No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्थानीय तहको निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

स्थानीय तहको निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ ।  नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।

सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन् ।

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ । केही सुरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको छ । मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विष्लेषण गरेर सुरक्षा रणनीति निर्माण गर्नु जरुरी हुन्छ । बिहीबार मात्रै गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

गृहमन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखी कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा सुरक्षा अधिकारीले गृहमन्त्री समक्ष निर्वाचन सुरक्षा योजनाबारे ‘व्रिफिङ’ पनि गरिसकेका छन् ।

यसपालिको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजार बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ भने नेपाली सेनाका ७१ ह्जार जनशक्ति निर्वाचनमा खटिने छन् । यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातारण तयार पार्ने गरी प्रहरीले निर्वाचन सुरक्षा रणनीति बनाएको बताउनुहुन्छ । नेपाल सरकारले सबै सुरक्षा निकायको सहभागिता रहने गरी एकीकृत सुरक्षा योजना बनाएको छ । निर्वाचनमा सबै सुरक्षा निकायको संयुक्तरुपमा काम हुनेछ । त्यसका अलावा हरेक सुरक्षा निकायले आआफ्नै आन्तरिक रणनीति पनि तयार पारेका छन् ।

निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्ने केसीले बताउनुभयो । विभागलाई भने सूचना सङ्कलनमा मुख्य जिम्मेवारी छ ।

यसपालि कुनै आपराधिक समूहको गतिविधि नदेखिएको र विद्रोही समूहसमेत नरहेकाले पनि सुरक्षामा ठूलो बाह्य चुनौती नदेखिएको सुरक्षा संयन्त्रको निष्कर्ष छ तर पनि दलहरुबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाददेखि तर्साउने, धम्क्याउने, उम्मेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना हुनसक्छन् । दलका नेतामाथि आक्रमण तथा कार्यकर्ताबीच झडप हुनसक्ने सम्भावना कायमै रहेकाले त्यसतर्फ सुरक्षा निकायको बढी ध्यान रहेको सुरक्षा अधिकारीको भनाइ छ ।

“यसपालि ठूलो थ्रेट केही छैन, उही भौगोलिक अवस्था, चुनावमा हुनसक्ने राजनीति दलको प्रतिष्पर्धा र झडपलगायत चुनौती हुनसक्छ, हरेक चुनौती आकलन गरेर योजना बनाइएको छ”, प्रवक्ता केसीले भन्नुभयो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र अधिकांश स्थानीय तह तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । अयोगले निर्वाचन सामग्री जिल्ला जिल्लामा पठाउन थालिसकेको छ । त्यसैले पनि जिल्लामा सुरक्षा कडा पार्न थालिएको छ ।

आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ । ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन् । मतपत्र छपाइको क्रम तीव्र पारिएको छ । आयोगका अनुसार एक करोड ९४ लाख मतपत्र आवश्यक पर्छन् ।

यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ । सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशिल भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।

नेपाली सेनाको निर्वाचन सुरक्षा

नेपाली सेनाबाट ७१ हजार जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा खटाइएको छ । त्यसमध्ये आवश्यकताका आधारमा तोकिएका क्षेत्रमा सेना खटिइसकेका र अन्य तयारीमा रहेका नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ । आजबाट निर्वाचन अयोगमा खडा हुने सेलमा समेत सेना खटिइसकेको छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवाल मतपत्र छपाइस्थलमा सेनाको टोली तैनाथ भइसकेको र मतपत्र ढुवानी तथा मतपेटीका सुरक्षाको जिम्मेवारी पनि सेनाकै रहेको बताउनुहुन्छ ।

सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा समेत सेना खटिइसकेको छ । पहिले नै सेनाले ३४ कारागारको सुरक्षा जिम्मा लिइसकेको थियो । बाँकीको जिम्मा समेत सेनालाई दिइएको छ । विष्फोटक पदार्थ निस्तेज टोलीसमेत तयारी अवस्थामा रहेको र एकीकृत सुरक्षा योजनाअनुसार तथा जिल्ला सुरक्षासमितिको समन्वयमा फौजसँगै खटिने छ ।

