• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहा कारागारमा एकैदिन २५९ सङ्क्रमित, कुल ५०७ पुग्यो


सिरहा कारागारमा एकैदिन २५९ सङ्क्रमित, कुल ५०७ पुग्यो

सिरहा : कोरोनाको हटस्पट बनेको सिरहा कारागारमा बुधबार २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड श्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका २५९ जना कोरोना सङ्क्रमित भएको हो । कारागारमा रहेका २६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २५९ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

दुई आश्रितसहित ५९७ कैदीबन्दी रहेको सिरहा कारागारमा यो सङ्ख्यासहित ५०७ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । सङ्क्रमितमध्ये सात जना कैदीबन्दी निको भएको कारागार प्रमुख बबिता महतोले जानकारी दिनुभयो । सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा समेत कारागारमा अधिकांश कैदीबन्दी सङ्क्रमित भएको उहाँको भनाइ छ ।

‘गत साउन २५ र २६ गते कोरोना परीक्षण नगरी जिल्ला प्रहरी कार्यालयले चारजना अभियुक्तलाई थुनछेकको लागि सिरहा जिल्ला अदालतमा बुझाएको थियो, अदालतको आदेशबाट चारजना थुनुवालाई पुर्पुक्षका लागि यहाँ पठाइएको थियो’, कारागार प्रमुख महतोले भन्नुभयो– ‘त्यतिखेर स्वाब सङ्कलन गरिए पनि उनीहरुको रिपोर्ट आएको थिएन, पछि उनीहरु सबैमा कोरोना पुष्टि भयो ।’

सोही चार जना अभियुक्तबाटै कारागारमा सङ्क्रमण फैलिएको अनुमान गरिएको छ । साउन २६ गतेसम्म कारागारभित्र कसैलाई सङ्क्रमण देखिएको थिएन । कारागारका झण्डै ८५ प्रतिशत कैदीबन्दीलाई कोरोना सङ्क्रमण भएपछि उनीहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने बारे कारागार प्रशासन तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको लागि टाउको दुःखाईको विषय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्‍यो
  • २०७७ भाद्र ३१, बुधबार १८:५९
  • In "थप"
  • नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ भाद्र ३१, बुधबार १८:५९
  • In "स्वास्थ्य"
  • दुई हजार ४४० थपिए, सङ्क्रमित ८९ हजार २६३ पुग्यो
  • २०७७ भाद्र ३१, बुधबार १८:५९
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

नेपालमा मास्क र स्यानिटाइजर दिने रोबोट तयार हुँदै

भेरीे विशेष कोरोना अस्पतालको सेवा उत्कृष्ट, सङ्क्रमित खुशी

पत्थरीको शल्यक्रिया गर्न ल्याइएकी महिलाको कोरोनाले मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version