No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल–भारत वाणिज्य सन्धि : पुनरवलोकनका विषय कार्यान्वयन भएनन्

नेपाल–भारत वाणिज्य सन्धि : पुनरवलोकनका विषय कार्यान्वयन भएनन्

काठमाडौँ  : नेपाल–भारत वाणिज्य सन्धिमा सुधार गर्न दुवै पक्ष सहमत भएका विषय तत्काल कार्यान्वयनमा जानुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (निक्की)ले सोमबार आयोजना गरेको वेबिनारमा सहभागीहरूले यस्तो जोड दिएका हुन् ।
विसं २०७५ माघमा भएको नेपाल र भारतका अधिकारीको बैठकले दुई देशको व्यापारमा वाणिज्य सन्धिमा जल यातायातलाई पनि समावेश गर्ने निर्णय गरेको थियो । त्यसैअनुरूप २०७६ पुस २० गते नेपाल र भारतबीच भएको पारवहन सन्धिमा उक्त विषय समावेश गर्दै नवीकरण गरिएको थियो ।
त्यसअनुरूप भारतले निर्माण गरेको ‘इनल्यान्ड वाटरवेज’मा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गर्न दिने विषय थियो । सहमतिअनुसार नेपालले भारतको वाराणसी, कालुघाट र साहेबगञ्जबाट कमेलकातासम्म आफ्नै पानीजहाज सञ्चालन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि पानीजहाज सञ्चालनका प्राविधिक विषयमा पनि बैठकले सहमति जुटाएको छ । जलमार्गको ढुवानी प्रक्रिया र व्यवस्था, भन्सार सहजीकरणजस्ता विषयमा बैठकले सहमति जुटाएको थियो ।
जलमार्गबाहेक रेलमार्फत नेपाल भित्रने बल्क कार्गाेमा थप दुई सीमा पनि खुला गर्ने विषयको प्राविधिक काम भएको थियो । वीरगञ्जबाट मात्रै बल्क कार्गो ढुवानी हुँदै आएकोमा विराटनगर र भैरहवाबाट पनि ल्याउन सक्ने सुविधा नेपालले पाएको छ । दुई देशबीचको उक्त बैठकमा भएको सहमतिअनुसारका विषयमा प्रधानमन्त्री अथवा मन्त्रीस्तरमा हस्ताक्षर भइसकेपछि यी विषय कार्यान्वयनमा आउन ढिलाइ भएको जनाइएको छ ।
निक्कीका महासचिव आरबी रौनियारले नेपाल–भारत व्यापार तथा वाणिज्य सन्धिमा भएका सहमति कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहमति भइसकेका विषयहरूसमेत कार्यान्वयनमा नआउँदा नेपालको व्यापार घाटा बढिरहेको टिप्पणी गर्नुभयो । त्यस्तै दुई देशबीच बनेका कतिपय समितिको बैठकसमेत समयमा हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्सार प्रक्रियामा अझै पनि भनेजति सुधार हुन नसकेको र थुप्रै झन्झट बाँकी छन् भन्नुभयो ।
त्यस्तै गत वर्षदेखि सञ्चालन भएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जुन हिसाबले चल्नुपर्ने हो, त्यो पनि हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले त्यस्तै ब्लक कार्गो एउटै नाकाबाट मात्र ल्याउनुपर्ने अवस्थाले आयात खर्च निकै महँगो पर्ने गरेको बताउनुभयो । त्यस्तै निर्यातमा पनि निकै ठूलो समस्या झेल्नु परेको उहाँको भनाइ छ ।
उहाँले चीन तर्फको बन्दगाह प्रयोग गर्न पनि हाल केरुङदेखि काठमाडौँ सम्मको सडकका कारण नै महाभारत पर्ने बताउनुभयो । उहाँले दुवै देशले नेपालमा रेलवे विस्तारमा चासो दिएको अवस्थामा सरकार पनि गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
निक्कीका अध्यक्ष सिर्जना राणाले दुई देशबीचको सम्बन्ध विशेष रहेको चर्चा गर्दै आगामी दिनमा नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न पनि भारतीय पर्यटकलाई प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो । उहाँले अबका दिनमा लक्जरियसभन्दा पनि धार्मिक र सुरक्षित पर्यटनलाई जोड दिन सके कोभिडका कारण शिथिल यस क्षेत्रले पुनः गति लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले रामायण वा बुद्ध सर्किटजस्ता क्षेत्रलाई प्रवद्र्धन गर्न सके दुवै देशले फाइदा लिनसक्ने बताउनुभयो । त्यसका लागि संयुक्त रूपमा बजार प्रवद्र्धन र पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो । उहाँले हवाई यातायातलाई सस्तो बनाउनुपर्ने र सडक यातायतलाई सहज र सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।
भारतीय बिजनेस फोरमका अध्यक्ष साइबर घोषले भारतीय लगानीकर्ताले नेपालको जलविद्युत् र उत्पादन क्षेत्रमा लगानी गर्न रुचाउँदै आएको बताउनुभयो । उत्पादन क्षेत्रमा लगानी गर्दा बौद्धिक सम्पत्तिको अधिकार रजिस्ट्रेसन, विप्रेषण लगायतका क्षेत्रमा समस्या भोग्दै आएको उहाँले बताउनुभयो । उहाँले ब्रान्डेड कम्पनीहरूलाई नेपालमा प्रभिजल ब्रान्ड रजिस्ट्रेसनको समस्या भए पनि सुविधा भएमा धेरै बहुराष्ट्रिय कम्पनी आउन सक्ने बताउनुभयो ।
निक्कीका उपाध्यक्ष सुनील केसीले कोभिडपछि नेपाल–भारत पार्टनरसिप समिट, भारतमा जान नसकिरहेका नेपाली उत्पादन भारतमा प्रदर्शन गर्ने, इन्डिया इन नेपाल, पर्यटन सम्मेलन जस्ता कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।  gorkhaptra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

Next Post
प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ

प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ

मिथिलाञ्चललगायत तराई–मधेशमा बुधबारदेखि जितिया पर्व सुरु भएको छ । 

मिथिलाञ्चललगायत तराई–मधेशमा बुधबारदेखि जितिया पर्व सुरु भएको छ । 

महोत्तरीमा क्रसर आतंक : तटबन्ध भत्काएर खोला उत्खनन् गर्न बाटो बनाउँदै

महोत्तरीमा क्रसर आतंक : तटबन्ध भत्काएर खोला उत्खनन् गर्न बाटो बनाउँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .