No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सीले कसरी छान्लान् चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व पंक्ति?

सीले कसरी छान्लान् चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व पंक्ति?

चिनियाँ कम्युनिस्ट पार्टीले अन्ततः केही दिनअघि बहुप्रतीक्षित २० औँ सम्मेलनको मिति खुलासा गरेको छ। जुन सम्मेलनबाट परम्परा तोड्दै सी चिनफिङ तेस्रो कार्यकालका लागि निर्वाचित हुने र उनले दशकौँपछि मुलुकको सबैभन्दा शक्तिशाली नेताका रुपमा आफ्नो हैसियत स्थापित गर्ने अपेक्षा लिइएको छ।

मंगलबार मिति घोषणा भएसँगै एक दशकमा दुई पटक हुने यो सम्मेलनको उल्टो गिन्ती सुरु भएको छ, जुन अक्टोबर १६ का दिन उद्घाटन हुनेछ। सो सम्मेलनमा सीले आफ्ना थप सहयोगीलाई नेतृत्वदायी पदहरुमा बढुवा गर्ने अपेक्षा गरिएको छ। साथै, उनले आगामी पाँच वर्ष र त्यसभन्दा लामो समयका लागि चीनका प्रमुख प्राथमिकताहरु तोक्दै नीति सम्बोधन पनि गर्नेछन्।

सरकारी सञ्चारमाध्यममा सम्मेलनबारे एकदमै कम विवरण दिइएको छ। यद्यपि, मिति घोषणासँगै दुई महत्वपूर्ण र आपसमा सम्बन्धित घटनाक्रम विकसित हुने निश्चित छ।

पहिलो, चीनको विशाल प्रचार संयन्त्र अत्यधिक सक्रिय हुनेछ। तिनले सीको शासनकालमा गएको दशकमा चीनले गरेका उपलब्धिहरुको गुणगान अहिलेभन्दा कयौँ ज्यादा चर्को स्वरले गर्नेछन्। मुलुकले सामना गरिरहेको आर्थिक चुनौतीहरुको चर्चा खासै हुनेछैन। जसलाई शून्य कोभिड नीति र नियामक निकायहरुको दमनले अझ खराब बनाइदिएको छ। त्यस्तै, अमेरिकासँगको तनाव र शत्रुतापूर्ण अन्तर्राष्ट्रिय वातावरणको पनि ठूलो चर्चा हुनेछैन। चीनलाई यतिखेर सीजस्ता दुरद्रष्टा नेताको आवश्यकता छ भन्ने तर्क गर्न मात्र यी विषयहरुलाई उल्लेख गरिनेछ– किनकि स्वदेश र विदेश दुवैमा ठूलो अनिश्चितता भएकाले त्यस्ता नेताको नेतृत्व आवश्यक छ।

दोस्रो, चीनको नयाँ नेतृत्व पंक्तिबारे अनेक अनुमान गर्ने क्रम बढ्नेछ। सर्वोच्च नेताका रुपमा सी थप पाँच वर्ष पदमा रहनेमा कुनै सन्देह छैन। त्यसका लागि २०१२ को अन्त्यमा सुरु भएको उनको कार्यकाल थप गरिनेछ। तर, नयाँ शक्ति संरचना निर्माणमा सीको प्रभाव कति हुनेछ भन्ने अझै पनि अनिश्चित छ। नेतृत्व पंक्ति निर्माणमा सीको हालीमुहाली चल्नेछ या उनले अन्य गुटसँग सम्झौता गर्नुपर्ने अवस्था आउँछ भन्नेमा उनी कति प्रभावशाली बन्नेछन् र मुलुकको समग्र नीतिको दिशा कता जानेछ भन्ने कुरा निर्भर रहनेछ ।

दोस्रो, चीनको नयाँ नेतृत्व पंक्तिबारे अनेक अनुमान गर्ने क्रम बढ्नेछ। सर्वोच्च नेताका रुपमा सी थप पाँच वर्ष पदमा रहनेमा कुनै सन्देह छैन। त्यसका लागि २०१२ को अन्त्यमा सुरु भएको उनको कार्यकाल थप गरिनेछ। तर, नयाँ शक्ति संरचना निर्माणमा सीको प्रभाव कति हुनेछ भन्ने अझै पनि अनिश्चित छ। नेतृत्व पंक्ति निर्माणमा सीको हालीमुहाली चल्नेछ या उनले अन्य गुटसँग सम्झौता गर्नुपर्ने अवस्था आउँछ भन्नेमा उनी कति प्रभावशाली बन्नेछन् र मुलुकको समग्र नीतिको दिशा कता जानेछ भन्ने कुरा निर्भर रहनेछ।

‘सात माथि, आठ तल’ 
चिनियाँ कम्युनिस्ट पार्टीले अनौपचारिक रुपमा ‘सात माथि आठ तल’ अर्थात्, पार्टी सम्मेलनका बेला ६७ वर्ष पुगेका नेताहरुको बढुवा हुने तर ६८ र त्यसमाथि उक्लेकाहरु अवकाश हुने नियम लागू गर्दै आएको छ। तर, ६९ वर्षीय सीलाई भने यो नियमबाट उन्मुक्ति दिने अपेक्षा गरिएको छ।

तर, त्यस्तो उन्मुक्ति पार्टी केन्द्रका सबैलाई दिइने छैन।

तर, त्यस्तो उन्मुक्ति पार्टी केन्द्रका सबैलाई दिइने छैन। जसको अर्थ के हुन्छ भने सात सदस्यीय स्थायी समितिका दुई र २५ सदस्यीय पोलिट्ब्युरोका करिब आधा सदस्यले सम्भवतः अवकाश पाउनेछन्।

नेतृत्वमा हुने हेरफेर यसभन्दा पनि नाटकीय हुनसक्छ। किनभने सीले स्थायी समितिको आकार घटाएर पाँच सदस्यीय बनाउने चर्चा समेत छ। जसले उनलाई थप स्वतन्त्रता दिनेछ। त्यस्तै, उनले स्थायी समितिमा ६८ वर्ष पुग्न बाँकी केही सदस्यलाई हटाएर आफ्ना समर्थकलाई ल्याउन सक्ने अनुमान पनि गरिएका छन्।

पार्टी सम्मेलनमा नेतृत्व छनोट प्रक्रिया अधिकतम गोप्य हुन्छ। तसर्थ, स्थायी समितिमा को को परे भन्ने कुरा सम्मेलनको अन्तिम दिन मात्रै खुलासा हुनेछ। सामान्यतयाः सम्मेलन एक साता चल्नेछ।

तर, नेतृत्व छनोट प्रक्रियाको इतिहास र त्यो कसरी विकसित भयो भन्ने घटनाक्रम नियाल्ने हो भने अब के हुन सक्ला भन्ने कुराको केही अत्यन्त रोचक संकेत देखिन्छन्।

माओको फरमानदेखि हु चिन्ताओको सहमतिको शासनसम्म
जनवादी गणतन्त्र चीनको सुरुवाती २७ वर्षसम्म सर्वोच्च नेता माओ चेतुङको भनाइ नै अन्तिम हुन्थ्यो। १९७६ मा आफ्नो मृत्युसम्म माओले नेतृत्व चयन, पोलिट्ब्युरोको विस्तार वा कटौतीजस्ता निर्णय आफ्नो इच्छाअनुसार गरे।

ले उनलाई थप स्वतन्त्रता दिनेछ। त्यस्तै, उनले स्थायी समितिमा ६८ वर्ष पुग्न बाँकी केही सदस्यलाई हटाएर आफ्ना समर्थकलाई ल्याउन सक्ने अनुमान पनि गरिएका छन्।

पार्टी सम्मेलनमा नेतृत्व छनोट प्रक्रिया अधिकतम गोप्य हुन्छ। तसर्थ, स्थायी समितिमा को को परे भन्ने कुरा सम्मेलनको अन्तिम दिन मात्रै खुलासा हुनेछ। सामान्यतयाः सम्मेलन एक साता चल्नेछ।

तर, नेतृत्व छनोट प्रक्रियाको इतिहास र त्यो कसरी विकसित भयो भन्ने घटनाक्रम नियाल्ने हो भने अब के हुन सक्ला भन्ने कुराको केही अत्यन्त रोचक संकेत देखिन्छन्।

माओको फरमानदेखि हु चिन्ताओको सहमतिको शासनसम्म
जनवादी गणतन्त्र चीनको सुरुवाती २७ वर्षसम्म सर्वोच्च नेता माओ चेतुङको भनाइ नै अन्तिम हुन्थ्यो। १९७६ मा आफ्नो मृत्युसम्म माओले नेतृत्व चयन, पोलिट्ब्युरोको विस्तार वा कटौतीजस्ता निर्णय आफ्नो इच्छाअनुसार गरे।

