• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नचिनेको युवतीको पछि लाग्दै हुनुहुन्छ ? हनी ट्रयापमा परिएला !


नचिनेको युवतीको पछि लाग्दै हुनुहुन्छ ? हनी ट्रयापमा परिएला !

काठमाडौं । काठमाडौंका २८ वर्षीय सुमन (नाम परिवर्तन) होलसेल व्यवसायी हुन् । पैसा उठाउन उनी हप्तैपिच्छे विभिन्न ठाउँका पसलमा गइराख्छन् । त्यही सिलसिलामा डेढ महिना अघि एक पसलमा उनको ३१ वर्षीया कल्पना बस्नेतसँग भेट भयो ।

सामान्य कुराकानीपछि सुमन र कल्पना सामाजिक सञ्जालमा पनि जोडिए । कुराकानी बाक्लिँदै जाँदा उनीहरुले खाजा खाजा एक होटलमा भेट्ने भए । ‘खाजा खान भेट्ने भएपछि सामान्य सोचेर गएको थिएँ’ सुमनले प्रहरी कहाँ बयान दिएका छन्, ‘खाजा खान थालेको केही समयपछि उहाँले टाउको दुख्यो, रेष्ट गर्नुपर्‍यो भन्नुभयो ।’

सुमनका अनुसार त्यति भनेर कल्पना रिसेप्सनमा चाबी मागेर होटलको एक कोठामा गइन् । सुमन पानीको बोतल लिएर पछि लागे । ‘पाँच मिनेटमै उहाँ बाहिर निस्किएर हिँड्नुभयो र मलाई जबरजस्ती गरेको आरोप लगाउनुभयो’ उनले भनेका छन् । त्यसपछि कल्पनाका श्रीमान् कृष्णहरि खड्काले पनि उनलाई भेटेर धम्क्याउन थाले । प्रहरी कहाँ जाने भन्दै बारम्बार धम्की दिन थालेपछि उनी आत्तिए, आफ्नो इजजत जाने भन्दै श्रीमान श्रीमतीलाई अनुनय विनय गर्न थाले ।

आफूले केही नगरेको भन्दै उनले कल्पनाका श्रीमान्लाई पनि सम्झाउन खोजे । तर उनी मानेनन् । अन्तिममा ३५ लाख रुपैयाँ दिने भए उजुरी नहाल्ने कल्पनाले बताइन् ।
त्यति रकम जुटाउन पनि सुमनलाई सहज थिएन । नजिकका साथीसँग सल्लाह गरिरहेका थिए । त्यहिबीचमा प्रहरी कार्यालयबाट अपराध अनुसन्धानको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दै सिन्धुलीका २८ वर्षीय सञ्जय कार्कीको उनलाई फोन आयो ।

तपाईंविरुद्ध बलात्कारको उजुरी परेको छ’ भन्दै प्रहरीको फोन आएपछि उनी आत्तिए । पीडितसँग कुरा मिलाउने भए चाँडै गर्न नभए संवेदनशील घटनाले मुद्दा छिटो चलाउनुपर्ने भन्दै उनले अल्टिमेटम दिन थाले ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार कार्कीले आफू तीन दिनपछि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जान लागेको भन्दै उनले छिटो टुंगाउन ताकेता गरेका थिए । ‘पीडितलाई फोन गरेर अस्ति कार्यालयमा आउनु भएको थियो, जाहेरी छाड्नुभयो फेरि आउनु भएन त भन्दै उनले फोन गरेका रहेछन्’ ती अधिकृतले भने, ‘आउनु भएन भने मुद्दा अघि बढ्छ, अनुसन्धानको प्रक्रियामा मेडिकललगायतका काम गर्नुपर्छ, दुईजना मान्छे लिएर तुरुन्त चौकी आउनुस् भन्दै हप्काएका रहेछन् ।’

यो फोनको रेकर्डसामाजिक सञ्जालमार्फत सुमनलाई पठाइएको थियो । ‘प्रहरीले झैँ हप्काएर फोन गरेको अडियो पठाएपछि सुमनले अविश्वास गर्ने ठाउँ थिएन’ ती अधिकृत भन्छन्, ‘तर धेरै नै प्रयोग गर्दा पनि सुमनले त्यति पैसा जुटाउन सकेनन्, त्यसपछि एकजना आफन्तको सुझाव अनुसार उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा घटना बताए ।’

त्यसक्रममा प्रहरी निरीक्षक भन्दै फोन गर्ने सञ्जय कार्कीबारे प्रहरीले छानबिन गर्दा उनी प्रहरी नै नभएको खुल्यो । त्यति मात्र होइन, नक्कली पीडित बनेर हनी ट्रयापमा पार्ने कल्पना र उनका पति खड्काको कर्तुतबारे पनि प्रहरी थाहा पायो ।

त्यसपछि प्रहरीले उनीहरुलाई पैसा दिने बहानामा छद्म भेषमा अपरेशन चलाएर कल्पना, नक्कली प्रहरी निरीक्षक कार्की र उनका श्रीमान् खड्कालाई आइतबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध अपराधिक विश्वासघात सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंबाट म्याद थप गरिएको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सन्तोषी सुब्बा हत्या प्रकरण : यसरी भयो हत्या, यसरी पक्राउ परे आरोपी
  • २०७९ श्रावण २, सोमबार २१:१९
  • In "देश"
  • नेकपाको सभा – खाजा र दुई सय भत्ता !
  • २०७९ श्रावण २, सोमबार २१:१९
  • In "थप"
  • प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित
  • २०७९ श्रावण २, सोमबार २१:१९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

वीरगञ्ज चिनी मिलको पशुपति मन्दिर व्यवस्थित गर्न माग

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version