No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री बीआरआईकाे एजेन्डा लिएर नेपाल आउँदै

एमसीसी पारित भएलगत्तै चिनियाँ विदेशमन्त्री बीआरआईकाे एजेन्डा लिएर नेपाल आउँदै

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । छ सदस्यीय चिनियाँ उच्चस्तरीय टोलीको नेतृत्व गर्दै वाङ एक साताभित्र नेपाल आउन लागेको स्रोतले बताएको छ ।

नेपालले हालैमात्र अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधि सभाको बैठकबाट पारित गरेसँगै त्यसको विरोधमा रहेको बेइजिङले विदेश मन्त्रीलाई नेपाल पठाउन लागेको हो ।

एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार वर्षअघि भएको सम्झौता संसद्बाट अनुमोदन भएपछि चीनले पनि भूराजनीतिक सरोकारको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई कार्यान्वयनमा लैजान तदारुकता देखाएको सन्देश दिन विदेशमन्त्री वाङ आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए ।

एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अमेरिकाले दबाब बढाइरहेका बेला चीनले ‘धम्कीपूर्ण कूटनीति’ भन्दै सार्वजनिक प्रतिक्रिया जनाएको थियो । एमसीसी गत फागुन ८ गते संसदमा पेश भएसँगै त्यसलाई रोक्नसमेत चीनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सम्पर्क गरेर एमसीसी पारित नगर्न दबाब दिएको थियो ।

चिनियाँ विदेश मन्त्रीले पटक पटक पत्रकार सम्मेलन गर्दै बेइजिङमै कसैले दबाबमा दिएको उपहार पनि लिन्छ ? भन्दै नेपाललाई भड्काइरहेका थिए । नेपालले एमसीसी पारित गर्ने विषयमा चीन र अमेरिकाबीच वाकयुद्ध नै चलिरहेको थियो ।

तर एमसीसी पारित गरेपछि चीनले ‘नोट गरेको’ मात्र प्रतिक्रिया पनि दिएको थियो । चीनले चर्को मूल्यमा ऋण दिएको आरोप लागिरहेका बेलामा बीआरआईमार्फत नेपाललाई जोड्नका लागि चिनियाँ विदेश मन्त्रीको टोली नेपाल आउन लागेको बताइन्छ । त्यस्तै २०७२ को भूकम्पपछि र विशेषतः कोरोना महामारीको पछिल्लो २ वर्षमा चिनियाँ नाकामा लगातार जारी अवरोधमाथि पनि सार्वजनिक बहस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
क्वाडको बैठकमा चीनलाई चेतावनी

क्वाडको बैठकमा चीनलाई चेतावनी

चीनको जेलमा २० वर्षभन्दा बढी समय बिताएका तिब्बती भिक्षुको ६१ वर्षको उमेरमा निधन

चीनको जेलमा २० वर्षभन्दा बढी समय बिताएका तिब्बती भिक्षुको ६१ वर्षको उमेरमा निधन

रुससँग चीनको आर्थिक बन्धन कडा

रुससँग चीनको आर्थिक बन्धन कडा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .