No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वकिल’साप, आई वान्ट जस्टिस !

कोठाको ढोका आधा खुला थियो। ढोका पूरै धकेलें। नानीका ठूला–ठूला आँखा मेरो आँखामा ठोक्किए, ठोक्किइराखे। उनी मसँग न्याय खोज्दै आँखाको भाषा बुझाउन खोज्दै थिइन्। फ्यानमा झुण्डिएको लामो डोरीले उनको घाँटी बाँधिएको थियो।


वकिल’साप, आई वान्ट जस्टिस !

अफिस टाइमको फर्स्ट आवरमा अलि व्यस्त थिएँ। नचिनिएको नम्बरबाट फोन आयो- ‘हेलो, वकिल’साप नमस्ते !’

‘हेलो, कताबाट को बोल्नुभयो ?’

‘म नानी, म्याम, तपाईंसँग अस्ति नै कुरा भइसकेको थियो। म आज तपाईंलाई भेट्न चाहन्छु’, उताबाट आवाज सुनें।

‘हस्, १२ बजे भेटौं, अनामनगर चोकमा आउनुहोस् न’ भनेर फोन राखें।

को मान्छे ? मैले बिर्सिएछु। कल डिटेल्स हेरें। हामीले करिब एक वर्षअघि १० मिनेटसम्म कुरा गरेका रहेछौं। चिने जस्तो भयो।

के यी नानी मैले सोचेकै नानी हुन् ? म सम्बन्धविच्छेदको फिराद लेख्दै थिएँ। एकछिन काम छाडेर मिति हेरें। गत वर्षको तीजको दिन बोलेका रहेछौं। उक्त दिन हामी पूजा गर्दैगर्दा मलाई नानीको फोन आएको थियो।

मैले ‘हेलो’ भन्न नपाउँदै ‘म्याम, मलाई बचाउनुस्’ उनी रोएकी थिइन्। म जुरुक्क पूजाबाट उठेर कोठामा जाँदै भनेकी थिएँ- ‘नआत्तिनुस् ! के भएको हो ?’

उनले एक श्वासमा भनेकी थिइन्, ‘म्याम मेरो नाम नानी। म काठमाडौंबाट। १८ वर्षको उमेरमा मेरो विवाह गरिदिए। उहाँको काठमाडौंमा घर थियो, सम्पत्ति थियो। आमाले भविष्य उज्ज्वल छ, दुःख गर्नुपर्दैन भनेर विवाह गरिदिनुभयो।’

उनी रोक्किइन् र जोडले रोइन्। मैले सोधें, ‘समस्या के हो ?’

‘उहाँ मभन्दा १० वर्ष जेठो हुनुहुन्छ, हाल ३५ वर्षको हुनुभयो, हाम्रो विवाह ७ वर्ष अगाडि भएको हो। म्याम म तपाईंलाई सबै विस्तृत रूपमा भन्न चाहन्छु, तपाईंले मलाई न्याय दिलाइदिनु। विवाहको राति नै उहाँले..’ संवाद रोक्कियो। फोन काटियो। मैले फोन गरें, फोन लागेन। मलाई फोन संवादले निकै बेचैन बनाएको थियो।

त्यसपछि आज मात्रै नानीको फोन आयो। म नानीको जीवनका एक एक किस्साहरू बुझ्न खोज्दै थिएँ। कसैको जीवन्त घटनाहरू मैले अड्कल गर्न मात्र सक्छु भोगाइहरू मैले बताउन सक्दिनँ। हाम्रो १० मिनेटको संवादको केही अंश याद भएअनुसार यत्तिकै थियो। खैर ! मैले फिराद लेख्न सुरु गरें।

अंकिता त्रिपाठी

नीलो जिन्स, सेतो बुट्टे टिसर्ट, कन्भर्स जुत्तामा एक युवती मेरो अफिसको ढोकामा उभिइन्। ‘म्याम म नानी, अघि भर्खर फोनमा कुरा भएको थियो नि ! मभित्र आऊँ ?’ उनी बोलिन्।

‘ए, आउनुस्, यहाँ बस्नुहोस्। धेरैपछि फोन गर्नुभयो, के छ खबर ? सञ्चै हुनुहुन्छ ?’ मैले सोधें।

