• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस


यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

काठमाडौं – गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले बनाएको घोषणापत्रले प्रशंसा समेत पाएको थियो । तथापि ८८ पृष्ठको चुनावी घोषणापत्रमा १९ पृष्ठ एमाले र ओलीको आलोचनामा केन्द्रित थियो ।

ओलीका विरुद्धमा कांग्रेसले संघीयता विरोधी, नियन्त्रणकारी, संवैधानिक निकायमा हस्तक्षेपकारी, जमिनको भू–माफियाकरण, उत्ताउलो घोषणाको विकासकर्ता जस्ता शब्द प्रयोग गरेको थियो ।

चुनाव जित्नकै लागि गठबन्धन नबनेको बुझाउनुपर्ने चुनौती कांग्रेससामू छ । ‘सँगै किन उभिएका छौं भन्ने उत्तरमा चुनाव जित्नका लागि भन्यौं भने त चरम अवसरवाद हुन्छ’, महामन्त्री गगन थापा भन्छन् ।

तर आलोचना र गालीले मात्रै मत पाउने अवस्था नरहेको निष्कर्षमा कांग्रेस नेताहरु पुगेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा पनि भूत प्रभावी नभई भविष्यमुखी मुद्धा सहित निर्वाचनमा जाने बताउँछन् ।

स्थानीय निर्वाचनमा कांग्रेसले ओली नेतृत्वको सरकारले तीन वर्षसम्म कुनै काम गर्न नसकेको भन्दै ‘खेर गएको तीन वर्ष’ नारा नै बनाएको थियो । अर्थात् उसको चुनावी मुद्दा विगततिर फर्केको थियो । तालमेलको बलमा कांग्रेस पहिलो दल बन्न सफल पनि रह्यो ।

तर संघ र प्रदेशको चुनावमा पनि स्थानीय तहको निर्वाचनमा जस्तै मुद्दा लिएर मत माग्ने पक्षमा कांग्रेस छैन । ‘केपी ओलीकै कामको परिणामले गठबन्धन बन्यो । अब राष्ट्रिय निर्वाचनमा जाँदा ओलीले यसोरउसो गरे होइन, हामी के गर्छौं भनी जानुपर्छ’, महामन्त्री शर्मा भन्छन्, ‘पाँच वर्षमा के के गर्छौं, हामीले डेलिभरी क्षमता कसरी बढाउँछौं, यही भनेर अब चुनावमा जाने हो ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान सरकार बनेको मुद्धालाई भने कांग्रेस स्थापित गराउन चाहेको छ । तर, गठबन्धन के का लागि, भन्ने प्रश्न कांग्रेसले निर्वाचनमा झेल्नुपर्नेछ । चुनाव जित्नकै लागि गठबन्धन नबनेको बुझाउनुपर्ने चुनौती कांग्रेससामू छ । ‘सँगै किन उभिएका छौं भन्ने उत्तरमा चुनाव जित्नका लागि भन्यौं भने त चरम अवसरवाद हुन्छ’, महामन्त्री गगन थापा भन्छन्, ।

गठबन्धनको औचित्य पुष्टि गर्नका लागि सत्ताघटक दलबीच साझा कार्यक्रम बनाएर जानुपर्ने थापाको तर्क छ । कांग्रेसमा पटक पटक सांसद र मन्त्री भएका अधिकांश नेताहरु परीक्षण भइसकेका छन् । कांग्रेसलाई आउने चुनावमा आफ्ना नेतामाथि विश्वास जुटाउनुपर्ने चुनौती पनि छ । ‘कमजोरी सुधार्छु पनि भन्न सक्नुपर्‍यो । कमजोरीलाई दोहोर्‍याउँदैनौं भन्ने प्रतिवद्धता हुनुपर्‍यो’, नेता प्रदीप पौडेल भन्छन् ।

नेताहरुका अनुसार सुशासन, जनअपेक्षा अनुसारको कार्यसम्पादन, भ्रष्टाचार नियन्त्रण, संविधान र लोकतन्त्रको रक्षा, सन्तुलित वैदेशिक सम्बन्ध, संघीयताको सुदृढीकरण, रोजगारीका अवसर सिर्जना लगायतका विषय कांग्रेसका चुनावी मूल मुद्धा हुनेछन् ।

राजनीति विश्लेषक गेजा शर्मा वाग्ले प्रतिपक्षी दललाई गाली र इतिहासको कुरा मात्रै गरेर कांग्रेसलाई चुनावमा जाने सुविधा नभएको बताउँछन् । ‘पाँच वर्षे भिजन, मिसन र नीति कार्यक्रमसहितको स्पष्ट खाकासहित जनता समक्ष जानुपर्दछ’, वाग्लेले भने, ‘घोषणापत्र अमूर्त नभई समय तालिकासहित ठोस नीति र कार्यक्रम तय गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने : देउवा
  • २०७९ श्रावण २५, बुधबार १३:४०
  • In "BannerNews"
  • अन्तर्घातकै कारण कांग्रेसले गुमायो १० सिट, कहाँ कहाँ के के भयो ?
  • २०७९ श्रावण २५, बुधबार १३:४०
  • In "BannerNews"
  • कञ्‍चनपुर-१ मा एमालेका नरबहादुर धामी चुनाव हार्ने यस्तो छ जोडघटाउ
  • २०७९ श्रावण २५, बुधबार १३:४०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

निर्मला हत्याकाण्ड : शंकाको घेरामा छन् नयाँ व्यक्ति ! चार वर्षसम्मको अनुसन्धान शून्यमै

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version