काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) भित्र ठूलाे विद्राेहकाे तयारी भएकाे छ ।
पार्टी नेतृत्वकाे सिद्वान्तविहीन र सत्तालाेभी राजनीतिक गतिविधिले आजित जसपाका नेता कार्यकर्ता विद्राेहकाे मनस्थितिमा पुगेका हुन् ।
झन् चुनावकाे मुखमा मधेस विराेधी शक्तिका रूपमा चिनिएकाे एमालेसँग नेतृत्वले सहकार्य गर्दा मतदातामाझ जानै नसक्ने परिस्थिति बनेपछि कार्यकर्ताकाे ठूलाे पंक्ति परित्यागकाे निष्कर्षमा पुगेकाे सप्तरी २ का जसपाका एक नेताले बताए । `आज भाेलिमा निर्णय आउँछ । हामी बस्न नसक्ने बाध्यात्मक अवस्थामा पुगेका छौं । मतदाताले हामीमाथि नै सवाल उठाइरहेका छन् । यहाँ सिच्युसन खराब छ,´ उनले भने ।