• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसीसीले नेपालको गरिबी घटाएर रोजगारी बढाउँछ


एमसीसीले नेपालको गरिबी घटाएर रोजगारी बढाउँछ

काठमाण्डौं । एमसीसी निकै ठूलो कसरतले संसद्बाट अनुमोदन भएको छ । जुन प्रयास, दौडधुप, अन्तरपार्टी समझ्दारी मानवीय स्रोतको परिचालन गरी प्रधानमन्त्री शेरबहादुर देउवाले आफु नेतृत्व दिने खालको मान्छे हुनुहुदोरहेछ भनेर प्रमाणित गर्नुभएको छ । हामी विद्यार्थी बेलादेखि नै साथी हो । त्यो बेला नेविसंघ आएको थिएन । नेपाल विद्यार्थी संघमा शेरबहादुर देउवा अध्यक्ष र रामशरण महत महामन्त्री हुनुहुन्थ्यो । यो बेलादेखि हाम्रो यात्रा सुरु भएको हो । उहाको काम तारिफ योग्य छ ।

म केपी शर्मा ओलीलाई सम्मान गर्छु । मैले ४० वर्ष पढाएर पनि अवकास लिएँ । म गल्तिहरु सुधार गर्ने मान्यता राख्छु । हामीले पठाएको फन्टुस प्रश्नको उत्तर एमसीसीबाट जसरी आयो । त्यो उत्तर आएपछि हामीले आफनो विचारधारालाई पक्कापक्की बनाइसकेपछि हिजोको घोषणापत्रमा भएका सम्झौताहरु कानुनी रुपमा होस् वा अन्य रुपमा एउटै कुरा हो । त्यँहा कुनै प्रश्न गर्ने ठाउँ नै छैन ।

भाषा फरक भएपनि घोषणापत्रमा केही फरक छैन । हाम्रो नेताहरु मुर्ख पनि त छैनन् नी । संसद्मा गरेको कुरालाई उनीहरुले उल्टाउन सक्दैनन् । जे सुकै भएपनि यो सम्झौताको नेता त शेरबहादुर देउवा नै हो । अन्य दलका नेताहरु मिलिजुली सरकार सबैले समझदारी गर्नुभयो । अहिले साढे सात महिनामा ७ दशमलव ५ प्रतिशत मात्र पूँजी खर्च भएको छ ।

यस्तै समग्रमा १७ दशमलव ५ प्रतिशत मात्र खर्च भएको छ । ५ खर्ब २० अर्ब लगानी गर्दा नेपालको पब्लिक इन्टरप्राइजेजको रिटर्न ४ दशमलव ८८ प्रतिशत छ । साउथ एसियाको स्थितीमा नेपाल नम्बर १ मा पर्छ । जसमा ‘टाइम ओभर रन’ हुदा ‘कस्ट ओभर रन’ हुने मात्रा अत्याधिक छ । तामाकोशीमा ४६ अर्ब खर्च हुन्छ भनेको ४ वर्ष ढिलो हुँदा पुरा हुँदा ८० अर्ब खर्च हुने देखियो । यस्तो अवस्थामा नेपालको सरकार चलिरहेको छ ।

एमसीसीको कार्यान्वयनको उद्देश्य

एमसीसीको अनुसार हामीले विकासका योजना कार्यन्वयन गर्ने हो भने हाम्रो शासन सत्ता र प्रशासनिक क्षेत्रमा सहयोग पुग्छ । एमसीसीको एकदमै ठुलो उद्देश्य छ । आर्थिक दृष्टिकोणले हेर्दा ‘क्लाइमेटलाई प्रोटेक्ट गरेर क्लीन इनर्जी’ जुन हामीले दिन्छौ, करिब ६६ प्रतिशत घरधुरी थुप्रै व्यवसायिक क्षेत्रलाई यसले सर्पोट गर्छ भनिएको छ । उनीहरुले ‘क्लाइमेट स्मार्ट टेक्नोलोजी’ प्रयोग गरेर रोडलाई ‘रिसाइकल’ गर्ने भनिएको छ । एमसीसी लागू भएको धेरै मुलुकमा यो नीति लागू छ । यसले सडक निर्माणमा वृद्धि गर्छ । गुणस्तर वृद्धि भएपछि धैरै फाइदा रहेका छन् ।

