• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सीमाक्षेत्रमा झडपपछि चीन-भारतबीच पहिलो सम्झौता


सीमाक्षेत्रमा झडपपछि चीन-भारतबीच पहिलो सम्झौता
२६ भदौ, काठमाडौं । गत जुन महिनामा सीमाक्षेत्रमा भएको झडपपछि भारत र चीनबीच पहिलोपटक सम्झौता भएको छ । रुसको राजधानी सहर मस्कोमा भएको चीन र भारतका विदेशमन्त्रीको भेटमा उक्त सम्झौता भएको हो ।

 

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुभ्रमण्यम जयशंकरबीच भएको भेटपछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा सीमा विवादले दुवै मुलुकलाई फाइदा नगर्ने उल्लेख गरिएको छ ।

उक्त संयुक्त विज्ञप्तिमा दुई मुलुकको बीचमा भएको असहमतिलाई तनावको रुप लिन नदिने, दुवै पक्षका सेनाले वार्ता जारी राख्ने, छिटोभन्दा छिटो तनाव हटाउने, सीमा क्षेत्रमा दुवै देशले उचित दुरी कायम राखेर सेना राख्ने, दुवै मुलुकले अहिले कायम रहेका सम्झौता र मापदण्ड पालना गर्ने र तनाव बढाउने कुनै काम नगर्नेलगायतका सम्झौता भएको छ ।

भेटवार्तापछि चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दुई मुलुकको बीचमा यस किसिमका सामान्य मतभेदहरु देखिनु सामान्य रहेको उल्लेख गरेको छ । यद्यपि यस किसिमका मतभेदहरुलाई सही तवरले समाधान गरिनुपर्ने चीनले उल्लेख गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भेटको क्रममा चीन र भारतको द्विपक्षीय सम्बन्ध सही दिशामा अघि बढिरहेको अवस्थामा कुनै समस्या उत्पन्न नहुने बताएका थिए । उनले भारतलाई झडप गराउने किसिमको उत्तेजक कायै नगर्न पनि आग्रह गरेका थिए ।

भेटको क्रममा भारतीय विदेशमन्त्री जयशंकरले पनि भारतले चिनियाँ भूमि अतिक्रमण गर्न नखोजेको र भारतको चीन नीतिमा कुनै परिवर्तन नभएको बताएका थिए ।गत साता मस्कोमा नै भारत र चिनियाँ रक्षामन्त्रीको बीचमा भेटवार्ता भएको थियो । बिहीबार दुई मुलुकका विदेशमन्त्रीको बीचमा तीन घण्टा लामो वार्ता भएको थियो । यसअघि पनि दुई मुलुकका लेफ्टिनेन्ट जनरल र कमाण्डरस्तरको वार्ता भएको थियो । तर, वार्तामा कुनै किसिमको सम्झौता भने हुन सकेको थिएन ।

स्रोत:  बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Durga Khatari

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

Next Post

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

थप एकहजार ४५४ सङ्क्रमित पुष्टि, कुल ५१ हजार ९१९ पुग्याे

नेकपा स्थायी कमिटी बैठक शुरु, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version