• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?


गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

सिन्धुपाल्चोककी १९ वर्षीया मिना थापा (नाम परिवर्तन)को महिनावारी रोकिएको केही समयपछि नै तल्लो पेट धेरै दुख्न थाल्यो । दुखाइ खप्न नसकेपछि उनी उपचारका लागि धुलिखेल अस्पताल पुगिन् । अस्पताल आउने बेलासम्म उनलाई पेटमा गर्भ छ भन्ने थाहा थिएन । उनको भिडियो एक्सरेलगायतका अन्य परीक्षण गर्दा डिम्बबाहिनी नलीमा गर्भ बसेर नली फुटेको देखियो । त्यही नली फुटेर पेटको दुखाइ भएका कारण धुलिखेल अस्पतालमा शल्यक्रियामार्फत नली फालियो । ती महिलाको शल्यक्रिया प्रा.डा. सुमनराज ताम्राकारको टोलीले गरेको थियो । अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य भैसकेको छ ।

केही महिनाअघि जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उच्च रक्तचाप भएकी गर्भवती महिला जाँच गर्नका लागि आइन् । उनलाई सुरुदेखि नै डा. रिता मरहठ्ठाको टिमले हेरिरहेको थियो । ती महिलाले रक्तचाप नियमित जाँच गरी औषधि खाइरहेकी थिइन् । उनको ब्लडप्रेसर सामान्य अवस्थामा आइसकेको थियो । ९ महिना लागेपछि उनी अस्पताल भर्ना भइन् । चिकित्सकको निगरानीमा रहँदा रहँदै पनि उनको गर्भमा रहेको शिशु खेर गयो । बच्चाको मृत्यु भएलगत्तै आमालाई मस्तिष्कघात भयो । उनको ब्रेनको पनि अप्रेशन भयो तर उनलाई बचाउन नसकिएको मरहठ्ठा बताउँछिन् ।

एक हप्ताअघि काठमाडौंकी २७ वर्षीया महिला गर्भ जाँच गर्न राजधानीको एक अस्पतालमा आइन् । सुरुमा गर्भ जाँच गर्दा चिकित्सकले उनलाई ४ महिना लागेपछि जाँच गर्नका लागि बोलाएका थिए । तर, लकडाउनका कारण उनी जाँच गर्न आइनन् र चिकित्सकले दिएको औषधि पनि नियमित खान छोडिन् । ६ महिनाको गर्भ जाँच गर्न आउँदा उनले बच्चा नचलेको चिकित्सकलाई सुनाइन् । त्यसपछि चिकित्सकले भिडियो एक्स–रे गरेर हेर्दा गर्भमा रहेको शिशुको मृत्यु भैसकेको थियो । पेटमा बच्चाको मृत्यु भैसक्दा पनि उनलाई थाहा भएन । त्यसपछि चिकित्सकको टोलीले हतार–हतार त्यो बच्चालाई निकाले । अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।

माथिका तीन प्रतिनिधि घटनाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य संवेदनशीलता देखाउँछ । गर्भवती र सुत्केरी अवस्था महिलाका लागि विशेष समय हो । यो बेलामा हुने स-साना गल्तीले आमा र बच्चामा स्वास्थ्य समस्या देखिन सक्छ । यसै पनि कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल विगत ३ महिनायता ठप्प छ । मानिसका दैनिक क्रियाकलाप बिथोलिएका छन् । यसको प्रत्यक्ष मारमा गर्भवती र सुत्केरी महिला परेको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रिता मरहठ्ठा बताउँछिन् ।

‘कोभिड–१९ को त्रास, लामो समयको लकडाउन, भौगोलिक कठिनाइ र यातायातको अभाव आदिका कारण गर्भवती महिलाहरूले नियमित जाँच गराउन पाएका छैनन्’, उनी भन्छिन्, ‘नियमित गर्भ जाँच नहुँदा बच्चा र आमाको स्वास्थ्य अवस्थाबारे थाहा हुँदैन । जसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।’

