• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?


गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?

गर्भमा हुर्केको बच्चालाई लिएर हरेक दम्पतीको सोच आफ्नो बच्चा स्वस्थ र तन्दुरुस्त जन्मियोस् भन्ने हुन्छ । तर गर्भावस्थामा हुने सानातिना गल्तीले बालबालिकामा अपाङ्गता निम्त्याउँछ ।

गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् । यसमा हर्मोनल परिवर्तनहरू पनि समावेश हुन्छन् । त्यसैले स्वास्थ्य बच्चा जन्माउन दम्पतीले केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । बच्चा नौ महिना आमाको गर्भमा हुर्कने बुबाको तुलनामा गर्भवती आमाले अलि बढी ध्यान दिनुपर्ने हुन्छ ।

कुनै पनि बच्चा अशक्त तथा अपांग जन्मिनु कुनै एउटा मात्र कारण हुँदैन । कतिपय अवस्थामा कारण पनि पत्ता लगाउन सकिंदैन । अशक्त बच्चा जन्मिनुमा क्रोमोजोमदेखि वातावरणीय कारणले समेत हुन्छ ।

बच्चाको विकास हुने भनेको आमाको गर्भमा हो । त्यसैले सबैभन्दा पहिलो स्वास्थ्य अण्डा र स्वास्थ्य शुक्रकीटको समायोजन गर्भमा हुनु जरुरी छ । क्रोमोजोमको कारण बच्चा अपांग हुने कारण भनेको अण्डा तथा शुक्रकीट स्वास्थ्य नहुनु हो ।

सुरुको तीन महिना एकदमै महत्वपूर्ण 

नौ महिनासम्म आमाको गर्भमा नै बच्चाको विकास हुन्छ । सुरुको तीन महिना एकदमै संवेदनशील हुन्छ । यस अवधिममा बच्चाको अंगहरु बन्ने बेला हो । यो बेला पोषणको कमी, चोटपटक, गर्भवतीले धूम्रपान तथा मद्यपान गरेमा, बच्चालाई असर गर्ने खालको कुनै औषधि सेवन गरेमा, प्रदूषित वातावरण, गर्भवती महिलामा शारीरिक र मानसिक रूपमा स्वास्थ्य छैन भने यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्छ ।

बच्चा स्वस्थ जन्मिन गर्भवती महिला स्वस्थ हुनु जरुरी 

जन्मिने बच्चा चाहिं स्वस्थ चाहिने, तर गर्भवती महिलाको स्वास्थ्य भने जस्तो भए पनि हुन्छ भन्ने धारणा अmभै पनि समाजमा व्याप्त छ । तर गर्भवती महिला नै स्वस्थ छैनन्, उमेर नै नपुगी गर्भवती भएको छ, गर्भवती महिलाले पोषणयुक्त खाना खान पाएको छैन, उनीहरूले खाने खानेकुरामा रसायन मिसिएको छ भने बच्चा अपांग वा अशक्त जन्मिने खतरा हुन्छ ।

स्वस्थ बच्चाको तौल

एउटा स्वस्थ बच्चा जन्मिंदा अढाइदेखि तीन किलोसम्मको हुन्छ । बच्चा ४ केजीभन्दा माथि छ भने बच्चाको तौल बढी हो । अढाइ केजी भन्दा कम छ भने बच्चाको तौल कम भएको मानिन्छ । औसत नेपाली बच्चा तीन केजीको जन्मिन्छन् । बच्चा जन्मिंदा ३७ हप्ता पूरा भएको र अढाई केजी हुनुपर्छ ।

स्वस्थ बच्चा जन्माउन दम्पतीले ध्यान दिनुपर्ने कुरा

स्वस्थ बच्चा जन्माउन आमाको त झन् धेरै महत्वपूर्ण भूमिका हुन्छ । आमालाई पोषणयुक्त खाना खान दिने, खुसी राख्ने र समय–समयमा स्वास्थ्य जाँच गराउन लैजाने गर्नुपर्छ ।

स्वस्थ बच्चा जन्माउनका लागि गर्भवती महिलाको सबैभन्दा मुख्य भूमिका हुने भएकाले उनीहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ । शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ । कम उमेरमा बच्चा जन्माउँदा पनि अशक्त हुने सम्भावना हुन्छ । त्यसैले २० वर्षपछि मात्र बच्चा जन्माउनुपर्छ । गर्भवती महिलाको धूम्रपान मद्यपान गर्ने बानी छ भने त्यो बानीलाई छोड्नुपर्छ ।

(स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. साहसँग अनलाइनखबरकर्मी सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पति-पत्नीबीचको झगडाले गर्भको बच्चालाई कस्तो असर गर्छ ?
  • २०७९ असार ३२, शनिबार २२:२७
  • In "जीवनशैली"
  • गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
  • २०७९ असार ३२, शनिबार २२:२७
  • In "स्वास्थ्य"
  • गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?
  • २०७९ असार ३२, शनिबार २२:२७
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

Next Post

लोकसेवा तयारी कक्षाको नाममा लाखौं अनियमितता

मुख्यमन्त्री कार्यालयले ६६ लाखमा खरिद गरेको ६ वटा सफ्टवेयर प्रयोग विहीन

रौतहटबाट झण्डै २ क्वीन्टल गाँजा बरामद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version