• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जागीर छाडेर एक युवा स्वतन्त्र राजनीतिमा आए


जागीर छाडेर एक युवा स्वतन्त्र राजनीतिमा आए

धर्मेन्द्र पासवान/लहान प्राविधिक पेशामा इन्जिनियरिङ्ग भने पछि जो कोहीले पनि चाँडै नै टन्नै पैसा कमाउँछ होला आम मानिसले सोच्ने गर्छन् । देशमा भौतिक पूर्वाधार विकासमा इन्जिनियरहरुको ठुलै योगदान हेर्न सकिन्छ ।
इन्जिनियरिङ पेशामा लागेका सरकारी इन्जिनियरहरुलाई बेला बेलामा भ्रष्टाचार गरेको आरोप पनि लाग्ने गरेको विभिन्न सञ्चार माध्यममा समाचार आउनु पनि नौलो विषय होइन ।
पैसा नै कमाउन कतिपय इन्जिनियरहरुले पदको दुरुपयोग गरिरहको बेला एउटा ठुलै कनस्ट्रक्सन कम्पनीमा कन्सल्टेन्ट इन्जिनियरको रूपमा कार्यरत राम्रो कमाइ हुने जागीर छाडेर एक युवा राजनीतिमा आएका छन् ।
सिरहाको पुर्व-पश्चिम राजमार्ग कसहा देखि करिब १० किलोमीटर दक्षिण पश्चिममा सुखीपुर नगरपालिका-७ लङ्गुर्वा पछ्वारी टोलका ३२ वर्षीय युवा सिभिल इन्जिनियर तेज नारायण यादव प्रतिनिधि सभा सदस्य र प्रदेश प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा मधेश प्रदेश सभा सदस्य पदको समानुपातिक (स्वतन्त्र) बाट उम्मेदवार बनेका छन् ।
उनले -“हामी जस्ता पढेलेखेका इन्जिनियरहरू चिया पसलमा गएर गफ गरेर मात्र हुँदैन । चौक-चौक नेताहरूको कुरा काट्ने समय पनि छैन । त्यसैले अब पढेलेखेका युवाहरूलाई राजनीतिमा आउनुपर्छ र सोहि अनुसार मैले पनि उम्मेदवारी दिएको छु ।”
इन्जिनियर यादवले परिवर्तन सम्भव भएपनि लोभ लालचमा नेताज्यूहरूले राजनीतिलाई गरिखाने भाँडो बनाएकोले अब पनि युवा स्वच्छ राजनीतिमा नआए आउँदो समयमा दु:खद हुने तर्क समेत गरेका छन् । ‘उनको नारा हो स्वतन्त्र अभियनता मेरो एउटै नारा, भ्रष्टाचारमुक्त मधेश बनाउ मिली युवा सारा ।’
सानैदेखि पढाइमा अब्बल रहेका इन्जिनियर यादव आफ्नो ५ कक्षाको पढाई गाउँको विद्यालयबाट गरेर एसएलसी सिरहाकै मिर्चैयाको सगरमाथा माध्यमिक विद्यालयबाट पुरा गरेका छन्, ११ र १२ को पढाइ काठमाडौंको डिएभीबाट पुरा गरेपछि इन्जिनियरिङ काठमाडौंको ह्वाइट हाउस कलेजबाट पुरा गरेका छन् ।
देशका विभिन्न जिल्लामा भारतीय राजदूताबासको कन्सलटेन्ट इन्जिनियरको रूपमा काम गरिसकेका विशेष गरि पहाडी जिल्लालाई कर्म थलो बनाएको यादव कुनै समय इन्जिनियरिङ पढिरहेका बेला (हालका) काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका नजिकका मित्र
हुन् ।
स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाका मेयरमा स्वतन्त्रबाट बालेन्द्र साह निर्वाचित भएपछि अब हरेक ठाउँको युवाहरू राजनीतिमा लाग्न हौसिएको इन्जिनियर यादवको भनाइ छ । 
इन्जिनियर यादव नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचनमा स्वतन्त्रबाट कोषाध्यक्ष पदमा निर्वाचित र नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश अध्यक्ष समेत रहेका छन् ।
देशै भरिको स्वतन्त्र युवाहरू मिलेर एउटा छलफलबाट उनलाई मधेश प्रदेशको प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार बनाएका हुन् । मधेश प्रदेशको स्वतन्त्रबाट १५ जनाको नाम सिफारिस भएकोमा इन्जिनियर यादव १ नं- मा सिफारिस भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इन्जिनियरिङ पेशालाई थाती राखेर स्वतन्त्र उम्मेदवारी
  • २०७९ कार्तिक ३०, बुधबार १५:४४
  • In "मुख्य समाचार"
  • सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?
  • २०७९ कार्तिक ३०, बुधबार १५:४४
  • In "BannerNews"
  • बिचारको राजनीति गर्नु पर्छ : नेता बिद्य्यापती झा
  • २०७९ कार्तिक ३०, बुधबार १५:४४
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

दलित समुदायलाई बहुजन एकता पार्टी तिर झुकाउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version