No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लकडाउनमा दुर्घटना घट्यो, प्रदेश २ मा १४० जनाको मात्र मृत्यु

लकडाउनमा दुर्घटना घट्यो, प्रदेश २ मा १४० जनाको मात्र मृत्यु

धनुषा : प्रदेश २ मा बन्दाबन्दी तथा निषेधाज्ञाको अवधिमा सवारी दुर्घटना र दुर्घटनाबाट ज्यान गुमाउनेको संख्यामा कमि भएको छ । पूर्व–पश्चिम महेन्द्रराजमार्गमा पर्ने प्रदेश २ का आठै जिल्लामा सवारीको चाप निकै बढी हुन्छ तर पछिल्लो ६ महिनामा दुर्घटनामा कमि आएको हो ।

प्रदेश २ का मुख्य सहर वीरगञ्ज, जनकपुर र राजविराजमा समुदायस्तमै कोरोना भाइरसको संक्रमण फैलिएकोले स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको निर्णय अनुसार लकडाउन तथा निषेधाज्ञा जारी हुँदै आएको छ ।

आर्थिक वर्ष ०७५÷७६ मा रौतहटमा सबैभन्दा बढी १ सय ८० जनाको सवारी दुर्घटना भएको थियो । भने सबैभन्दा बढी सिरहामा ८७ जनाको सवारी दुर्घटनामा परी ज्यान गुमाउनु परेको थियो । योसँगै प्रदेश २ मा जम्मा ९ सय १४ वटा सवारीदुर्घटना र ४ सय ९६ जनाको दुर्घटनाबाट मुत्यु भएको थियो ।

त्यसैगरी, आर्थिक वर्ष ०७६÷०७७ मा प्रदेश २ मा १ हजार ३ सय ४० वटा सवारीदुर्घटना भएको थियो । प्रदेशभरीमा जम्मा ४ सय २० जनाको दुर्घटनामा ज्यान गुमाउनु परेको थियो ।

पछिल्लो २ आर्थिक वर्षको तुलानामा विगत ६ महिनाको लकडाउन अवधिमा सवारीदुर्घटना र मृत्यु हुनेको संख्यामा कमि आएको छ । चैत ११ देखि भदौ २७ सम्ममा प्रदेश २ मा १ हजार ७९ वटा दुर्घटना मध्ये १ सय ४० जनाको मात्र मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा बढी सप्तरीमा २०८, सिरहामा ७०, धनुषामा १६८, महोत्तरीमा ११३, सर्लाहीमा १९१, रौतहटमा १६३, बारा १२३ र पर्सामा ४३ वटा दुर्घटना भएको छ भने सबैभन्दा बढी सिरहामा २९, सप्तरीमा १७, धनुषामा २०, महोत्तरीमा १६, सर्लाही र रौतहटमा १४÷१४, बारामा २५ र पर्सामा ५ जनाको मात्र दुर्घटनामा मृत्यु भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका तथ्यांकमा उल्लेख छ ।

किन कम भयो दुर्घटना

सरकारले गएको चैत ११ देखि १ सय २० दिन सम्म कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्यो । त्यस यता स्थानीय प्रशासन एवं सुरक्षा समितिको निर्णय बमोजिम जिल्लागत रुपमा लकडाउन तथा निषेधाज्ञा लागू हुन थाल्यो । जारी लकडाउन तथा निषेधाज्ञामा अत्यावश्यक स्वास्थ्य सामाग्रीको गाडी, खाद्यान्यको गाडी, तरकारीको गाडी र एम्बुलेन्स बाहेकका सबै सवारीसाधन बन्द गरेको कारण दुर्घटनामा कमि आएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी उपरीक्षक श्यामकुमार महतो बताउँछन् ।

पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा पछिल्लो २ दिन देखि सर्त बमोजिम बजारमा सबै किसिमको पसल खुल्छन् । त्यस्तै जनकपुरमा जोरविजोर प्रणालीबाट गाडी चल्ने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबारको निर्णय अनुसार किराना पस, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्याल सप्तरीले जिल्लागत रुपमा नभई राजविराज नगरपालिकामा मात्र लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

Next Post
मानसिक रोग विशेषज्ञ डाक्टर अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ

मानसिक रोग विशेषज्ञ डाक्टर अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ

बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री राउत भन्छन्- ‘अतिक्रमित जग्गा फिर्ता हुन्छ’

मुख्यमन्त्री राउत भन्छन्- ‘अतिक्रमित जग्गा फिर्ता हुन्छ’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .