• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमसीसीविरुद्ध माहोल बनाउन चीनले पैसाको खोलो बगाएको अमेरिकाको ठहर


एमसीसीविरुद्ध माहोल बनाउन चीनले पैसाको खोलो बगाएको अमेरिकाको ठहर

काठमाण्डौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी परियोजनाविरुद्ध भ्रम फैलाएर विरोधी माहोल बनाउन चीनले आर्थिक रुपमा सहयोग गरेको निष्कर्ष निकालेको छ ।
हिन्दुस्तान टाइम्सले हालै सार्वजनिक गरेको एक रिपोर्टमा ५० करोड डलरको अमेरिकी अनुदान परियोजना एमसीसीको विरुद्धमा चीनले नेपालमा गलत सूचना अभियानलाई ‘सक्रिय रूपमा उत्प्रेरित वा प्रोत्साहन वा आर्थिक सहयोग गरेको वा सहयोग गरेको’ निष्कर्ष निकालेको छ । साथै नेपाललाई फेब्रअरी २८ अर्थात फागुन १६ को डेटलाइन पनि सम्झाएको छ ।

चीनको भड्काउमा लागेर अमेरिकालाई दिएको प्रतिबद्धता नभुल्न सचेत गराएको छ । फेब्रुअरी २८ ले नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धमा प्रभाव पार्ने अमेरिकी चिन्ता छ । बाह्य प्रभाव र भ्रष्टाचारले परियोजनालाई अनुमोदन नगरे यो “गहिरो निराशाजनक” हुने अमेरिकी धारणा छ ।

एमसीसी सडक र विद्युत प्रसारण लाइनमा केन्द्रीत भए पनि यसलाई राष्ट्रघाति बनेर आम जनमानसमा भ्रम सिर्जना गराउने र यसलाई रोक्ने चिनियाँ रणनीति रहेको रिपोर्टमा उल्लेख छ । एमसीसी रोक्ने र चिनियाँ बिआरआई प्रोजेक्टको एकछत्र बनाउने चिनियाँ प्रयास रहेको पनि उल्लेख छ ।

एमसीसी अनुदान परियोजना अनुमोदन गर्न काठमाडौंले गरेको ढिलाइ र त्यसको प्रभाव राम्रो नहुने भनेर वाशिङटनले सचेत गराएको पनि रिपोर्टमा उल्लेख छ । चीनको उक्साहटमा एमसीसी रोक्ने कदमको परिणाम उपयुक्त नहुने अमेरिकी अधिकारीको निष्कर्ष छ । अमेरिकी स्टेट डिपार्टमेन्टका एकजना प्रवक्ताले एमसीसी अनुमोदन नभए अमेरिकाका लागि गहिरो चिन्ताको विषय हुने र नेपाली जनताका लागि नोक्सानी हुने बताएका छन् ।

फागुन १६ को समय देउवा र प्रचण्डले मागेको र त्यो समयभित्र अनुमोदन वा अस्वीकृतको निर्णय संसदबाट हुनुपर्ने अमेरिकी धारणा छ । नेपालमा एमसीसी विरुद्धको प्रचारलाई “सक्रिय रूपमा उत्तेजित वा आर्थिक सहयोग वा प्रोत्साहन वा सहजीकरण, वा माथिका सबै कुरा चीनले गरेको अमेरिकालाई लागेको उनको भनाइ थियो ।

‘हामी एमसीसी कम्प्याक्टको वरिपरि चलिरहेको गलत सूचना अभियानहरूको बारेमा चिन्तित छौं, किनकि हामी जताततै गलत जानकारीसँग चिन्तित छौं । यस विद्युत प्रसारण आयोजनाको विपक्षमा मतदान गर्ने सांसदहरूको कार्यलाई बाहिरी प्रभाव वा भ्रष्टाचारले प्रभाव पारेको खण्डमा यो नेपाली जनताका लागि गहिरो निराशाजनक र घाटा हुनेछ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वुहान इन्स्टिच्युटमा गरिएको परीक्षण वा जनावरको परीक्षणले कोरोना फैलिएको अनुमान
  • २०७८ फाल्गुन ४, बुधबार २१:१३
  • In "अन्तराष्ट्रिय"
  • नेपालको प्रश्न, अमेरिकाको जवाफ : ‘एमसीसी सैन्य रणनीति अन्तर्गत होइन, संशोधन गर्न मिल्दैन’
  • २०७८ फाल्गुन ४, बुधबार २१:१३
  • In "देश"
  • एमसीसीलाई लिएर नेपालको आन्तरिक मामिलामा चीनको निरन्तर प्रहार, नेपालका राजनीतिक दल मौन
  • २०७८ फाल्गुन ४, बुधबार २१:१३
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

राजमार्ग बन्द गराउने विप्लवका २१ जना कार्यकर्ता धनुषामा पक्राउ

मधेश प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने पहिलो खुडकिलो प्रतिष्ठान : मुख्यमन्त्री राउत

एमसीसी पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्छौँ : प्रधानमन्त्री देउवा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version