाके २ का उम्मेदवार , ईस्तियाक राई जनतालाई झुटा आश्वासन बाँड्न सक्रिय

पुर्बमा सप्तरी २ उपेन्द्र , पश्चिममा बाके २ का उम्मेदवार , ईस्तियाक राई जनतालाई झुटा आश्वासन बाँड्न सक्रिय

सीमा क्षेत्रका ज्यादती रोक्ने एजेन्डा खोइ ?

सीमा क्षेत्रका ज्यादती रोक्ने एजेन्डा खोइ ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .