• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मैले जाने कुनै ठाउँ छैन


मैले जाने कुनै ठाउँ छैन

एउटा भारतीय मान्छे मैले काम गर्ने हस्पिटलको बाहिरी बरण्डाको एक छेउमा तीन दिनदेखि एकाध घन्टा बसिरहन्थ्यो । बिरामी होला चेपअफ गरेर बाहिर आफ्नो कम्पनीको गाडी प्रतिक्षा गरिरहेको होला भन्ने लाग्थ्यो । त्यसैले केही सोधेको थिइनँ । आज बिहानै फेरि उही व्यक्ति उही ठाउँमा उसरी नै निरास र भयग्रस्त बसिरहेको देखें पछि ऊ नजिकै गएँ ।

– ‘भैया गाडीका इन्तजार कररहे हो ? बाहार गरम बहुत हे । अन्दर जाके बैठिए । ‘
– ‘नही साहाब । जाने का कोही ठेगाना नही हे मेरा । ‘ बहुत थाका हुँवा हुँ । इसिलिए इधर बैठ रहा हुँ थोडा समय । में इधर ही ठीक हुँ साहाब । और थोडी देर इधर ही बैठुङ्गा । उसकेवाद चला जाउंगा ! ‘

ऊ मलाई साहाब भन्दै थियो। सायद मेरो युनिफमको असर होला । तत्कालै साहाब नभन्न आग्रह गरें ।

– ‘ भाइ मैं कोही साहाब – वाहाव नहीँ हुँ । इस दुनियाँमे कोही साहाब नही हे । मुझें भैया कहो । ‘

– ‘ओकी जी ‘ भनेर ऊ फेरि घोप्टो परेर एकोहोरो भुइँतिर हेरिरह्यो। मेरो जाने कुनै ठाउँ छैन सुन्ने बित्तिकि मन चस्क्क दुख्यो अनायासै ।

ऊ भारतको बिहार बासी रहेछ । नाम कृष्ण प्रसाद । उनको आधार पत्रमा ३१ वर्षको उमेर देखिए पनि मुखाकृतिले पैंतालीस वर्षको आसपासमा उसको उमेर देखिन्थ्यो ।

बिहारबाट एक दलालको फन्दामा परि दुई महिना अघि भिजिट भिसामा यहाँ आएको रहेछ । दलालले राम्रो काम लगाइदिने पैसा चैं भारु एक लाख लाग्ने भनेको रहेछ । राम्रो काम, राम्रो तलब पाउने आशाले असी हजार रिण काढेर आएको रहेछ । नूर आलम नामको उक्त दलाल पनि बिहार कै रहेछ । एक महिनाको भिजिट भिसाको समय कटेपछि भाडावाल रुमको मालिकले बाहिर निकालिदिएछ । दलाल त्यो पूर्व नै बेखबर बनी फरार भएछ। युएईको सारजाहमा उत्रिएको ऊ अहिले युएईकै आबुधाबी स्थित साबिया भन्ने ठाउँको बाफिलो गल्ली गल्लीमा काम खोज्दै हिँड्ने क्रममा थाकेर हस्पिटलको बाहिर बरण्डामा थकाई मार्न बस्ने गरेको रहेछ ।

ऊ निकै निरास र उदास थियो । भोक प्यासले लखतरान देखिन्थ्यो । उसको आँखा टिल्पिलाई रहेको थियो पीडाले । उनी विस्तारवादी भारतका एक नागरिक थिए । तर, उसको पीडा र गरिबी मेरै जस्तो थियो । हामी फरक देशका भएर पनि हाम्रो भोगाइ समान थिए । राज्यले गर्ने उपेक्षा समान थियो । श्रमजीवीलाई गर्ने व्यवहार र दिने सास्ती समान थियो । उनको पीडादायी कथा/ व्यथा सुनेर मुटुको धड्कन जेत हुदै थियो । आँखा रसाउदै थियो। गला अबरुद्ध भएर केही क्षण वाक्य नै फुटेन पनि ।

– ‘ भैया कुछ खाया कि नही ? ‘
– ‘ साहब अभी एक आदमिने एक बोतल पानी दिया । ओही पिलिया हुँ !’
– ‘ नही खाना / नास्ता कि बात कररहा हुँ ! कुछ खाया कि नही ? ‘

यति सुन्नासाथ ऊ अचानक एक्काएक भक्कानियो । आँखाबाट बरर आश्रुधारा चुहिए। देब्रेतिर फर्केर दुबै हातले आँसु पुछेर पुनः घोप्टिमन्टो लगायो ।