‘ठिक, सन्चो केही छैन म्याम।’ हेर्दै यति हँसिली र राम्री मान्छे कसरी पीडित हुन सक्छिन् ? हुन त मान्छेहरू दुःख लुकाउँछन्। नानीले पनि त्यही गर्दी होलिन्। मैले सोधें, ‘के भयो हजुरलाई ?’ म चाहन्थें सबै व्यक्त अव्यक्त कुराहरू नानीबाटै खुलोस्। उसको बोली गहमा अड्कियो। हिम्मत जुटाएरै भनिन्, ‘म्याम, उसले मेरो रेप गर्‍यो। एकदिन मात्र हैन, कैयौं महिना, मैले नाईं भनेर भाग्न खोज्दा मेरो हात खुट्टा बाँध्थ्यो। हामी काठमाडौंमा कोठा लिएर बस्थ्यौं। म मिन्स हुँदा, प्रेग्नेन्ट हुँदा समेत छोडेन। मैले बच्चा समेत फालें। मैले खाए फिगर बिग्रन्छ भनेर खानेकुरा खोस्थ्यो, लगाउनमा पावन्दी थियो।’ उनी विगत सम्झिएर पुनः रुन थालिन्। अनगिन्ती मितिमा आफूमाथि भएका हिंसाका अंशहरू मलाई यसैगरी सुनाउँदै गइन्।

‘तपाईंले आफूलाई पिटेको भनेर कतै उजुरी गर्नुभयो ? अस्पताल जानुभयो?’ मैले सोधें।

‘उसले मलाई रुममा बन्द गरेर पिट्थ्यो र आफैंले औषधि गर्थ्यो। तपाईंको भिजिटिङ कार्ड रुममा भेटेर तपाईंलाई कल गरेकी थिएँ। त्यो दिन तपाईंलाई कल गर्दा मलाई उसले पैतालामा पिट्यो, कपाल लुछ्यो। कति सस्तो जिन्दगी मेरो ? उसलाई चुँड्न मनलागे शिरदेखि पाउसम्म चुँड्थ्यो, अंग–अंग चुँड्थ्यो। ऊ हिंस्रक छ। लुकेर तपाईंलाई कल गरें। म्याम, म उसलाई पीडा दिन चाहन्छु, तड्पाई तड्पाई मार्न चाहन्छु। मेरो आँसुको हिसाब छैन। म उसलाई चेताउन चाहन्छु। मलाई न्याय दिनुहोस् म्याम।’

मैले ढाडस दिंदै भनें, ‘नडराउनुस् ! घरेलु हिंसा र वैवाहिक करणीको जाहेरीसँगै शान्तिसुरक्षाको निवेदन हालौं। श्रीमान् के गर्नुहुन्छ ?’

‘म्याम श्रीमानको नाम अभि पन्त हो, ससुराको नाम तारा पन्त। उहाँ आइटी कम्पनीमा काम गर्नुहुन्छ, घर भैंसेपाटीमा छ तर हामी कुपन्डोलमा कोठामा बस्छौं।’

‘ए, अनि जाहेरी कहिले दर्ता गर्ने ?’ मैले सोधें।

‘म्याम भोलि नै गरौं।’

‘हुन्छ। थप अरु प्रक्रियागत कुराहरू तपाईं रिसेप्सनमा गएर बुझ्नुहोस्, नडराई नआत्तिकन जानुहोस्, भोलि भेटौंला।’

‘हस, म्याम धन्यवाद !’

ढोका ड्याम्म लाग्यो।

नानीसँगको मेरो कुराकानी के सपना थियो ? म झसंग भएँ। नानीले कुरा गरेकी अभि मेरो जीवनको अमूल्य हिस्सा थियो। करिब चार वर्ष अघि मैले अभिलाई हाम्रो पहिलो भेटमा दिएको भिजिटिङ कार्ड हेरेर नानीले मलाई फोन गरेकी रहिछिन्। अभि हँसिलो, दुःख बुझ्ने मायालु केटो थियो। अभिको अथक् प्रयास पछि म बल्ल उसँग विवाह गर्न राजी भएकी थिएँ। हाम्रो प्रेम विवाह भएको थियो। अभिसँग यति नजिक हुँदा पनि मलाई नानी र उसको बारेमा थाहा भएन।