नेपालको सन्र्दभमा मात्र होइन, यसले अरु मुलुकमा पनि यो टेक्नोलोजीलाई गेम चेन्जरको रुपमा पनि लिन सकिन्छ । विश्व बैकंले नेपालको बाटोको सुरक्षामा सर्भे गरेको थियो । जसमा सडक दुर्घटना नै भएर एक लाख जनामध्ये ८ दशमलव ५९ प्रतिशत मृत्यु हुने गर्छ भन्ने प्रतिवेदनमा देखियो ।

साउथ एसियामा यो अत्यन्तै उच्च हो । दुर्गम क्षेत्रका ठाउँ अछाम, कालिकोट, दैलेख, सुर्खेत लगायतका ठाउँमा अहिले पनि लोडसेडिङ भइरहेको छ । यहाँ बिजुली पुग्यो भने पढ्ने मात्र होइन, अस्पतालले दिने सेवाको गुणस्तर पनि राम्रो हुन्छ । सुरक्षित सडकको यात्रा गर्दा छिटो, सुरक्षित र फलदायी हुन्छ । सस्तो पनि त्यत्तिकै हुन्छ । यो क्षेत्रमा लगानीको सम्भावना पनि बढ्छ । गरिबी घट्ने र रोजगारीमा वृद्धि हुने देखिन्छ ।

नेपालमा कोरोना भाइरसको महामारी आउनुभन्दा अघिका तीन वर्षमा लगातार ७ प्रतिशत वृद्धि भएको छ । गरिबी पनि नाटकीय रुपमा कमी भएको छ । तर आयको असमानता घटाउन सकिएको छैन । राष्ट्र बैंकले विश्वस्तरको बहुउपयोगी नीति बनाएको हुन्छ । भारतको आरबीआईले गरेको अनुसन्धानमा मुद्रास्फिती बढ्ने देखिएको छ । महामारी कम हुने बित्तिकै पुनः सुचारु हुने भएपछि माग बढ्छ, मुल्य आफैँ घट्छ ।

नेपालमा पनि मुद्रास्फ्तिी हुने सम्भावना धेरै छ । यो क्षेत्रमा कसरी गरिबी निवारण गर्न सकिन्छ भन्ने कुरा आएको छ । भारतीयहरुले पनि क्रस बोर्डरसगै विद्युतको ट्रान्समिसन लाइन पनि बन्ने भएपछि रुचि नहुने कुरा भएन । नेपाल–भारतको सहकार्य हुने कुरा पनि छ । यो कत्तिको सम्भव हुन्छ, हामी प्रयास गर्ने छौँ । यो स्थितीमा एमसीसीले विकास निर्माणमा सहयोग गर्छ भन्ने आशा छ । खबरहब (डा.विश्वम्भर प्याकुर्‍याल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै बाबुराम दश दिनमा दुई पटक राति १ बजे बालुवाटार पुगे
  • २०७८ फाल्गुन २०, शुक्रबार १४:०९
  • In "देश"
  • मोदीसँग प्रचण्डको आग्रह : खोप दिनुभयो धन्यवाद, लोकतन्त्रलाई समर्थन होस्
  • २०७८ फाल्गुन २०, शुक्रबार १४:०९
  • In "देश"
  • अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल
  • २०७८ फाल्गुन २०, शुक्रबार १४:०९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

Next Post

युक्रेनमाथिको आक्रमणप्रति दक्षिण एसियाको प्रतिक्रिया स्वार्थमा आधारित : ईएफएसएएस

प्रतिनिधिसभाको बैठक ७ मिनटमै स्थगित

सर्लाहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version