• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अण्डाको पहेंलो भाग खानै हुन्न ?


अण्डाको पहेंलो भाग खानै हुन्न ?

कुखुरा पहिले भयो कि अण्डा ? यो प्रश्न जति जेलिएको छ उत्ति नै विरोधाभास छ- ‘अण्डा खानु हुन्छ कि हुँदैन’ भन्ने सवाल पनि ।

पोषणविद् भन्छन्, ‘अण्डा प्रोटिनको राम्रो स्रोत हो । खानपानको सन्तुलन मिलाउन अण्डा सामेल गर्न सकिन्छ ।’ चिकित्सक भन्छन्, ‘अण्डाबाट शरीरमा जुन तत्व प्राप्त हुन्छ, त्यो हानिकारक छैन ।’

योगगुरु भन्छन्, ‘अण्डा खानै हुन्न । निरोगी जीवनको लागि यो सही खानेकुरा होइन ।’

मान्छेमा द्विविधा छ, अण्डा खान हुन्छ वा हुँदैन ? त्यो भन्दा बढी द्विविधा त के भने अण्डाको पहेंलो भाग खान हुन्छ वा हुँदैन ?

अण्डा खानेमध्ये कतिपयले पहेंलो भाग खाँदैनन् । स्वास्थ्यप्रति बढी नै सर्तकता अपनाउनेहरु हुन् वा दीर्घरोगीहरु, अण्डाको पहेंलो भाग खाँदै खाँदैनन् । अण्डाको पहेंलो भाग खाँदा खराब कोलेस्टेरोलको मात्रा बढ्छ । खासगरी मुटुरोग लागेकाहरु वा कोलेस्टोरले सताइएकाहरु अण्डाको पहेंलो भाग खाँदैनन् । के वास्तवमै अण्डाको पहेंलो भाग खानयोग्य हुन्न ?

जसले अण्डाको पहेंलो भाग नखाएकै बेस 

अण्डाको पहेंलो भाग खानै हुन्न भन्ने आमधारणा छ त्यो सही होइन । अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, पहेंलो भागमा फ्याट कोलेस्टेरोल बढी हुने भएकोले उच्च रक्तचाप, कोलेस्टेरोलका बिरामी र मुटुसम्बन्धी बिरामीले भने पहेंलो भाग नखाएको राम्रो हो ।

सामान्य स्वास्थ्य स्थितिमा

अण्डाको पहेंलो भागमा फ्याट र कोलेस्टेरोल बढी हुने भएकोले त्यसले उच्च रक्तचापको समस्या झन् बढ्छ । स्वास्थ्यमा कुनै पनि प्रकारको समस्या नभएको व्यक्तिले त अण्डाको पहेंलो भाग खाँदा केही हुँदैन ।

यी अवस्थामा खान हुँदैन 

कोलेस्टेरोल, उच्च रक्तचाप, मुटुको समस्या र मिर्गौलाको समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग खानु उचित हुँदैन । खाँदै नखाने भन्दा पनि एकदम कम मात्रामा खानु राम्रो हो । यस्ता समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग सेवन गर्दा समस्या थप बढ्न सक्छन् ।

अण्डाको असर

अण्डा र मासुमा अमिनो एसिड भन्ने प्रोटिन हुन्छ, जुन प्रोटिन शाकाहारी खानामा पाइँदैन । त्यसैले हप्तामा दुई चोटि मासु वा अण्डा खानामा समावेश गर्नु स्वास्थ्यका लागि राम्रो हो । तर यसको धेरै सेवनले कोलेस्टेरोल, युरिक एसिड बढ्ने र प्रोटिनको मात्रा बढी भएर किड्नीलाई असर गर्ने हुनसक्छ । त्यसैले अण्डा खानै नहुने भने होइन, धेरै थोरै कति खाने भन्ने कुरामा चाहिं ध्यान दिनुपर्छ ।

खानै नहुने केही छैन

शारीरिक रूपमा सक्रिय व्यक्ति र धेरै व्यायाम गर्ने व्यक्तिलाई धेरै प्रोटिनको आवश्यकता पर्छ । त्यसैले पोषणविद् र फिटनेस ट्रेनरले शारीरिक रूपमा सक्रिय व्यक्तिलाई अण्डा खान सुझाउँछन् । अण्डामा खानै नहुने खालको कुनै पनि तत्त्व हुँदैन । तर खान हुन्छ भनेर धेरै मात्रामा सेवन गर्दा भने त्यसले शरीरमा असर गर्छ । दैनिक एउटा अण्डाको सेवनले शरीरमा कुनै प्रकारको असर गर्दैन ।

मुटुरोगमा अण्डा     

मुटुरोगको समस्या भएकाले पनि अण्डा खान मिल्छ । तर अण्डाको सेतो भाग मात्र खानु राम्रो हो । पहेंलो भागमा कोलेस्टेरोल र फ्याटको मात्रा बढी हुने भएकाले पहेंलो भाग भने नखाँदा हुन्छ ।

कोलेस्टेरोलको समस्या भएकाले पनि अण्डाको पहेंलो भाग नखाएर सेतो भाग खाँदा कुनै हानि गर्दैन ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जंकफुड होइन यस्ता खानेकुरा जरुरी छ बालबालिकाका लागि
  • २०७९ कार्तिक ३, बिहीबार १५:१६
  • In "जीवनशैली"
  • महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?
  • २०७९ कार्तिक ३, बिहीबार १५:१६
  • In "स्वास्थ्य"
  • डा. बालकृष्ण शाहसँग वार्ता : पाठेघरको सिस्ट कति जोखिमपूर्ण हुन्छ ?
  • २०७९ कार्तिक ३, बिहीबार १५:१६
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post

अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने

‘रेड जोन’मा मधेसकेन्द्रित दलका ठूला नेता

नेपाली नागरिकका रूपमा बस्दै आएकी चिनियाँ महिला पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version