• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जिरो कोभिड नीतिले खस्किएको चिनियाँ अर्थतन्त्र


जिरो कोभिड नीतिले खस्किएको चिनियाँ अर्थतन्त्र

संसारका धेरै देश कोभिड महामारीको ह्याङ ओभरबाट लगभग मुक्त भएका छन्। यस ह्याङ ओभरबाट चीन भने मुक्त भएकै छैन। चीनमा भने धेरै सहर र बजार रातभर सट डाउन पनि हुने गरेका छन्।

तेस्रो पटक चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीको नेतृत्व गर्ने सोचमा रहेका राष्ट्रपति सी चिङ फिङ भने जिरो कोभिडको नीतिबाट हलचल हुने पक्षमा छैनन्। सिजीङ पीङको पहलमा लकडाउनको नीतिले बारम्बार मान्यता पाएका छन्।

बारम्बार यो नीतिले त्यहाँको प्रशासनमा अन्य कुनै नीति नै नभएको जस्तो आभास भएको छ।
चीनको यसै नीतिले धेरै समस्या थपिएको छ। त्यहाँ खाद्य संकट थपिएको छ। स्वास्थ्य संयन्त्रमा गडबडी भएको छ। ती क्षेत्रका अर्थतन्त्र बिग्रँदो अवस्थामा छ। साथै केही स्थानमा फाटफुट विद्रोह देखिन थालेको छ।

गत मार्च महिनादेखि १ सय ५२ सहरमा लकडाउन भएको छ। दुई सय ८० जना लकडाउनबाट प्रभावित छन्। पार्टीको महाधिवेशन नजिकिँदै जाँदा अगस्टदेखि यता १ सय १४ सहर र स्थानमा लकडाउन भएको छ।

पूर्ण लकडाउन नहुने बेइजिङ एउटा मात्र सहर हो। देशका आधा स्थानमा जनसङ्ख्या विभिन्न समयमा लकडाउनको मारमा परेका छन्।

मार्च महिना यताको डाटालाई आधार मान्ने भने चौंथो चरणको महामारी आएपछि लकडाउन अझ कडाइ भएको थियो। त्यसको यकिन तथ्यांक पाउन कठिन भएको छ। धेरै सरकारी कार्यालयका अफिसियल परिभाषा नै परिवर्तन भएका थिए।

चीनका अधिकारी लकडाउनलाई नयाँ ढङ्गले व्याख्या गर्न थालेका छन्। अधिकारीले ‘स्थिरता व्यवस्थापन’, ‘घरमै स्थिर रहने’ तथा ‘पुरै क्षेत्रमा स्थिरता कायम गर्ने’ र सबै अनावश्यक गतिविधिलाई स्थगित गर्ने भन्ने निर्णय भएको छ।

अधिकारीहरूको व्याख्यामा उत्पादनमा असर नगर्ने गरी गतिविधिलाई नियन्त्रित गर्ने तर लकडाउन नगर्ने भन्ने नीति लिएका छन्। दक्षिणी प्रान्त ग्वान्झाउनमा ‘ संलग्नता व्यवस्थापनको रूपमा नयाँ शब्दावलीको प्रयोग भएको छ। यसको मतलब गाउँ ,जिल्ला र घरका कम्पाउन्ड खुला रहँदैनन्। त्यहाँ जो कोही पुगे पनि त्यहाँ निस्कने र बाहिर आउने स्थानमा चेक प्वाइन्ट राखिएका छन्।

व्यक्ति र अन्य सवारी साधन पास लिएर मात्र ओहोर दोहोर गर्न पाउँछन्। बन्द गरिएका स्थानमा कोही पनि प्रवेश गर्न र कुनै काम गर्न बन्देज गरिएका छन्। यी सबैका बाबजुद त्यहाँका घरमा मानिसलाई त्यो लकडाउन होइन भन्ने आशयको कुरा राखिएको छ। केसहरू बढी सकेपछि भने त्यहाँ आंशिक लकडाउन भएका छन्।

जब ट्रायक एन्ड ट्रेस सिस्टम लागु हुन्छ। तब स्थानीय बाहेकको अन्य सबै जना परीक्षणको घेरामा पर्ने गरेका छन्। त्यो त सामान्य हो। केही समय झैं थुनिने गरेका छन्। विभिन्न एपहरूको प्रयोग अहिले पनि हुने गरेको छ। तर, ती एपका कामहरू ओभरल्याप भएर समस्या उत्पन्न हुने गरेका छन्।

जब ट्रायक एन्ड ट्रेस सिस्टम लागु हुन्छ। तब स्थानीय बाहेकको अन्य सबै जना परीक्षणको घेरामा पर्ने गरेका छन्। त्यो त सामान्य हो। केही समय झैं थुनिने गरेका छन्। विभिन्न एपहरूको प्रयोग अहिले पनि हुने गरेको छ। तर, ती एपका कामहरू ओभरल्याप भएर समस्या उत्पन्न हुने गरेका छन्।

यस वर्ष स्पिङ फेस्टिभलमासमेत अन्यत्रबाट आउने सबैलाई अनिवार्य क्वारेनटाइनको मापदण्ड राखिएको थियो। यसलाई अन्यथा ठानिएर गिरफ्तार हुने र जेल चलान हुनेसम्मका घटना भएका थिए।

बेइजिङ सरकारले यसलाई डाइनामो जिरो पोलिसिको संज्ञा दिएको छ। जुन नीति बारम्बार असफल भएका छन्। यो नीतिका बाबजुद एकातर्फ महामारीको विभिन्न चरणका लहर आइ रहेको छ भने अर्थतन्त्र त लकडाउनकै कारण बिग्रिएको छ।

१ करोड ३० लाख जनसङ्ख्या बसोबास गर्ने पर्यटकीय हबसमेत मानिएको जीयानमा एक महिनासम्म सट डाउन भएको थियो। मार्च महिनामा सांघाइ सहरमा एक साता भन्दा कम समयका लागि भनेर लकडाउनको घोषणा भएको थियो। तर, त्यहाँका दुई करोड ५० लाख मानिसहरूदुई महिनासम्म घरमा बसेका थिए।

सेप्टेम्बर महिनामा चेन्डोउमा भूकम्प गएको समयमा मानिस घर भित्र नै थुनिएका थिए। कसैलाई जोगाउन त्यहाँ जानु अगाडि उद्धारकर्ताका लागि कोभिड परीक्षण अनिवार्य मानिएको थियो।

त्यसै महिनामा सान्चीका दुई सहरमा त कुनै केस नदेखिए पनि लकडाउन भएका थिए। अधिकारीले बाह्य जोखिमबाट बचाउनका लागि यसो गरिएको जनाएका थिए। त्यहाँका स्थानीय नेताले त्यस क्षेत्रलाई पार्टीको २० औं महाधिवेशनका नतिजा राम्रो होस भन्ने हेतुले यो सबै भएको प्रतिक्रिया दिए।

बेइजिङले डाइनामिक जिरो कोभिड पोलिसिको मापदण्डको रटान रटिरहँदा स्थानीय अधिकारी भने पूर्व लकडाउन र मास परीक्षणको अवधारणालाई निरन्तरता दिइरहेका छन्। चीनका सामान्य बस्ती र ठूला सहरको अवस्था भने भिन्न छ। स्थानीय अधिकारीले बारम्बार लकडाउनको घोषणा गरे पनि बेइजिङको केन्द्रीय सरकार आफैले भने त्यसो घोषणा गरेको छैन। मार्च र अप्रिल महिनामा सान्चेनमा एउटा यस्तै निर्णय भएको थियो। त्यसै समयमा १ करोड ७० लाखले घरमा बसेर नै काम गरेका थिए।

केन्द्रीय सरकारले लकडाउनलाई त्यत्ति धेरै प्राथमिकता नदिए पनि स्थानीय अधिकारी भने केही केस देखिए लगत्तै निर्णयमा हतारो गर्न थालेका छन्। समीक्षकहरू चीनमा धेरै जना सीको निर्णयमा मात्र निर्भर रहेको विश्लेषण गर्न थालेका छन्। पछिल्लो समय चीनको विकसित अर्थतन्त्रको कारण जस पाएका सी पछिल्लो समय भने नीतिगत रूपमा असफल भएका छन्। जिरो कोभिड नीतिकै कारण उनको लोकप्रियता र छविमा पनि आँच आउन थालेको छ।

मिचिगन विश्व विद्यालयका राजनीतिशास्त्रका एसोसीएट प्रोफेसर युन येन आङका अनुसार सीको स्थानीय अधिकारीलाई हेर्ने दृष्टिकोण फरक फरक रहेको छ। सीले खराब नीति लिए पनि स्थानीय सरकारलाई आफ्नै नीति लिन बन्देज गरिएको छ। सीको एकल नीतिकै कारण पूर्ण बन्देज लगाइएको छ।

अप्रिल यता बेइजिङको नीति र स्थानीयको घोषणालाई सीले खुलेर समर्थन गर्ने गरेका छन्। यस नीतिलाई निरन्तरता दिने सोच पनि अगाडि बढाएका छन्। स्टयान्डफोर्ड विश्वविद्यालयका सिनीयर चिनियाँ स्कलर उ गोङ जु आङ स्थानीय अधिकारी सीबाट कारबाही हुने डरले त्रसित छन्।
उनकै विचारमा सीको नजिक हुने समेत स्थानीय अधिकारीहरूको बिचमा होडबाजी छ। यस कारण उनीहरू सही निर्णय भन्दा पनि सिलाइ रिझाउने निर्णयमा अडिग छन्।

धेरै विज्ञको मतमा पार्टीको कांग्रेस नजिकिँदै जाँदा लकडाउनको मात्रा बढ्दै जानु संयोग मात्र नभएको बताउँछन्। ‘चीनमा अहिले कोभिडको राजनीति भइरहेको छ। क्याम्ब्रिज विश्वविद्यालयका चिनियाँ विकासमा प्राध्यापक विलियम र्हस्टले बताए।

पाँच वर्षको अन्तरामा हुने पार्टीको महाधिवेशनमा सफलता पाउँदै माओ जीडीयाङ पछि सी जिङ पीङ तेस्रो कार्यकालका लागि चयन हुने पहिलो नेता हुने अभियानमा छन्। डाई नामिक जिरो नीतिले मानिसको जीवन रक्षा गरेको मुद्दा उठाउँदै उनले पहिलो पटक सफलता पाउने विचार गरेका छन्।

अहिले चिनियाँ समाजमा दुई वटा बहस आम मानिसमा उठ्न थालेका छन्। पहिलो जीवन रक्षाको नाममा पूर्ण सफलता पाएको छैन। दोस्रो यसै नाममा खस्किएको अर्थतन्त्रको जिम्मेवारी सी नेतृत्वले लिने या नलिने भन्ने हो। सबै भन्दा पेचिलो प्रश्न त भ्याक्सिनको निर्माण भइसके पछिको अवस्थामा चीनमा मात्र जीवन रक्षाका लागि लकडाउनको विकल्प नै नसोचिनु पनि हो।

कोभिड कार्यकाल पछि संसारका धेरै देशहरू खुला भइसकेका छन्। खुला भएका देशमा महामारी छैन। यस कारण चीनको यो नीति असफल नीतिको रूपमा धेरै विश्लेषकहरूले व्याख्या गर्न थालेका छन्। (स्रोत : बीबीसी) खबरहब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनको स्वास्थ्य संयन्त्र जोखिममा
  • २०७९ कार्तिक ६, आईतवार २१:०२
  • In "BannerNews"
  • चीनसँगको व्यापारले धेरै देशलाई अप्ठेरो
  • २०७९ कार्तिक ६, आईतवार २१:०२
  • In "अन्तराष्ट्रिय"
  • ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा
  • २०७९ कार्तिक ६, आईतवार २१:०२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित

कमिशनको खेलमा डेढ करोड बन्दै चुनावी मुद्दा

प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरसिंह राठौरद्वारा सुविधायुक्त गाउँ बनाउने प्रतिबद्धता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version