• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?


गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

सन्तानका रहर गरेका दम्पतीहरुका लागि त्यो क्षण निकै सुखद हुन्छ कि, जब उनीहरुको गर्भ रहन्छ । गर्भ रहेको कुरा श्रीमतीले श्रीमानलाई सुनाउँछिन् । यो शुभ समाचारले उनीहरु मात्र होइन पुरा परिवारलाई नै उल्लासमय बनाइदिन्छ ।

जति जति गर्भको बच्चा हुर्कदै जान्छ, दम्पतीमा कौतुहलता पनि बढ्दै जान्छ । छोरा होला कि छोरी ? कस्ता बच्चा जन्मिएलान् ? साथसाथै एउटा प्रश्नले भने उनीहरुलाई बेचैन पनि बनाउँछ । जस्तो कि, गर्भको बच्चा सकुशल वा स्वस्थ रुपमै जन्मिएलान् ? जन्मजात शारीरिक दोष लिएर त जन्मदैनन् ?

यसै सेरोफेरोमा अनलाइनखबरले प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाहसँग कुराकानी गरेको छ ।

 पहिलो सन्तानको योजना बनाउनुअघि के कस्ता स्वास्थ्य परीक्षण जरुरी हुन्छ ?

गर्भावस्था आफैंमा एउटा जटिल अनि बिशेष अवस्था हो । यस अवस्थामा आमा बन्ने खुशी मात्र जोडिएका हुदैनन्, गर्भसंग समाजिक, पारिवारीक र आत्मीय सम्बन्ध रहेको हुन्छ । गर्भावस्थामा हुने शारिरिक र हर्मोनल परिवर्तनहरुले गर्भवतीहरुमा समस्या र चिन्ताहरु थपिने हुन्छन् । त्यसैले यी परिवर्तनहरुका बारेमा गर्भवती तथा दम्पती र परिवारका सदस्यहरुले राम्ररी बुझे तनाव आफैं कम हुने हुन्छ । त्यसैले हरेक दम्पतीले गर्भका योजना बनाउनु र गर्भ राख्नु पहिले नै चिकित्सकिय परामर्श लिनु राम्रो हुन्छ ।

गर्भ राख्नु करिव ९० दिन अर्थात ३ महिना अगाडि नै गर्भका योजनाका लागि प्रसुति तथा स्त्रीरोग बिशेषज्ञसंग गर्भाधान पूर्व परामर्श  गर्नु राम्रो हुन्छ । यस परामर्शमा गर्भवती हुने योजनामा रहेका महिलाको शारिरक परिक्षण तथा आवश्यक अन्य परिक्षण गरेर पोषण एवं शारिरिक सक्षमता, संक्रमणहरु (बिशेषतः यौनसंक्रमण), दिर्धरोगहरु (उच्च रक्तचाप, मधुमेह), हर्मोनहरुको सन्तुलन (थाईराईड) आदि अवस्था पत्ता लगाउनुका साथै केहि कमजोर वा गडबडि भए उपचार समेत गरिने भएकाले गर्भ र गर्भको विकासका लागि महत्वपुर्ण साबित हुन्छ ।

यस परामर्शमा गर्भको योजनामा रहेको महिला तथा उनको परिवारसंग अन्य स्वास्थ्य र गर्भका जटिलता सम्बन्धि, जोखिम न्युनिकरण र गर्भका विकासका लागि अपनाउनु पर्ने सर्तकता अनि व्यवहारमा परिवर्तन समेत सम्बन्धि जानकारी दिईन्छ जसले गर्भका कारणले हुने तनाव पनि कम हुन्छ ।

गर्भाधानका क्रममा यस्ता कुनै त्रुटी हुनसक्छ, जसले हुनेवाला बच्चामा समस्या निम्त्याउने जोखिम हुन्छ ?

त्रुटि हुन सक्छ तर हुन्छ नै भन्ने छैन । गर्भको चाहना राखेको दम्पितिमा कुन त्रुटि पाईए, त्यस्को उपचार समयमा नै गर्नु पर्छ । यसता त्रुटिहरु सबै एकै किसिमका हुन्छन् भन्ने छैन, त्यसैले यसका असर तथा हुनेवाला बच्चामा पनि समस्या फरक–फरक हुन सक्छन् र कति त्रुटिले गर्भ नै खेर समेत जान सक्छ ।

योजनावद्ध रहने गर्भ र अनिच्छित गर्भले हुनेवाला बच्चाको स्वास्थ्यमा कुनै असर पर्न सक्छ ?

कुनै पनि काम योजना बनाएर गरे सफलता मिल्ने सम्भावना बढि हुन्छ र योजना बिना सफल भईदैन भन्ने छैन, तर कठिनाई र असफलताको जोखिम बढ्ने पक्का हुन्छ । गर्भमा पनि त्यहि सिद्धान्त लागु हुन्छ भन्दा फरक नपर्ला ।   गर्भको योजना नबनाउदै वा कुनै तयारी बिना नै परिवार नियोजोनका साधन प्रयोग नगरेको अवस्थामा गर्भ रहन सक्छ । अधिंकाश दम्पतीहरुको यस्तै हुने गरेको हुन्छ । यस अवस्थामा गर्भ रहेको शंका लाग्नासाथ स्वास्थ्यकर्मीसँग जाँच गराउनु पर्छ ।

गर्भावस्थामा के कस्ता कुरामा ख्याल गर्नुपर्छ ?

