• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निर्मला हत्याकाण्ड : शंकाको घेरामा छन् नयाँ व्यक्ति ! चार वर्षसम्मको अनुसन्धान शून्यमै


निर्मला हत्याकाण्ड : शंकाको घेरामा छन् नयाँ व्यक्ति ! चार वर्षसम्मको अनुसन्धान शून्यमै

 केशवराज जोशी

काठमाडौं । अनौपचारिक संवादमा प्रहरी अधिकारीहरु भन्छन्,“निर्मला हत्याकाण्डको अनुसन्धानमा सफलता पाउने सम्भावना कम हुँदै गएको छ । प्रमाण जुटाउन सकिएको छैन । सम्भवतः यो प्रहरीको असफल अनुसन्धानको सूचीमा रहन सक्छ ।”

तर औपचारिक प्रतिक्रियामा प्रहरी अधिकारीहरु छिट्टै अनुसन्धानले सफलता पाउने दाबी गरिरहन्छन् ।

प्रहरी अधिकारीहरुले दाबी गरेको ४ वर्ष बितिसकेको छ । तर कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।

आधा दर्जन बढी प्रहरी अधिकारीले घटनाको अनुसन्धान गरिसकेका छन् । सबैले अनुसन्धानमा केही न केही नयाँ गर्ने प्रयास त गर्छन् तर अनुसन्धानमा कुनै सफलता हासिल हुन सकेको छैन ।

निर्मला प्रकरणमा बेलाबेला प्रहरी अनुसन्धान विवादमा पर्दै आएको छ । प्रहरीले यो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । तर पछिल्लो समय अनुसन्धानमा केही नयाँ ‘क्लु’ फेला परेका छन् ।

यद्यपी फेला परेको ‘क्लु’ले अपराधीसम्म पुर्‍याउँछ वा पुर्‍याउँदैन भन्न सकिने अवस्था भने छैन ।

जसबारे अहिले नै बताउन नमिल्ने प्रहरी अधिकारीहरु बताउँछन् । जसका लागि काठमाडौं र कञ्चनपुरमा प्रहरी टोली सक्रिय छ ।

प्रहरीले अहिलेसम्म डीएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ ।

एक अधिकारीले भने,“केही छिमेकी निगरानीमा छन् । अहिले नै केही भन्न सकिन्न । काठमाडौं र कञ्चनपुरमा शंकामा रहेका व्यक्तिको सुक्ष्म निगरानीमा छौं ।”

प्रहरी अधिकारीले घटनामा छिमेकी, नजिकका आफन्त वा लागुऔषध प्रयोगकर्ताको संलग्नताको आशंका गर्दै आए पनि यसअघि पक्राउ परेका दिलिप विष्टमाथिको निगरानी पनि जारी राखेको छ ।

प्रहरीले भने ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।

तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए । अझै केही प्रहरी अधिकारीहरु निर्मला हत्यामा दिलिपकै संलग्नताको दाबी गर्छन् भने केही अधिकारीहरु प्रमाणले दिलिपको अभियोग पुष्टि गर्न नसक्ने बताउँदै आएका छन् ।

दिलीप पक्राउ परेपछि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । सो क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भीमदत्त–१८ का सन्नी खुनाको मृत्यु भएको थियो ।

तर उनीमाथि प्रहरी निगरानी भने निरन्तर जारी छ । सादा पोशाकका प्रहरी, महिला प्रहरी दिलिपका गतिविधि निगरानीमा सक्रिय छ ।

दिलिपको विषयलाई लिएर प्रहरीभित्रै दुई धार छन् । एक पक्षले दिलिप  र अर्को पक्षले दिलिपबाहेक अरुको संलग्नताको दाबी गर्दै आएका छन् ।

निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले निर्मला हत्याकाण्डको अनुसन्धानमा फरक मत राख्ने दुवै पक्षका अधिकारीहरुबीच संवादको प्रयास गरेका थिए । तर त्यसले निरन्तरता पाउन सकेन ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा सुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली सक्रिय छ । जसको नेतृत्व डीएसपीले गर्दै आएका छन् ।

प्रहरीले पछिल्लो समय निर्मलाको आउजाउ हुने गरेका स्थानमा निगरानी सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म ६०० जनासँग सोधपुछ गरेको छ । ११० जनाको डीएनएन परीक्षण गरिसकेको छ । केहीको रिपोर्ट आउन बाँकी छ । हालसम्म कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वाबसँग मेल खाएको छैन । बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !
  • २०७९ श्रावण २५, बुधबार १३:४७
  • In "देश"
  • गृहमन्त्री लामिछानेले ब्युँताए निर्मला हत्या प्रकरण, डीआईजीको नेतृत्वमा समिति गठन
  • २०७९ श्रावण २५, बुधबार १३:४७
  • In "समाज"
  • लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ
  • २०७९ श्रावण २५, बुधबार १३:४७
  • In "अपराध"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version