• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मिथिलाञ्चलमा छठको रौनक, आज दोस्रो दिन खरना


मिथिलाञ्चलमा छठको रौनक, आज दोस्रो दिन खरना

सिराहा । सिराहासहित तराईका जिल्लामा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आजका दिन खरना गरिँदै छ । कात्तिक शुक्ल चौंथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि गरिएको छ । सोमबारसम्म मनाइने छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लामा भव्य रूपमा भइरहेको छ ।

मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो खाने गर्छन् । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । पर्वको दोस्रो दिन आज (शनिबार) पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति
सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने व्रतालु शिवो देवी यादवले बताइन् ।

त्यस्तै, आइतवार सन्ध्याकालीन र सोमवार प्रभातकालीन सूर्यको अर्घदिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन हुनेछ । पर्वको मुख्य दिन मानिने षष्टि तिथिका दिन बिहानै न्वाई–धुवाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अर्घ्य दिने चलन छ ।

त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार,माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवारलगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको व्रतालु बताउँछन् ।

तस्बिरहरु :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै
  • २०७९ कार्तिक १२, शनिबार १९:१०
  • In "धर्म-संस्कृतिक"
  • आज चैती छठ मनाइँदै
  • २०७९ कार्तिक १२, शनिबार १९:१०
  • In "BannerNews"
  • लोक आस्थाको महा महापर्व छठ सुरु, आज नहाय खाय
  • २०७९ कार्तिक १२, शनिबार १९:१०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

चिनियाँ सरकारका कारण , भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द

२६/ ११ आक्रमणका मुख्य षड्यन्त्रकारीहरू अहिले सम्म सुरक्षित छन — एस जयशंकर

नेता यादव निरन्तर राजनीतिमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version