मोडलिङमा आधारित गर्भवती महिला ।  तस्विरः पिक्सावे

गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरू

डा. रिता मरहठ्ठा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

१. गर्भ बसेको २ महिनाभित्र अस्पताल गएर चिकित्सकलाई देखाएर सबै जाँच गर्ने ।२. चिकित्सकले दिएको औषधि नियमित खाने ।३. सम्भव भएसम्म महिनामा एकपटक फलोअपका लागि अस्पताल जाने, यदि सम्भव छैन भने बच्चा चल्न थालेपछि अथवा ५ महिनाको गर्भ जँचाउनका जसरी भएपनि जाने । किनभने ५ महिनामा भिडियो एक्सरेमार्फत बच्चाको हरेक अंगको विस्तृत जाँच हुन्छ साथै थप औषधि र भ्याक्सिन दिइन्छ ।४. गर्भ रहेकोे थाहा पाउनेबित्तिकै, पाँचौँ महिना, आठौँ महिना, चिकित्सकले तोकेको डेलिभरी डेट भन्दा एकहप्ता अघि र डेलिभरी डेटमा गरी ५ पटक अनिवार्य गर्भ जाँच गर्ने ।५. टाउको धेरै दुख्यो, बच्चा कम चल्यो, रक्तस्राब भयो, मुर्छा पर्ने लगायतका समस्या देखियो भने तुरुन्त अस्पताल जाने ।६. तागतिलो, झोलिलो खानेकुरा खाने ।७. उमालेको पानी प्रशस्त पिउने ।८. क्यालोरी, क्याल्सियम, आइरन र प्रोटिनयुक्त खानेकुरा खाने ।९. गर्भावस्थामा दिउँसोको समयमा २ घन्टा सुत्दा बच्चा र आमाको स्वास्थ्यलाई फाइदा पुग्छ ।१०. गर्भावस्थामा गरिने प्रिनाटल योगा गर्ने । योग गर्दा डेलिभरीको समयमा सहज हुन्छ ।११. तनाव नलिने ।१२. सम्भव भएसम्म नियमित एउटै चिकित्सकलाई देखाउने ।

गर्भावस्थामा विशेषगरी बच्चा नचल्ने अथवा कम चल्ने, उच्च रक्तचाप, मधुमेह, मुर्छा पर्ने, योनिबाट रगत बग्ने, टाउको दुख्ने, तल्लो पेट अत्याधिक दुख्ने, शरीर कम्पन हुने, अत्यधिक बान्ता हुने, योनिबाट गन्हाउने पानी बग्ने, सुरु–सुरुमा पिसाबमा संक्रमण हुने, रक्तअल्पतालगायतका गम्भीर खालका लक्षणहरू देखा पर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. ताम्राकार बताउँछन् ।

यीमध्ये पनि उच्च रक्तचाप र मधुमेहको समस्या भएकी गर्भवती महिलाले विशेष ध्यान दिनुपर्छ । गर्भवती महिलामा उच्च रक्तचापको समस्या छ भने १५–१५ दिनको फरकमा ब्लडप्रेसर जाँच गरेर औषधि मिलाएर खानुपर्ने चिकित्सकहरू बताउँछन् । यदि ब्लडप्रेसरको नियमित चेकजाँच नगरी बेवास्ता गरेमा बच्चाको तौल कम हुने, गर्भमा रहेको बच्चामा अक्सिजन लिने क्षमता कम हुने, मुर्छा पर्ने र आमा बच्चा दुवैको ज्यान जोखिममा पर्ने सम्भावना हुन्छ ।

गर्भ रहेपछि कतिपय महिलालाई बान्ता हुने, वाकवाकी लाग्ने समस्या देखिन सक्छ । विशेषगरि अधिकांश गर्भवती महिलामा यस्तो समस्या देखिने पाटन अस्पतालकी चिकित्सक डा. अल्का सिंह बताउँछिन् । ‘गर्भावस्थामा हल्का बान्ता हुनु, वाकवाकी लाग्नु सामान्य हो,’ डा. सिंह भन्छिन्, ‘यदि तारन्तार बान्ता भएर गाह्रो भयो भने अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ । त्यसैले गर्भावस्थामा खानपानमा ध्यान दिने, चिल्लो पीरो कम खाने, थोरै खाने तर समय–समयमा खाइरहने, सुख्खा खानेकुरा जस्तै चना, बिस्कुटजस्ता खानेकुरा खाएर बान्ता कम गर्न सकिन्छ ।’ महिलामा गर्भ रहेपछि हर्मोन परिवर्तन हु्न थाल्छन् । त्यसैले धेरैजसो महिलालाई हर्मोनको गडबडीका कारण पनि बान्ता हुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. पवन शर्मा बताउँछन् ।

 