उमेरमा ऊ म भन्दा अलि पाको देखिन्थ्यो । उसले दुई दिन देखि केही खान नपाएको रहेछ पानी शिवाय । कसले पो देओस् । संसार यन्त्रवत छ । यन्त्र जस्तै हृदयहीन छ । कंकृटमय छ । कंकृट जस्तै हृदयहीन छ । एउटा श्रमजीवीको मर्म अर्को श्रमजीवीले बुझेको त हुन्छ तर ऊ अर्कोको समस्याको दीर्घकालीन समाधान गर्न सक्ने स्तरमा हुँदैन । म स्वयम् उसको अघि लाचार रुपमा ठिङ्ग उभिएको किम्कर्तव्यविमूड पात्र थिएँ । आफ्नो हैसियतले सकेको गरें उसको तत्कालको गर्जो टार्न ।

केही बेरको मौनता पछि ऊ फेरि बोल्यो ।

– ‘साहाब , कोही काम हे तो देदो । मैं कोही भी काम गरुँगा ! मेरा भिजिट भिषा भी खत्म हो गया । पोलिस स्टेसन गया । पुलिस ने भी गिरफतार नही किया । एक पलेट खाना दिया । काम ढुंडो और फाइन तिरो बोला । में क्या करु साहाब !

– ‘ भाइ , मे साहाब नही हुँ । साहाब न बोलो । मुझे आपना भाइ मान लो । मैं भी इधर काम कर्ने वाला आदमी हुँ । काम ढुडना , पाना मुस्किल हे अभी ! ‘ भनें।

केही चिने जानेका कन्स्ट्रकसन कम्पनीका साथीहरूको नंबर दिएँ । केही क्लिनिङ कम्पनीको नंबर दिएँ । तर ऊ संग न मोबाइल थियो न सिम । न रिचार्ज गर्ने पैसा । यो सहयोग पनि व्यर्थको लाग्यो आफैलाई । उसले मन लागिनलागी नंबर टिपोट गरेको कागजको टुक्रा लियो ।

उसले एक्काएक एउटा गंभीर प्रश्न गर्‍यो । सुनेर अवाक र नि: शब्द बनें म चैं ।

– भाइ साहाब , इधर बलड खरिद्ने वाला कोही अस्पताल हे ? हे तो बताई ये ! मै मेरा खुन बेच्ना चाहाता हुँ । खुन बेचके में घर वापस जाउँगा । पिलिज भाइ साहाब कुछ बताई ये ! !’

फिल्मी संवादमा यी वाक्यहरू त सुन्दै आएकै हुँ । आज आफ्नै आँखा सामु यो विवशता देख्न र सुन्न पर्दा आफैले टेकेको माटो तलतल भासिदै गएको महशुस हुँदै थियो । म संग थप कुरा गर्न सक्ने एक वाक्य थिएन । सायद उसले सारिया स्लामिक कानुनको ब्लड मनी सुनेको आधारमा यसो भनेको होला । त्यो ब्लड मनी अर्कै हो जुन खुब खरिद – बिक्रीसंग सम्बन्धित छैन ।

अत्यमा एक बोतल पानी, केही रकम र इन्डियन एम्बासीको नंबर दिएर त्यहां जान अनुरोध गरेँ । ऊ भोलि जाने निधो गरेर धन्यवाद दिदै हिँड्यो । कहां जाने हो ऊ स्वयंलाई थाह छैन किन कि ऊ रात पनि सडक किनार र मस्जिद कै हलमा बिताउदै आएको एक महिना भयो भन्दै थियो ।ऊ लुरुलुरु गयो । म एकोहोरो हेरिरहें उसका गन्तव्यविहीन पाइतालाहरू छैन । सभार फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन
  • २०७९ भाद्र ११, शनिबार २०:२१
  • In "BannerNews"
  • कुवेतमा यसरी ठगिए सिरहाका राजकुमार, न्याय अझै नपाएको गुनासो
  • २०७९ भाद्र ११, शनिबार २०:२१
  • In "मधेश प्रदेश"
  • अलविदा उत्सव ! मिस यु !
  • २०७९ भाद्र ११, शनिबार २०:२१
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

Next Post

नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति

उत्पीडित जातिसमुदायको सम्मान अधिकार प्राप्त नभएसम्म देशमा समृद्धि आउन सक्दैन : अध्यक्ष यादव

१० वस्तुको आयात प्रतिबन्धलाई लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version