No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषाको सरकारी विद्यालयमा करोडौं अनियमितता भएको खुलासा

धनुषाको सरकारी विद्यालयमा करोडौं अनियमितता भएको खुलासा

काठमाडौं । धनुषाको एक माध्यमिक विद्यालयमा करोडौँ रकम अनियमितता गरेको पाइएको छ । स्थानीय एक जनप्रतिनिधिको मिलिभगतमा विद्यालयका प्रधानाध्यापकले अनियमितता गरेको देखिएको हो ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर २ स्थित परवाहामा रहेको श्री माध्यमिक विद्यालयमा करोडौँ रकमको अनियमितता भएको पाइएको हो ।

सो विद्यालयको सम्पातिबाट उठेको आम्दानीबाट औरही गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष अमित यादव र विद्यालयको तत्कालिन प्रधानाध्यापक कारी यादवको मिलिभगतमा करोडौँको रकम अपचलन भएको पाइएको हो ।​

श्री मावि परवाहा देउरीको स्वामित्वमा रहेको पोखरीहरू, हाटबजार, सटरलगायतका विभिन्न शिर्षकमा हुँदै आएको आम्दानीबाट आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड १४ लाख ७ हजार ५ सय ९ रुपैयाँ भन्दा बढीको अनियमितता भएको पाइएको छ ।

सो विद्यालयको आम्दानी रकममा अपचलन गरेपछि आफु फस्ने डरले तत्कालिन प्रधानाध्यापक कारी यादवले सरुवा गराइ अन्यत्र गएका छन् ।

विद्यालयमा करोडौँको रुपैयाँको अपचलन भएपछि पटक पटक औरही गाउँपालिकाको विद्यालयमा भएको अनियमितताको विषयमा छानविनका लागि पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र समेत काट्दै आईरहेको छ । तर अख्तियारको सो पत्रलाई विद्यालय प्रशासन र गाउँपालिकाको कार्यपालिका प्रशासनले पनि बेवास्ता गर्दै आईरहेको पाइएको छ।

अख्तियारले सो विद्यालयमा भएको भ्रष्टाचारको विषयमा छानविनका लागि २०७७ फागुन १४ मा गाउँपालिकालाई पत्र काटेको थियो । लगभग १ वर्षपछि पनि जवाफ नआएपछि अख्तियार आयोग बर्दिबासको कार्यालयले पुनः ताकेता गर्दै ०७८ माघ २५ मा भ्रष्टाचारको विषयलाई लिएर गाउँपालिकालाई पत्र काटेको थियो । सो पत्रमा एक साता भित्र जवाफ पठाउन भनि उल्लेख छ ।

अख्तियारले गाउँपालिकालाई काटेको पत्रमा २०७५÷०७६ देखि हालसम्म कुन प्रकृयाबाट विद्यालयको पोखरीहरू, सटरहरू ठेक्का लगाइएको हो सोको प्रमाणित विवरण, आम्दानी विद्यालयको खातामा जम्मा भएको भर्पाई, बैंक स्टेटमैन्ट, आम्दानीबाट खर्च भएको भए खर्चको विवरण, कुन कुन शिर्षकमा खर्च भएको छ सोको विवरण, लेखा परिक्षण, सामाजिक लेखा परिक्षण आदि उपलब्ध गराउन भनेको छ ।

अख्तियारको पछिल्लो पत्र प्राप्त गरेको दुई सातापछि पनि औरही गाउँपालिकाका प्रशासकिय अधिकृत अशोक यादवले अख्तियारलाई जवाफ दिनका लागि पत्र पठाउने जनाएका छन् । यता हालका प्रधानाध्यापक शशिकुमार सिंहले आफूले गाउँपालिकालाई विद्यालयको तर्फबाट जवाफ पठाईसकेको बताए ।

प्रधानाध्यापक सिंहले भने, ‘सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरबाट विद्यालयमा भएको अनियमितताको विषयलाई लिएर अख्तियारले पठाएको भनि सो पत्र प्राप्त भएपछि आफूले औरही गाउँपालिकाको शिक्षा संयोजकलाई जवाफ पठाई सकेको छु ।’

तर प्रधानाध्यापक सिंहले गाउँपालिकाको शिक्षा शाखाका संयोजकलाई अख्तियारको पत्रको जवाफ पठानपनि पालिकाको तर्फबाट भने अहिलेसम्म कुनैपनि कामकारवाही अघि बढेको सम्बन्धमा पत्रको बोधार्थ प्रतिलिपि प्राप्त नभएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
भारतका विद्यार्थीहरूलाई चिनियाँ विश्वविद्यालयहरूमा भर्ना हुन नदिन चेतावनी

भारतका विद्यार्थीहरूलाई चिनियाँ विश्वविद्यालयहरूमा भर्ना हुन नदिन चेतावनी

अब एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

अब एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

पुष्टि नहुदै चट्टानलाई युरेनियम भनिए पछी

पुष्टि नहुदै चट्टानलाई युरेनियम भनिए पछी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .