No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भिम राबल एमाले हराउ, काँग्रेस जिताउ अभियानमा


भिम राबल एमाले हराउ, काँग्रेस जिताउ अभियानमा

काठमाडौं। नेकपा एमालेका नेता भीम रावल अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीका उम्मेदवार हराउने अभियानमा लागेका छन्। पार्टी अध्यक्ष ओलीले रावललाई पाखा लगाउँदै उनको निर्वाचन क्षेत्र अछाम १ मा नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपटबहादुर बोहरालाई उम्मेदवार बनाएपछि रावल आक्रोशित बनेका हुन्।

अध्यक्ष ओलीले रावललाई टिकट नदिएपछि आक्रोशित भएका नेता-कार्यकर्ताहरुले पार्टी नै परित्याग गरेका छन्। तर, नेता रावलले भने पार्टी परित्याग गरेका छैनन्। उनी अध्यक्ष ओलीले उम्मेदवार बनाएका बोहरालाई हराउन सक्रिय भएका छन्।

उनी गृहजिल्ला अछाम पनि गएका छैनन्। यसअघि नेकपा एमालेले सुदूरपश्‍चिमका विभिन्‍न जिल्लामा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएनन्। उनी टीकापुर पुगेर कांग्रेस नेता-कार्यकर्ताहरुसँग भेटघाट गरेका छन्।

कैलाली क्षेत्र नम्बर १ मा पर्ने क्षेत्रमा पुगेका रावलले नातासमेत पर्ने नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार रणबहादुर रावलको पक्षमा माहोल बनाउन सक्रिय भएको भन्दै नेकपा एमालेकै नेताहरुले आपत्ति जनाएका छन्।

कैलाली क्षेत्र १ लाई संवेदनशील क्षेत्रका रुपमा हेरिन्छ। विसं २०७२ मा भएको टीकापुर घटनापछि क्षेत्र नं १ ‘टीकापुर क्षेत्र’ लाई बढी संवेदनशील र चासोको साथ हेरिन थालिएको हो।

विसं २०७४ संघीय निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय जनता पार्टीबाट टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशमलाल चौधरीले ठूलो मतान्तरले चुनाव जितेका थिए। त्यतिबेला नेकपा ‘माओवादी केन्द्र’ र नेकपा ‘एमाले’को गठबन्धन थियो भने नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो। प्रदेशसभा १ बाट जनता समाजवादीका कृष्ण चौधरी र प्रदेशसभा १ बाट नेपाली कांग्रेसका डा. रणबहादुर रावलले चुनाव जितेका थिए।

अहिले यो क्षेत्रमा रेशमलाल चौधरीकी पत्नी रञ्जिता चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन। अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी मैदानमा छन्। त्यसैगरी प्रदेश सभा क मा रावललाई जिताउनका लागि भीम रावल खटिएका हुन्।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

Next Post
भारतलाई थप ४५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति

भारतलाई थप ४५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति

उपेन्द्र यादवको पराजय मधेशका लागि ठूलो जीत हुनेछ : जेपी गुप्ता

उपेन्द्र यादवको पराजय मधेशका लागि ठूलो जीत हुनेछ : जेपी गुप्ता

बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’

बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: