No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चतुर उपेन्द्र: चुनाव जित्न शैलेन्द्र साहको नाम बेच्ने, विजय यादवलाई भाबी मुख्यमन्त्रीको उम्मेदवार बनाउने

चतुर उपेन्द्र: चुनाव जित्न शैलेन्द्र साहको नाम बेच्ने, विजय यादवलाई भाबी मुख्यमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवमाथि जातिवादको आरोप लाग्ने गरेको छ । आफू यादव भएकाले उपेन्द्रले पार्टी संगठनमा होस् वा सरकारमा सहभागी हुन जाँदा होस् यादवहरुलाई नै प्राथमिकता दिने गरेका छन् । पछिल्ला १५ वर्षमा उनको कार्यशैली हेर्ने हो भने उनी यादवहरुको मात्रै नेता बन्न खोजेको आभास हुन्छ । त्यसैले उनलाई विस्तारै मधेसी जनता, नेता कार्यकर्ताले छोड्दै गएका छन् । ४ मंसिरमा हुने निर्वाचनको रणनीतिमा पनि उपेन्द्रले जातिवादलाई छोडेका छैनन् । सप्तरी २ का उम्मेदवार उपेन्द्रले चुनाव हार्ने भएपछि कुलको इज्जत जोगाइदिन भनेर जातिवादको डंका पिटिरहेका छन् । हारगुहार गरिरहेका छन् । त्यतिमात्रै होइन मधेस प्रदेशमै संकटमा परेको पार्टी जोगाउन उनले सतहमा जातिवाद त्यागेको भ्रम छरेर भित्रिरुपमा यादवलाई प्रदेशको मुख्यमन्त्री बनाउने योजना बनाएका छन् । जसले पार्टीभित्रै लफडा भएको छ । मधेस प्रदेशमा पार्टीलाई जिताउन उपेन्द्रले यादवहरुका साथै अन्य जातिका नेताहरुलाई मुख्यमन्त्रीको आश्वासन दिएको खुलेको छ । त्यसमा पनि अन्य जातिकोलाई मोहरा बनाउने र यथार्थमा मुख्यमन्त्री आफ्नै जाति यादवहरुमध्ये बनाउने योजना बनाएको खुलेको हो ।
चुनावपछि मधेस प्रदेशको मन्त्रिमण्डल हेरफेर गरेका उपेन्द्रले अर्थमन्त्री रहेका विजय यादवलाई चुनावपछि मुख्यमन्त्री बनाउने आश्वासन दिएर कृषि मन्त्रालयमा घटुवा गरेका थिए । मुख्यमन्त्रीको भावी उम्मेदवारको आश्वासन पाएपछि विजय सहजै कृषिमा जान भए ।

अर्कोतिर उपेन्द्रले कृषिमन्त्री शैलेन्द्र प्रसाद साह बढुवा गरेर अर्थमा ल्याए । त्यतिमात्रै होइन आफू चुनाव जित्न उपेन्द्रले शैलेन्द्र साह भावी मुख्यमन्त्री भनेर प्रचार नै गरे । साहलाई भावी मुख्यमन्त्री भनेपछि पार्टीभित्र लफडा सुरु भयो ।

भावी मुख्यमन्त्रीको आश्वासन पाएर कृषिमा घटुवा भएका विजय यादवले धोका भएको भन्दै असन्तुष्टि जनाएपछि उपेन्द्रले ‘तिमी नै भावी मुख्यमन्त्री हो, अहिले चुनाव जित्न शैलेन्द्रलाई भनिएको’ भनेर विजयलाई फकाएको जसपाका एक उच्च नेताले बताए । उनकाअनुसार चुनाव जित्नकै लागि उपेन्द्रले शैलेन्द्रलाई कृषिबाट मालदार अर्थ मन्त्रालयमा बढुवा गरेको पनि विजयलाई बताएका थिए ।

जातिवादभन्दा माथि रहेको भनि चुनाव जित्नका लागि देखाउन साहलाई प्रलोभन पारेर उपयोग गरिरहेका उपेन्द्रको भित्रि रणनीति भने चुनाव जितेपछि आफ्नै जातिका विजय यादवलाई बनाउने रणनीति लिएको जसपाका नेताहरु बताउँछन् ।

सप्तरी जसपाका एक नेता भन्छन्, ‘चुनाव जित्नका लागि उपेन्द्रजीले विजयलाई कृषिमा झारेर शैलेन्द्रजीलाई बढुवा गरेर अर्थमन्त्री बनाए पनि चुनावपछि यो कायम रहँदैन । चुनावपछि उहाँमा रहेको यादववादले काम गर्छ । शैलेन्द्रजी त चुनावी मोहरामात्रै हो । चुनावपछि आउने परिणाममा विजय यादवले अवसर पाउँछन् । सरकार बन्ने अवस्था आए विजयले नै मुख्यमन्त्रीका रुपमा नेतृत्व गर्ने स्पष्ट हो ।’

उपेन्द्रको यही जातिवादी चरित्रले यहाँका यादवबाहेकका अन्य जातिका जसपा कार्यकर्ता असन्तुष्ट बनेका छन् । चुनावमा अरु जातको प्रयोग गर्ने र चुनाव जितेपछि अवसर जति यादवहरुलाई मात्रै दिने भनेर जसपाभित्र विगतदेखि कै असन्तुष्टि छ । उपेन्द्रले आफ्नो नेतृत्वमा केन्द्रमा सरकारमा सहभागी हुँदा होस् वा पार्टीबाट सरकारमा मन्त्री पठाउँदा यादवलाई नै प्राथमिकता दिएको जगजाहेर छ । त्यसमा पनि जसपाकै नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा पनि यादवहरुकै बाहुल्यता छ । व्यवहारमै जातिवादको रंग बोकेका उपेन्द्रले अहिले चुनावमा पनि त्यही रणनीति अख्तियार गरेका छन् । अहिले अवसरमा प्राथमिकता अन्य जातिलाई दिएजस्तो गर्ने र जितेपछि यादवहरु च्याप्ने उनको रणनीतिले जसपाभित्रै विद्रोह बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
बलुच अधिकारकर्मीहरूमाथि अदालत अगाडि नै शसस्त्र हमला, २ को मृत्यु

बलुच अधिकारकर्मीहरूमाथि अदालत अगाडि नै शसस्त्र हमला, २ को मृत्यु

सप्तरी ४ (क) मा दलित युवाहरुको चुनावी प्रतिकार समिति गठन

सप्तरी ४ (क) मा दलित युवाहरुको चुनावी प्रतिकार समिति गठन

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .