राजविराज । सप्तरी जिल्ला अदालतले पलिया खातुन र उनका नावालक छोरालाई घरमा बसोबास गर्न दिन आदेश दिएको छ ।
राजविराज नगरपालिका वडा नम्वर २ बस्ने प्रतिवादी खातुनका श्रीमान आशिक शेकलाई अदालतले आदेश दिएका हुन् ।
खातुनले आफ्ना पति विरुद्ध घरेलु हिंसा मुद्दा अदालतमा दायर गरेकी थिईन् । मुद्दामा उनले पति लगायतका परिवार जनले कुटपिट गरी आर्थिक शारीरिक एवंम् मानसिक यातना दिएकोले संरक्षणात्मक आदेशका लागि अदालतको सरनमा पुगदा न्याधीस डा. राजेन्द्र कुमार आर्चायको ईज्लाशले प्रतिवादीको नाममा अन्तरिम संरचनात्मक आदेश जारी गरेको हो ।
बादीलाई नाबालक छोराहरु सहित निज बसी आएको घरमा बसोबास गर्न दिन खान, लाउन दिन कुटपिट नगर्नु तथा शिष्ट र सभ्य व्यवहार गर्न र गाली बेइज्जती गर्ने, धम्की दिने वा असभ्य व्यवहार गर्ने कार्य नगर्नु नगराउनु आदेश पत्रमा उल्लेख गरिएको छ ।
पीडिट घातुनको तर्फबाट अधिवक्ता किरण कुमारी साहले बहस गरेकी थिईन् ।