हुन त हामी एकअर्काको गोपनीयतालाई सम्मान गर्थ्यौं। तथापि उसको खातिर मेरो विश्वास कहिल्यै डगमगाएन। उसँग हिजोसम्म केही गुनासो थिएन। आई लभ्ड हिम इन एभ्री पसिबल वेज। तर नानीको व्यथा सत्य भए अभि अपराधी हो। मेरो भावनासँग खेल्ने खेलाडी हो।

धोका दिनु पनि त अपराध हो। मनलाई अंगभंग पार्नु अन्याय हैन ? म न्याय खोज्दैछु, नानीलाई न्याय दिलाउने कसमले बाँधिएकी छु।

प्रेमसँग किन सामीप्यता हुन्छ ? प्रेमले किन दुखाउँछ ? किन सम्झिरहन्छ ? मलाई प्रेमदेखि घृणा लाग्छ। उसको प्रेमको ढोङले सबथोक लग्यो, मलाई दुःखायो, रुवायो।

मनलाई एकाग्रताबाट निकाल्न खोजें। सबथोक विपरित म बस् केही क्षणका लागि शान्ति चाहन्थें, मनको शान्ति।

सम्झिएँ, आफू दुःखेको भन्दा बढी दुखेकी नानीलाई न्याय दिलाउनु छ। आफ्नैको विरुद्धमा गएर मलाई घाउ चिनाएकी नानीको मल्हम बन्नुछ। मैले निराहार व्रत बसेर लम्ब्याएको अभिको उमेर, मैले भाकेर कमाएको अभिको खुसी विरुद्ध नानी अभिलाई तड्पाउन चाहन्थिन्। अफिसका भित्ताहरूमा टाँगिएको मेरो सफलताका सिंढीहरू, अभिका साथहरू विरुद्ध म आफैं मेरो वैयक्तिक र व्यावसायिक जीवनको तालमेल खोज्दैथिएँ।

सत्य साह्रै नमिठो हुन्छ, अपरिवर्तनीय हुन्छ। म सत्यलाई मोड्न सक्दिनँ। नानीको आँशुले र अभिको अपत्यारिलो ढोङले मलाई पोल्दैछ। अभिलाई कति धेरै प्रेम गरेछु। एक मन भन्छ- मैले नानीको विश्वास गर्नुहुँदैन। अर्को मन भन्छ- मैले अभिलाई सजाय दिनै पर्छ। म वकिल भएर सोच्नुपर्छ, म श्रीमती भएर सोच्नुपर्छ। मेरो मनमा कैयौं प्रश्न थिए, अन्तरमनको द्वन्द्वमा म पिल्सिएकी थिएँ।

केहीबेरपछि अफिसको नाममा एउटा चिठी आयो। नोटमा पठाउने नानी, ललितपुर-५, माउन्ट स्कुलसँगै टाँसिएको पहेंलो घरको तेस्रो तला लेखिएको थियो। चिठी खोलेर पढें, ‘तपाईंलाई भेट्नु कुनै संयोग हैन, तपाईंको अफिसमा जानू मेरो आवश्यकता थियो, कारणहरू छन्। तपाईंलाई समुद्रको सयर गराउने बलियो डुङ्गा म रहिनँ। कमजोर डुङ्गाहरू थन्किनै पर्छ, सायद अभिलाई यस्तै लाग्छ। मेरो सन्तुष्टिको उपहार केवल मेरो मुक्ति हो। आजसम्म मैले बाँचेका निर्दयी पलहरूलाई न्याय गर्नुहोस्। तपाईंले आफैंलाई हराएर मेरो लागि ठूलो जित जित्न सक्नुहुनेछ। जितको पर्खाइ लामो छ, वास्तविकता तपाईंलाई चिनाउनु मेरो सानो जित हो। सायद भेट्छु कि भेट्दिनँ, आजको भेट अन्तिम भएझैं लाग्दैछ। तपाईंको आडमा मैले एकनिमेष सुकुनको सास फेरेजस्तो हुँदैछ। ठूलो जिम्मेवारी सुम्पिंदैछु। आशा छ न्यायको पक्षमा उभिनुहुनेछ।’