सुत्केरी भइसकेपछि ध्यान दिनुपर्ने कुराहरू

प्रा.डा. सुमनराज ताम्राकार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ

१. सन्तुलिन खाना खाने ।२. पर्याप्त आराम गर्ने ।३. ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो हुने, योनिबाट रगत बग्ने, पिपजस्तो योनीस्राब हुने, तल्लो पेट धेरै दुख्नेजस्ता समस्या आएमा चिकित्सकस“ग परामर्श लिने ।४. दैनिक पिसाब भएन चिकित्सकसँग सल्लाह लिने ।५. सरसफाइमा ध्यान दिने ।६. यो बेलामा स्तन गान्निने, स्तन पाक्ने समस्या हुन सक्छ । त्यसैले बच्चालाई दूध चुसाइरहने ।७. दूध आएन भने पनि चुसाइरहने ।८. सुत्केरी अवस्थामा विभिन्न खाले मानसिक समस्या देखिन सक्छ । त्यसैले परिवारले सुत्केरीको राम्रोसँग हेरचाह गर्ने ।

करिब एक हप्ताअघि काठमाडौंकी शर्मिला श्रेष्ठ (नाम परिवर्तन) बान्ता हुने समस्या लिएर पाटन अस्पताल पुगिन् । त्यहाँ डा. शर्माले उनको भिडियो एक्सरे, पिसाबको जाँच, रुटिन जाँचलगायतका सबै जाँच गरेर रिपोर्ट हेर्दा पिसाबमा किटोनबडी देखियो । त्यसपछि उनलाई भर्ना गरेर उपचार गर्न थालियो । साथै शरीरमा अन्य समस्याको पहिचानका लागि थप जाँच गरियो । अन्य कुनै समस्या नरहेको र गर्भ रहेकै कारण निरन्तर बान्ता भएकाले उनलाई बान्ता रोकिने औषधी र स्लाइन दिइयो । अहिले ती महिला डिस्चार्ज भैसकेकी छिन् ।

गर्भवती अवस्थाका साथै सुत्केरी भैसकेपछि पनि महिलाहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन सक्छन् । पछिल्लो समय प्राकृतिक भन्दा पनि कृतिम तरिका अर्थात शल्यक्रियामार्फत सुत्केरी हुनेको संख्या बढ्दै गएको छ । त्यसैले शल्यक्रियामार्फत सुत्केरी हुँदा घाउ पाक्ने सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन् । यसका साथै सुत्केरी अवस्थामा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा धमिलो हुने, योनिबाट रगत बग्ने, पिपजस्तो योनीस्राब हुनु, तल्लो पेट धेरै दुख्नुजस्ता समस्या देखिन सक्छ ।

एक महिना अघि धुलिखेलकी एक महिला शल्यक्रिया गरेको घाउ पाकेको समस्या लिएर अस्पताल पुगिन् । २९ वर्षीया ती महिलाले करिब डेढ महिनाअघि शल्यक्रियामार्फत बच्चा जन्माएकी थिइन् । अस्पतालले छिटै डिस्चार्ज गरिदियो । घाउ पाकेको थाहा पाएपछि धुलिखेल अस्पताल पुग्दा उनलाई भर्ना नै लिएर उपचार गर्नुपर्ने अवस्था आयो । उनको नियमित घाउ सफा गरेर घाउ सामान्य अवस्थामा आएपछि घाउ फेरि सिलाउनुपरेको डा. ताम्राकार बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे
  • २०७९ कार्तिक २५, शुक्रबार २१:३७
  • In "कोशी प्रदेश"
  • गर्भनिरोधका लागि पुरूषले कस्तो उपाय अपनाउन सक्छन् ?
  • २०७९ कार्तिक २५, शुक्रबार २१:३७
  • In "शिक्षा"
  • अब हुनेछैन प्रसूति पीडा : सहज विधिबाटै बच्चा जन्माउन सकिने
  • २०७९ कार्तिक २५, शुक्रबार २१:३७
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

बाम-लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं. १ को प्रतिबद्धता पत्र सर्वजनिक

विदेशमा चिनियाँ नागरिकको हत्या, चिनियाँ प्रोजेक्टमा आगजनी तनावमा चिन , कडा कदम उठाउने तयारी

भारत सरकारद्वारा निर्वाचनका लागि उपलब्ध गराएका ८० वटा किन थन्कियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version