“जुनसुकै स्थानमा आवश्यक परेको खण्डमा बढीमा ३० मिनेटभित्रमा सेना आइपुग्ने गरी फोर्स तैनाथ रहन्छन”्, सहायक रथी सिलवालले भन्नुभयो, “त्यसका अलावा अन्य बाह्य सुरक्षाको जिम्मासमेत सेनाकै छ । उहाँका अनुसार विभिन्न क्षेत्रमा हेलिकप्टरसहितको टोली तयारी राखिने छ । दुर्गममा मतपत्र, मतपेटीका ल्याउने/लैजाने काम पनि हेलिकप्टरबाटै हुनेछ । गृमन्त्रालयको शुक्रबारको बैठकले निर्वाचनको प्रयोजनार्थ आवश्यक परे निजी हेलिकप्टरको समेत प्रयोग गर्ने निर्णय गरिसकेको छ ।

अहिले सेनाले सूचना सङ्कलन, मतदानस्थलको रेखी तथा निरीक्षण अध्ययनसमेत गरिरहेको छ । सेनाले सबै सैनिकलाई मानवअधिकार र मानवीय तालिम प्रदान गरी सबैलाई प्रशिक्षितसमेत गरिसकेको छ । स्थानीय सुरक्षा समितिको समन्वयमा निर्वाचन क्षेत्रमा सैनिक थपघट हुनेछन् ।

सशस्त्र प्रहरीको यस्तो छ निर्वाचन केन्द्रित सुरक्षा

सशस्त्र प्रहरी बल नेपालले ३२ हजार जनशक्ति निर्वाचन सुरक्षामा खटाउनेमा आवश्यक क्षेत्रमा यसअघि नै खटाइसकेको छ । त्यसमा मोबाइल गस्ती, स्टाइकिङ टोली समेत पर्छन् । दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतकको सुरक्षा गर्छन् ।

जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिनेछ । सशस्त्र अनुगमन टोलीमा समेत सहभागी हुनेछ । सशस्त्रको टोली युनिट रिजर्वमा समेत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) विदुर खड्काले जानकारी दिनुभयो ।

“हामीले ३२ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि तयार पारेका छौँ, कतिपय खटिइसके, केही जाने तयारीमा छन्”, उहाँले भन्नुभयो, “आवश्यक क्षेत्रमा, आवश्यक मात्रामा र आवश्यताअनुसार टोली परिचालन भएका छन् र हुन्छन् ।” बाहिनीस्तरीय निर्वाचन सुरक्षा अभ्यास सम्पन्न गरी टोली परिचालन भइसकेको उहाँले बताउनुभयो । सशस्त्रको केन्द्रिय निर्वाचन सेल डिआइजीको नेतृत्वमा गठन भएको छ । त्यसले निर्वाचनमा टोली परिचालनको काम गर्नेछ ।

कार्य क्षेत्रमा म्यादी प्रहरी

निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन् । उनीहरुलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको हो । प्रहरी प्रवक्ता केसीका अनुसार चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भिडभाड रोक्ने, नेपाल प्रहरीले लगाए/अह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीको हो ।

त्यसअघि निर्वाचन पूर्व हुने आवश्यक तयारी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय क्षेत्र तथा आवश्यक निर्वाचनका गतिवधि सञ्चालन हुने स्थानका सुरक्षामा म्यादी प्रहरी खटाइएको छ । यसका अलावा राजनीतिक दलका गतिविधि हुने स्थान तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामा समेत सुरक्षा संयन्त्रले निगरानी बढाउन थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

Next Post
देशभर ७१ हजार जनाले गराए उम्मेदवारी दर्ता, सबभन्दा बढी मधेश प्रदेशमा कति ?

देशभर ७१ हजार जनाले गराए उम्मेदवारी दर्ता, सबभन्दा बढी मधेश प्रदेशमा कति ?

मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै

मधेशमा धमाधम पार्टी फेर्दै उम्मेदवार बन्दै

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .