• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भेरीे विशेष कोरोना अस्पतालको सेवा उत्कृष्ट, सङ्क्रमित खुशी


भेरीे विशेष कोरोना अस्पतालको सेवा उत्कृष्ट, सङ्क्रमित खुशी

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा निर्माण गरेर सञ्चालनमा ल्याईएको ७२ बेडको भेरी विशेष कोरोना अस्पतालका सेवा सुविधाहरु निकै उत्कृष्ट रहेको उपचाररत संक्रमितहरुले जनाएका छन् ।
विशेष कोरोना अस्पतालमा भर्ना हुनु भएका अधिकांशले सो अस्पतालमा हाल प्रदान गरिएका सेवा सुविधाहरु अतिनै उच्चस्तरको रहेको जनाउनुभएको छ ।
भेरी विशेष कोरोना अस्पतालमा रहनु भएका नेपालगञ्ज १३ का कानुन व्यवसायी पुर्ण ढकालले पूर्ण रुपले वातानु कुलित रहेको सो अस्पतालमा संक्रमितको हेरचाहदेखि खाना नास्ता र सरसफाई सबै अतिनै उत्तम रहेको बताउनुभयो ।
उहाँले सो अस्पतालमा अधिकांश लक्षण भएका संक्रमितहरु रहेकोले उनिहरुको हेरचाह तथा उपचारमा कुनै प्रकारको कमी नगरी नम्र व्यवहारका साथ राम्ररी उपचार गरिरहेको बताउनुभयो ।
यसैगरी संक्रमित भएर त्यहाँ भर्ना हुनुभएका नेपालगञ्ज कारकाँदोका विरेन्द्र बस्नेतले पनि सो विशेष कोरोना वार्डमा स्तरीय तारे होटलको जस्तो सेवा सुविधा प्राप्त भैरहेको बताउनुभयो ।
उहाँले सो अस्पतालमा स्वास्थ्यकर्मीहरुको व्यवहार अतिनै राम्रो रहेको जनाउँदै खाना र नास्ता स्तरीय दिनुका साथै सरसफाईमा पनि विशेष ध्यान राखिने गरिएको पाईएको बताउनुभयो ।
सोही प्रकारले नेपालगञ्ज ९ का मीना पाण्डेले पनि अहिले त्यहाँ प्रदान गरिएका सबै प्रकारका सेवा सुविधाहरु निकै उच्चस्तरीय खालका रहेको जनाउँदै सधैं यस्तै राख्नुपर्नेमा जोड दिनुभएको छ ।
संक्रमित भएर त्यहाँ रहनु भएका अधिकांशले सधैभर सो वार्डमा यस्तै सेवा सुविधा प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।
सो विशेष कोरोना अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवले संक्रमितहरुलाई विशेष प्रकारको सुविधा दिएर निको पार्ने उदेश्यसहित यो अस्पताल सञ्चालनमा ल्याईएको बताउनुभयो ।
उहाँले ८ बेड आइसियुसहित ७२ बेडको सो कोरोना विशेष अस्पतालको सेवा सुविधा हेरेरनै अहिले ६५ जना संक्रमित त्यहाँ भर्ना रहेको बताउनुभयो ।
अस्पताल प्रमुख डा. यादवले केही लक्षण नभएकाहरु प्नि त्यहाँ भर्ना रहेकोले उनिहरुलाई त्यहाँबाट अन्यत्र आइसोलेसनमा सारेर लक्षण भएकालाई ल्याउने तयारी भैरहेको बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगको पहल र सक्रियतामा निर्माण गरिएको सो अस्पतालका हरेक बेडमा अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ भने त्यहाँ ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु
  • २०७७ भाद्र ३१, बुधबार १९:१५
  • In "कर्णाली प्रदेश"
  • बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु
  • २०७७ भाद्र ३१, बुधबार १९:१५
  • In "थप"
  • बाँकेमा ३ जना कोरोना संक्रमितको मृत्यु
  • २०७७ भाद्र ३१, बुधबार १९:१५
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

पत्थरीको शल्यक्रिया गर्न ल्याइएकी महिलाको कोरोनाले मृत्यु

झड्केलो बाबुबाट बालिका बलात्कृत

अनलाइन कक्षाको शुल्क पालिका पिच्छे फरक–विद्यार्थी संगठनको विरोध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version