१९७८ मा तेङ स्याओपिङ सर्वोच्च नेता बने। नेताहरु कसरी छान्ने भन्ने विषयमा उनको भनाइ महत्वपूर्ण हुन्थ्यो। तर, उनले पार्टीका अरु वरिष्ठ सात सदस्यसँग परामर्श र सम्झौता पनि गर्नुपर्ने हुन्थ्यो। जुन समूहलाई ‘आठ अग्रज’ वा ‘आठ अमर’ भनेर पनि चिनिन्छ।

१९८९ मा चियाङ जेमिन शीर्ष नेता बन्दासम्म र खासगरी १९९७ मा तेङको मृत्युपछि सहमतिमा आधारित राजनीति बलियो हुन थाल्यो। शक्तिलाई सन्तुलन गर्ने र संस्थागत गर्ने तथा जवाफदेही र शासनमा सुधार गर्ने तरिकाहरु शीर्ष नेताहरुले लागू गर्न थाले। उदाहरणका लागि ‘सात माथि, आठ तल’ को नियम चियाङले सुरु गरेका हुन्। सुरुमा उनले यो आफ्ना विपक्षीलाई अवकाशका लागि बाध्य बनाउन प्रयोग गरे। तर, त्यसयता नेताहरु कसरी छान्ने भन्नेबारे यो महत्वपूर्ण र अनौपचारिक मापदण्ड बनेको छ।

चियाङका उत्तराधिकारी हु चिन्ताओको पालामा सहमतिको शासन झन् बलियो भयो। जो २००२ देखि २०१२ सम्म शीर्ष नेता थिए। हु र उनका समर्थकहरुले नेतृत्व छनोट प्रक्रियालाई संस्थागत गर्ने र त्यसको मापदण्ड तयार गर्ने विषयलाई सक्रिय रुपमा प्रबद्र्धन गरे। पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन भन्दै अनौपचारिक चुनाव र केन्द्रीय सदस्य छनोटमा प्रतिस्पर्धात्मक चुनाव सुरु गरियो।

१७ औँ पार्टी सम्मेलनले सीलाई स्थायी समिति सदस्यमा चयन गरेको थियो। सो सम्मेलन हुनुभन्दा चार महिनाअघि जुन २००७ मा २५ सदस्यीय पोलिट्ब्युरोका प्रान्तीय उम्मेदवारहरु सिफारिस गर्न केन्द्रीय कमिटीका सबै सदस्य र अरु नेतृत्वदायी अधिकारीहरुबीच अनौपचारिक चुनाव समेत भएको थियो। यो समाचार त्यतिबेला सिन्ह्वामा प्रकाशित थियो, तर त्यसलाई हटाइएको थियो।

मतदानमा सहभागी हरेकलाई पोलिट्ब्युरोमा बढुवाका लागि योग्य ठानिएका करिब २०० उच्च पदस्थ अधिकारी र सैन्य जर्नेलहरुको नामसूची दिइएको थियो।

त्यसको पाँच वर्षपछि मे २०१२ मा पार्टीका उच्चाधिकारीहरु पुनः बेइजिङमा भेला भए। त्यसबेला उनीहरुले २५ जना पोलिट्ब्युरो सदस्य मात्र होइन, स्थायी समिति सदस्यका उम्मेदवार पनि सिफरिस गरे। सोही चुनावका आधारमा १८ औँ सम्मेलनले नयाँ नेतृत्व चयन गर्यो र सी पार्टी नेताका रुपमा उदाए।

त्यतिबेलाको सिन्ह्वाको रिपोर्टमा मतदान कस्तो भयो र सबैभन्दा बढी मत कसले पायो भन्ने उल्लेख थिएन।

आमनेसामने परामर्श लिन रुचाउँछन् सी
तर, मतदानको यस्तो व्यवस्था सीले मन नपराएको देखियो। उनले मतदानको विधिलाई ‘नौटंकी’ भन्दै त्यसले गलत व्यक्तिलाई चुन्न सक्ने भनेर खारेज गरिदिएको विश्वास गरिन्छ।

