सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न सहमत भएका छन् ।
बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्नेबारे नेताहरू सहमत भएका बैठकमा सहभागी एक नेताले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदको कार्यकालबारे पनि सामान्य छलफल गरेको ती नेताले जानकारी दिए ।
‘संसदको कार्यकालको बारेमा सामान्य छलफल भयो तर अझै निष्कर्षमा पुगिसकिएको छैन । चुनावको मितिबारे सबैको एकमत छ,’ ती नेताले भने । संसदबाट कुनै पनि अवस्थामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्नुपर्नेबारे छलफल भएको ती नेताले बताए ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव हुने गरी मिति तोक्न सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1