• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने


एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने

काठमाडौं – नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो मिलेर चुनावमा जाने निर्णयप्रति मुर्मुरिएको एमाले पनि भुरेटाकुरे दलसँग सहकार्य गर्ने मनस्थितिमा पुगेको छ ।

जति गर्दा पनि माओवादी र एकीकृत समाजवादीलाई आफूतिर तान्न नसकेपछि एमाले अध्यक्ष केपी ओलीले सिके राउत, कमल थापा, रेशम चौधरी, राजेन्द्र लिङ्देनलाई बोकेर चुनावमा जाने रणनीति अख्तियार गरेको नेताहरू बताउँछन् ।

स–साना दललाई बोकेर जाँदा समानुपातिक मत बढ्न सक्ने एमालेको अनुमान छ । प्रत्यक्षतर्फ कम सीट जितिए पनि पनि समानुपातिकतर्फबाट सबैभन्दा धेरै मत ल्याउने रणनीतिमा ओली लागेका छन् ।

एकीकृत समाजवादीका कारण काटिने भोट अन्यत्रबाट भर्पाइ गर्ने र केही थप पनि गर्ने रणनीतिमा रहेका कारण एमालेले साना पार्टीलाई साथ लिन खोजेको देखिएको छ । कैलाली, बर्दिया, बाँके, दाङलगायत तराईका केही थारु बाहुल्य क्षेत्रमा रेशम चौधरीको पनि प्रभाव रहेको छ । सिके राउतको जनमत पार्टी, कमल थापाको राप्रपा नेपाल तथा राजेन्द्र लिङ्देनको राप्रपासँग एमालेले सहकार्य गर्न सक्ने देखिएको छ ।

स्रोतका अनुसार सीके राउतसँग मिलेर सप्तरी २ मा राउतलाई सहयोग गर्ने तयारी भइरहेको छ । उपेन्द्र यादवको यो क्षेत्रमा एमालेको साथमा राउत चुनाव लड्ने सोचमा छन् र एमाले पनि यो क्षेत्रमा आफू नजितिने भएका कारण राउतलाई समर्थन गर्न सक्ने बताइएको छ । राजेन्द्र लिङ्देनको राप्रपा अन्तिममा एमालेसँग मिल्न सक्ने बताइएको छ ।

झापा, बाँके, हेटौडालगायतका क्षेत्रमा राप्रपासँग मिल्नुपर्ने बाध्यताका कारण एमाले पनि उनीहरुसँग नजिकिने प्रयासमा रहेको छ । यसअघि राप्रपासँग मिलेकै कारण ओलीले झापा ५ मा चुनाव जितेका थिए ।

यदि माओवादी र राप्रपासँग नमिलेको भए ओलीलाई चुनाव जित्न निकै कठिन हुने थियो । अहिले माओवादी अर्कै गठबन्धनमा छ । एमाले आफैं विभाजन भएको छ । राप्रपा पनि के गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आउने निर्वाचनमा थारु समुदायका लागि , बन्द रेशम चौधरीको खुला चुनौती
  • २०७९ श्रावण २५, बुधबार १३:१८
  • In "BannerNews"
  • वामपन्थीहरू सरकारबाहिर हुँदा ५ बर्ष काङ्ग्रेस सत्तामा
  • २०७९ श्रावण २५, बुधबार १३:१८
  • In "BannerNews"
  • भीम रावल र पार्टी विभाजनले सुदूरपश्चिममा एमालेको खराब नतिजा
  • २०७९ श्रावण २५, बुधबार १३:१८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

चौतर्फी आलोचनापछि सानेपामै बस्दै कांग्रेस पदाधिकारी बैठक

यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version