अक्टोबर २०१७ मा सी दोस्रो कार्यकालका लागि चयन भएर शक्तिशाली नेताका रुपमा उदाए। सो १९ औँ पार्टी सम्मेलनलगत्तै सिन्ह्वामा प्रकाशित एक रिपोर्टअनुसार पार्टी नेतृत्वले त्यसअघि १७ औँ र १८ औँ सम्मेलनमा नेता छान्न प्रयोग गरिएको अनौपचारिक मतदानमा गम्भीर त्रुटि फेला पारेको उल्लेख छ। सो रिपोर्टले पूर्व स्थायी समिति सदस्य चाउ योङकाङ, पूर्व पोलिट्ब्युरो सदस्य सुन चेनकाइ र हु चिन्ताओका पूर्व चिफ अफ स्टाफ लिङ चिहुवाले मत खरिद तथा आफ्नो करिअर अघि बढाउन गैरकानुनी गतिविधि गरेको आरोप समेत लगाइएको छ। यी तीनै जनालाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरी लामो जेल सजाय दिइएको छ।

१९ औँ सम्मेलनअघि नयाँ नेतृत्व छान्न सीले आमने–सामने बैठकको विधि अपनाए। २०१७ को अप्रिलदेखि जुनसम्म उनले पार्टी, सरकार र सेनाका ५७ जना सेवारत तथा अवकाशप्राप्त नेताहरुसँग परामर्श लिइएको जनाइएको थियो। अन्य शीर्ष नेताहरुले थप २५८ जना मन्त्रीस्तरीय अधिकारीहरु र जर्नेलहरुसँग सिफारिसका विषयमा सल्लाह लिएका थिए।

पाँच वर्षअघि सरकारी सञ्चारमाध्यममा प्रकाशित रिपोर्टको समयतालिका अनुसार १८ अक्टोबर २०१७ मा १९ औँ सम्मेलन सुरु हुनुभन्दा दुई साताअघि सेप्टेम्बरको अन्त्यमा पोलिट्ब्युरोले नयाँ नेतृत्व पंक्तिलाई अनुमोदन गरेको थियो।

अनौपचारिक मतदानको विधि खारेज गरेर नयाँ तरिका अपनाएपछि निश्चय नै नेतृत्वमा को रहने भन्ने विषयमा सीको भनाइ ज्यादा महत्वपूर्ण हुने निश्चित भएको छ। जसको उदाहरण १९ औँ सम्मेलनमा देखिइसकेको छ। सो सम्मेलनमा सीका थुप्रै समर्थकहरु महत्वपूर्ण पदमा बढुवा भएका थिए।

२० औँ पार्टी सम्मेलनमा पनि उनले आफ्नो सो तरिका कायम राख्ने सम्भावना ज्यादा छ। खासगरी गएको पाँच वर्षमा उनले आफ्नो शक्ति झन् बढाएको सन्दर्भमा।

१९ औँ सम्मेलन १८ अक्टोबरमा सुरु भएको थियो। २० औँ सम्मेलन १६ अक्टोबरमा सुरु हुँदैछ। यस हिसाबले हेर्दा यो महिनाको अन्त्य नभई आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व पंक्ति टुंगो नहुने अनुमान गर्न सकिन्छ।

तर, बाँकी विश्वले तबसम्म त्यसको नतिजा थाहा पाउने छैन, जबसम्म सम्मेलनको अन्तिम दिन ग्रेट हल अफ द पिपुलको मञ्चमा प्रेसलाई भेट्न चीनका नयाँ र पुराना दुवैथरी नेताहरु निस्किने छैनन्।

(साउथ चाइना मर्निङ पोस्टबाट। वाङ सियाङवेइ पोस्टका पूर्व प्रधानसम्पादक हुन्। बेइजिङमा बस्ने उनी हाल पत्रिकाको सम्पादकीय सल्लाहकार छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
नेपाली जनता संग अझै , मूल सम्झौता अझै गोप्य छ बीआरआईको

नेपाली जनता संग अझै , मूल सम्झौता अझै गोप्य छ बीआरआईको

गठबन्धनबाट चिनियाँ एजेन्ट उपेन्द्र बाहिरिएपछि देउवालाई ‘हाइसन्चो’

गठबन्धनबाट चिनियाँ एजेन्ट उपेन्द्र बाहिरिएपछि देउवालाई ‘हाइसन्चो’

अब एमालेमा बिस्फोट हुने , एमालेमा तीव्र असन्तुष्टि

अब एमालेमा बिस्फोट हुने , एमालेमा तीव्र असन्तुष्टि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .