• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा बैठक सम्पन्न, गौर बैरगनिगा बोर्डरमा नेपाली भारतीय सवारी साधन निर्वाध रुपमा संचालन गर्न सहमती


नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा बैठक सम्पन्न, गौर बैरगनिगा बोर्डरमा नेपाली भारतीय सवारी साधन निर्वाध रुपमा संचालन गर्न सहमती

सर्लाही,  कार्तिक । मंसिर ४ गते हुन गईरहेको आसन्न निर्वाचनलाई मध्यनजर राख्दै सिमा क्षेत्रबाट अवाञ्छित गतिविधि हुन नदिनका लागि नेपाल भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको विशेष समन्वय बैठक सर्लाहीको मलंगवामा मंगलवार भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुन गईरहदा भारत संग जोडिएका नेपालको महोत्तरी, सर्लाही र रौतहटको सीमा क्षेत्रबाट निर्वाचनलाई प्रभावित पार्ने खालको तत्वहरु माथि कडाईका साथ निगरानी राख्न काउण्टर पार्ट भारत विहार सीतामढीका सुरक्षा अधिकारी अभागी सम्मिलित “जिल्ला स्तरिय सीमा समन्वय बैठक” अहिले सर्लाही सदरमुकाम मलंगवामा आज भएको हो ।
नेपाल भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुको बीच सुरु भएको जिल्ला स्तरिय सीमा समन्वय बैठकमा प्रमुख रुपमा ६ बुंदे विषयमा गहन छलफल भएको बताइएको छ ।

कोभिडको कारणबाट विगत दुई बर्ष भन्दा बढि समय देखि गौर बैरगनिया बोर्डरमा सवारी साधन नचल्दा सर्वसाधारण जनताहरु सास्ती खेप्दै आएका थिए । उक्त सास्तीलाई मध्यनजर राख्दै मलंगवामा भएको सहमती अनुसार पहिला जस्तै दुवै देशका सवारी साधनहरु गौर बैरगनियामा निर्वाध रुपमा तत्कालै संचालन गरी कार्यान्वयनमा ल्याउने भएको प्रजिअ कृष्णबहादुर शाहीले जानकारी तराई टपलाई दिए । यसरी बर्षौ देखि सामानाहरु लिएर पैदल हिडेर वारीपारी गर्ने नेपाली तथा भारतीय यात्रुहरुलाई यस प्रकारको निर्णयबाट निकै राहत भएको समेत उनले स्पष्ट पारे ।

मंसिर ४ मा हुन गईरहेको निर्वाचनलाई लक्ष्ति गरेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पर्ने, सीमा क्षेत्रमा हाल रहेको सुरक्षा व्यवस्थाको समिक्षा गरिने, अन्तराष्ट्रिय सीमा स्तम्भहरुको अवस्था वारे अवलोकन गर्ने, मानव बेचविखन तथा लागु औषधको ओसार पसार माथि सुक्ष्म निगरानी राख्ने, विभिन्न अपराधीक गतिविधिलाई नियन्त्रण गर्ने र अपराधिक गतिविधिलाई नियन्त्रण गर्नमा दुबै देशका सुरक्षाकर्मीहरु एक आपसमा सहयोगात्मक कार्यमा सहयोग गर्ने विषयमा गहन छलफल भई दुबै देशका सुरक्षा अधिकारीहरुले प्रतिबद्धता गरेको तराई टपलाई जानकारी प्राप्त भएका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर, एसपी प्रविण पोखरेल, सशस्त्र एसपी भरत खनिया, राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झा, महोत्तरीका प्रजिअ दीपककुमार पहाडी, एसपी कृष्णप्रसाद पंगेनी, सशस्त्र एसपी दिपेन्द्र गिरी, राष्ट्रिय अनुसन्धानका प्रमुख अभिनय सिंह तथा रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, एसपी विरबहादुर बुढा मगर, सशस्त्र एसपी ध्रुव बहादुर कार्की, राष्ट्रिय अनुसन्धान प्रमुख मुकुण्ड खड्काको उपस्थिति रहेका थिए भने सीमा पारी सीतामढी जिल्लाका डिएम मनिषकुमा मिना सहित सीतामढीका एसपी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

गौर बैरगनिगा बोर्डरमा नेपाली भारतीय सवारी साधन निर्वाध रुपमा तत्काल संचालन गर्न सहमती

कोभिडको कारणबाट विगत दुई बर्ष भन्दा बढि समय देखि गौर बैरगनिया बोर्डरमा सवारी साधन नचल्दा सर्वसाधारण जनताहरु सास्ती खेप्दै आएका थिए । उक्त सास्तीलाई मध्यनजर राख्दै मलंगवामा भएको सहमती पछि सीतामढीका डिएम मनिषकुमार मिनाले मातहतका सुरक्षाकर्मीहरुलाई सवारी साधन संचालन गर्न निर्देशन दिईसकेको पहिला जस्तै दुवै देशका सवारी साधनहरु गौर बैरगनियामा निर्वाध रुपमा तत्कालै संचालन गरी कार्यान्वयनमा ल्याउने भएको प्रजिअ कृष्णबहादुर शाहीले जानकारी तराई टपलाई दिए । यसरी बर्षौ देखि सामानाहरु लिएर पैदल हिडेर वारीपारी गर्ने नेपाली तथा भारतीय यात्रुहरुलाई यस प्रकारको निर्णयबाट निकै राहत भएको समेत उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल-भारत सीमा नाका ४ दिन बन्द हुने
  • २०७९ कार्तिक २३, बुधबार १२:०७
  • In "BannerNews"
  • हराएका सीमा स्तम्भ पुनर्निर्माण गर्ने नेपाल–भारत सुरक्षा अधिकारीको निर्णय
  • २०७९ कार्तिक २३, बुधबार १२:०७
  • In "BannerNews"
  • नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्न नसकेपनि सशस्त्र प्रहरी र एसएसबीबीच समन्वय बैठक बस्दै
  • २०७९ कार्तिक २३, बुधबार १२:०७
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

चिनियाँ प्रहरीद्वारा ‘फिल्म उद्योगका गडफादर’लाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

ओलीले देशलाई चीनकाे महंगाे ऋणमा फसाएर जनतालाई ठगेका हुन : नेता शाह

जसपाका चार सय बढी नेता कार्यकर्ता कांग्रेसमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version