यस अवस्थामा धुम्रपान, मद्यपान नगर्ने तथा धुम्रपान गर्नेहरुसंग पनि नबस्ने । नियमित फलफुल सेवन गर्नुका साथै सन्तुलित भोजन गर्ने । नियमित हल्का व्ययाम गर्ने तथा तनावमा नबस्ने । दैनिक फोलिक एसिड तथा चिकित्सकले सुझाएको औषधिहरु सेवन गर्ने । चिकित्सकले दिएका सम्पुर्ण निर्देशनहरु पालना गर्ने र द्वविधा लागेको कुरामा पटक पटक परामर्श तथा सल्लाह गर्ने ।

आमाको मनस्थिती, खानपान, रहनसहन आदिले गर्भको बच्चामा कुनै प्रभाव पार्छ ?

आमाको मनस्थिति, खानपान र रहनसहनको असर गर्भको बच्चामा हुन्छ । त्यसैले गर्भवतीहरु तनाव रहित, स्वस्थ्य वातावरणमा राम्रो पोषणयुक्त खानेकुरा सेवन गर्नु राम्रो हो । कुपोषण र प्रदुषित वतावरणले गर्भको शारिरिक र मानसिक विकासमा नाकारात्मक प्रभाव पार्ने हुन्छ ।

कस्तो अवस्थामा गर्भको बच्चा अशक्त हुने जोखिम हुन्छ ?

सबै गर्भवतीहरुमा असक्त बच्चा जन्माउन सक्ने जोखिम हुन्छ । नजिकको नातेदारसँग विवाह गरेर गर्भवती भएमा, वंशानुगत वा अन्य आनुवंशिक विकारहरु भएमा, गर्भावस्थामा जथाभावी औषधीको सेवन गरेमा, गर्भावस्थामा कुपोषण भएमा, कुनै संक्रमण भएमा, गर्भावस्थामा लागूऔषधी, धुम्रपान तथा रक्सी सेवन गरेमा, आमाको उमेर ३५ वर्ष वा सो भन्दा बढी भएमा, प्रदुषणको प्रभाव परेमा जोखिम बढ्ने हुन्छ ।

गर्भावास्थामा आमाहरुले के कस्ता लापरवाही वा कमजोरी गरिरहेका हुन्छन्, जसले गर्भको बच्चालाई असर गर्न सक्छ ?

लापरवाही त के भन्नु ? सहि जानकारी नपाएको कारणले जसले जे भन्यो त्यसैको कुरामा लागेर दुःख पाईरहेको देख्छु । दक्ष स्वास्थ्यकर्मी तथा विज्ञ चिकित्सकको परामर्श लिनुपर्छ, हल्लाका पछि नलाग्नु राम्रो हुन्छ ।

दोस्रो सन्तानको योजना बनाउनुअघि के कुरामा ख्याल गर्ने ? दुई बच्चाबीचको जन्मान्तर कति हुनु जरुरी छ ?

दोस्रो बच्चाको योजना बनाउदा नि पहिलेको जस्तै प्रि–कन्सेप्सनल काउन्सिलिङ्गबाट शुरु गर्नु पर्छ । जन्मान्तरका कति गर्ने दम्पतिले सल्लाह गर्नुपर्छ । समान्यतया ‘दोस्रो बच्चा कहिले, पहिलो स्कुल जान्छ जहिले’ सम्झदा राम्रो नै हुन्छ ।

 एउटी महिला कुन उमेरसम्म सन्तान जन्माउनका लागि योग्य हुन्छिन् ?

स्वास्थ्यको हिसावले २० बर्ष पार गरिसके पछि ३५ सम्म राम्रो समय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?
  • २०७८ आश्विन २९, शुक्रबार २२:५२
  • In "जीवनशैली"
  • गर्भनिरोधका लागि पुरूषले कस्तो उपाय अपनाउन सक्छन् ?
  • २०७८ आश्विन २९, शुक्रबार २२:५२
  • In "शिक्षा"
  • महिनावारीको कति दिनपछि शारीरिक सम्पर्क गर्दा गर्भ रहन्छ ?
  • २०७८ आश्विन २९, शुक्रबार २२:५२
  • In "स्वास्थ्य"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

सिरहामा झिझिया हेर्न गएका युवकको शव इनारमा

धनुषाको कुस्ती खेलमा विवाद : महोत्तरीका श्याम यादवको घरमा आक्रमण गरी लुटपाट

जापानमा प्रतिनिधिसभा विघटन, आगामी अक्टोबर ३१ मा संसदीय निर्वाचन हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version