राजविराज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् । उनले भने ५ देखि ६ लाख भन्दा बढी जन्मसिद्व नागरिकका सन्तानले नागरिकता नपाएको बताए ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ धर्मेश्वरमा शनिबार एमालेका राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई भने, ‘जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौं उहाँको भनाई थियो ।’
अहिलेको विधेयक फिर्ता लग्न पनि आग्रह गरे । उनले मधेसमा जन्मसिद्व नागरिकका सन्तान मात्र समस्यामा रहेको र उनीहरुलाई नागरिकता दिने पक्षमा एमाले रहेको उनको भनाई रहेको थियो ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

