कति गहन छ नानीको शब्द। उनी केही इशारा गर्दै थिइन्। नानीलाई फोन गरें, फोन लागेन। मन बेचैन भयो, अनायासै नानीलाई भेट्न मन लाग्यो। अफिसबाट निस्केर स्कुटर लिएर गएँ। माउन्ट स्कुलमा रोकेर दौडिंदै पहेंलो घरको तेस्रो तलामा पुगें। कोठाको ढोका आधा खुला थियो। ढोका पूरै धकेलें। नानीका ठूला ठूला आँखा मेरो आँखामा ठोक्किए, ठोक्किइराखे। उनी मसँग न्याय खोज्दै आँखाको भाषा बुझाउन खोज्दै थिइन्। फ्यानमा झुण्डिएको लामो डोरीले उनको घाँटी बाँधिएको थियो। कोठा पूरै बिग्रिएको थियो। नानीको सीधा मुनि फोटो खसेको थियो।

‘अभि यो फोटो कति राम्रो आएको हाम्रो। एउटा म राख्छु अर्को तिमी पर्समा राख है’ भन्दै मैले अभिलाई दिएको फोटो थियो त्यो। अभिको पर्स र बेल्ट खाटमा फालिएको थियो, चुरोटका ठुटाहरू असरल्ल थिए।
म निशब्द भएँ। नानी साँच्चै नै पीडित थिइन्। सास, आश, गाँस, सबथोक गुमाएकी पीडित। नानीको मृत्यु नै मेरो सबैभन्दा ठूलो हार भयो। नानी मेरो आँखाको नानी हुन्, सहनशीलताको प्रतीक हुन्, वास्तविकताको शक्ति हुन्, न्यायको गुहार हुन्। अभिले सबै सबुत छोडेर गयो। किन मेटाएन ?

उसको कदमले ऊ मेरो आँखामा घोषित अपराधी भएको थियो। ऊ सायद यही बुझाउन चाहन्थ्यो अन्तिम पटक। मेरो फोनमा अभिको मेसेज आयो।

‘प्रिय अंकिता, एक अपराधीलाई तिमीले प्रेम गरेर न्याय दिइरह्यौ, तिम्रो प्रेम गुमाउनु मेरो लागि सबैभन्दा ठूलो सजाय हो जुन कुनै कानुनका बुँदामा लेखिएका छैनन्। म तिमीसँग माफी माग्दैछु। मैले नानीलाई प्रेम गरें, अति प्रेम गरें, पागलसरी प्रेम गरें। म नानीलाई पछ्याउन चाहन्छु असल प्रेमी बनेर। मैले उसलाई जहाँ पुर्‍याएँ, म त्यहीं जान चाहन्छु। उसँग माफी माग्न चाहन्छु। तिमीले मलाई गरेको प्रेमको बाबजुद म खोक्रिएको छु। सक्छ्यौ भने माफी देऊ।’

मेसेज पढेर मैले नानीको अनुहारमा हेरें। नानी भन्दै थिइन्, ‘वकिल’साप, आइ वान्ट जस्टिस।’

म निरीह थिएँ। ‘गड आइ अल्सो वान्ट जस्टिस !’ म टुक्रिएँ। को अपराधी थियो ? को पीडित थियो ? सायद प्रेम गर्नु दुःख पाउनु हो। पछुताउनु, तड्पाउनु सजाय दिलाउनु हो। एउटा ज्यानको बदला अर्को ज्यान, अर्को ज्यानको बदला ज्युँदो लास, सायद यही नै हो र प्रेमको देन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

Next Post
पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ

पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ

ताइवानमा चीन-अमेरिका जुध्न लागेका हुन् ? ७ जिज्ञासा र जवाफ

ताइवानमा चीन-अमेरिका जुध्न लागेका हुन् ? ७ जिज्ञासा र जवाफ

प्रदेश १ का मुख्यमन्त्री राई कोरोना संक्रमित

प्रदेश १ का मुख्यमन्त्री राई कोरोना संक्रमित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...