No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सप्तकोशीले धार बदल्दा उदयपुर र सुनसरीका २० हजार सर्वसाधारण असुरक्षित

गत वर्ष भदौमा सप्तकोशी नदीको भंगालो जहाँबाट बस्ती छिरेको थियो, बुधबार बिहान त्यही ठाउँबाट बस्तीमा बाढी पस्यो । उक्त बाढी बस्तीमा प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका विभिन्न वडाका हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।


सप्तकोशीले धार बदल्दा उदयपुर र सुनसरीका २० हजार सर्वसाधारण असुरक्षित

उदयपुर । गत वर्ष भदौमा सप्तकोशी नदीको भंगालो जहाँबाट बस्ती छिरेको थियो, बुधबार बिहान त्यही ठाउँबाट बस्तीमा बाढी पस्यो । उक्त बाढी बस्तीमा प्रवेश गर्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका विभिन्न वडाका हजारौं सर्वसाधारण प्रभावित भएका छन् ।

बेलका नगरपालिकाका १, २, ३, ८ र ९ का १८ हजार र बराह क्षेत्र नगरपालिका ६ र ९ का ५०० घरधुरीका २ हजार ५०० जना बाढीबाट प्रभावित भएका छन् । जसमध्ये ७०० जना भन्दा धेरैलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुंगबाट उद्धार गरेका छन् । केही बासिन्दा बिहानै बाढी पसे लगत्तै आफैं सुरक्षित ठाउँमा आएका थिए ।

बस्तीमै रहेकाहरूले पनि आफूहरु सुरक्षित रहेको बताएका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बाढीले सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बासिन्दा पनि प्रभावित भएका छन् ।

कटान नियन्त्रणका लागि समयमा नै ठोस योजना नबनाएका कारण सप्तकोशी नदीको भंगालो बस्तीमा पसेको र विपद् आएको स्थानीय बासिन्दा बताउँछन् । ‘आरसीसी ढलान गरेको भए यस्तो अवस्था आउने नै थिएन्,’ बेलकाका हेमराज थापा भन्छन्, ‘राज्यले बेलैमा सतर्कता अपनाएको भए यस्तो अवस्था आउने नै थिएन ।’

बेलकाका सुशील सेढाईंका अनुसार अहिले कोशी पसेको क्षेत्रमा २०४५ साल अगाडि कोशीको भंगालो नै थियो । नदी विस्तारै गहिरिएर पूर्वतर्फ जाँदा यो क्षेत्रमा पानी आउन छाड्यो । त्यहाँ स्थानीयबासीले बसोबास र खेतीपाती गर्न थाले ।

‘२०४५ सालको भुइँचालोपछि सप्तकोशीको बहाव पूर्वतर्फ लाग्यो,’ उनले भने, ‘चतरामा दुई वटा स्पर थपेपछि पानी बीच भागबाट बग्यो, जसले गर्दा पानीको लेबल माथि आयो, भारतले च्यानलाइज गर्दा पानीको बहाव फेरि पश्चिम तिर आयो ।’ उनका अनुसार पुरानो भंगालोमा फर्किएको कोशी भागलपुरबाट फेरि मूल भंगालोमा नै मिसिएको छ ।

२०६५ भदौमा सप्तकोशीले पूर्वी तटबन्ध भत्काउँदा भारतको बिहारमा ठूलो क्षति भएको थियो । त्यसपछि भारतले कोशीको बहावलाई पश्चिमतर्फ फर्काउन ठाउँठाउँमा च्यानलाइज गर्दै स्पर बनाएको थियो ।जसका कारण पश्चिमतिर फर्किएको कोशी कटान गर्दै बस्ती पसेको हो । पश्चिमतर्फ धार परिवर्तन गर्दा सुनसरी उदयपुर र सप्तरीमा असर गरे पनि भारतमा भने ठूलो क्षति गर्दैन ।

चतरा पुलदेखि एक किलोमिटर तल सप्तकोशी नदीले बहाव परिवर्तन गर्ने संकेत पोहोर नै दिएको थियो ।

पोहोर भदौमा सप्तकोशीको वहाव परिवर्तन हेर्न गृहमन्त्री बालकृष्ण खाँण हेलिकप्टर चार्टर्ड गरेर आए, कोशी आसपासका मतदाताको भोटबाट चुनाव जितेर परराष्ट मन्त्री बनेका नारायण खड्काले पनि कोशी कटान हेरे । दुई मन्त्री कटान हेरेर फर्किए, तर नियन्त्रणका लागि उनीहरुले ठोस कदम चालेनन् ।

मन्त्रीले एक वर्षअघि हेरेर फर्किएको कटान क्षेत्र उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा बक्राह कोशी आयोजना अन्तर्गत एक महिनायता अस्थायी बाँध बनाइएको थियो ।

‘कटान गरेर बस्तीमा पस्ने जोखिम भएपछि कटान क्षेत्रमा एक महिना अघिबाट हामीले अस्थायी बाँध बाध्न थाल्यौं,’ प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की भन्छन्, ‘अस्थायी बाँध भत्काएर कोशी बस्तीतर्फ पस्यो ।’

बस्ती पस्दैछ भन्ने पूर्व सूचनाका आधारमा बाँध फुटाए पनि मानवीय क्षति नभएको उनले बताए । ‘हामीले कोशिस गर्‍यौं, प्रकृतिसँग नसकेपछि प्रभावित क्षेत्रका बासिन्दाको उद्धारतर्फ लाग्यौं,’ उनले भने, ‘बाढीको पूर्व तयारी भएका कारण मानवीय क्षति भएन ।’

सप्तकोशीले धार परिवर्तन गर्दा बराहक्षेत्र र बेलका नगरपालिकाका करिब २ हजार पाँच सय परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरुलाई सुरक्षित स्थानमा सारिएको मन्त्री कार्कीले बताए ।
उनका अनुसार विस्थापितहरुलाई प्रदेश सरकार र सहायोगी संस्थाबाट राहत संकलन गरेर उदयपुर पठाइएको छ । उनले भने ‘तत्कालका लागि हामीले आठ हजार किलो चामल र खाद्यान्न सामग्री पठाएका छौं ।’

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद

लुम्बिनी सांस्कृतिक नगरका मेयरले छोरा र ज्वाइँलाई जागिर खुवाएपछि विवाद

बर्दिवासमा एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

बर्दिवासमा एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

जनकपुरबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला, हत्याको आशंका

जनकपुरबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला, हत्याको आशंका

Next Post
नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी

मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा

मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा

प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

Leave a Reply Cancel reply

ताजा समाचार

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघ काठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठक, अभिमुखिकरण कार्यक्रम संघका संयोजक थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न

अनेमसंघको आयोजनामा अनाथ  बालबालिकालाई  भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघको आयोजनामा अनाथ बालबालिकालाई भेटघाट तथा खिर खुवाउने कार्यक्रम

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते

अनेमसंघ सातौं राष्ट्रिय सम्मेलन साउन ३१ गते

चुनावी मोर्चा बनाएर जान प्रचण्डसँग बाबुरामको प्रस्ताव

चुनावी मोर्चा बनाएर जान प्रचण्डसँग बाबुरामको प्रस्ताव

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

निर्मला हत्याकाण्ड : शंकाको घेरामा छन् नयाँ व्यक्ति ! चार वर्षसम्मको अनुसन्धान शून्यमै

निर्मला हत्याकाण्ड : शंकाको घेरामा छन् नयाँ व्यक्ति ! चार वर्षसम्मको अनुसन्धान शून्यमै

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित
नेपाल एक्सन डटकम अनलाइन
ठेगाना: अनामनगर, काठमाडौं
इमेल : [email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

%d bloggers like this: