No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले नेपाली भुभाग अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेकोलाई खाली गराई नेपाली भु भाग फिर्ता गराउन एकता अभियानद्धारा राष्ट्रसंघको कार्यालयलाई ज्ञापनपत्र दिए

चीनले नेपाली भुभाग अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेकोलाई खाली गराई नेपाली भु भाग फिर्ता गराउन एकता अभियानद्धारा राष्ट्रसंघको कार्यालयलाई ज्ञापनपत्र दिए

काठमाडौं । चिनियाँद्धारा नेपालको भूमि अतिक्रमण गरेर बनाएको भौतिक संरचनाको विरुद्ध राष्ट्रिय एकता अभियानले राष्ट्रसंघिय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रिय एकता अभियानको अध्यक्ष विनय यादवले राष्ट्रसंघको काठमाडौं स्थित कार्यालयमा गएर सूचना अधिकारी राजेन्द्रमान बनेपालीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाली भु भागलाई चिनियाँहरुद्धारा अतिक्रमण गरेको भन्दै अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको बताइएको छ । ज्ञापनपत्रमा भनिएको छ, “एकता अभियानले नेपालको चिनियाँ अतिक्रमणविरुद्ध लगातार लोकतान्त्रिक र कानुनी तवरमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । अभियानले चीनसँगको नेपालको समस्या समाधानका लागि अन्तरराष्ट्रिय समुदायलाई यथाचित भूमिका निर्वाह आग्रह गदैछौ ं।”
ज्ञापनपत्रमा भनिएको छ, अतिक्रमित भूमिबाट चीन फिर्ता जानुपर्ने, अन्तरराष्ट्रिय समुदायको निगरानीमा नेपाल र चीन सरकारले संयुक्त सीमा निरीक्षण गर्नुपर्ने र सबै सीमा स्तम्भहरुको जीपीएस राख्दै यसको रेकर्ड दुवै सरकार र अन्तरराष्ट्रिय समुदायले राख्नुपर्ने माग गरिएको छ ।
उक्त ज्ञापनपत्रको बोधार्थ काठमाडौं स्थित अमेरिकी दूतावास, नेपाल स्थित युरोपियन युनियनका प्रतिनिधि, रुसी दूतावास, चिनियाँ दूतावास र भारतीय दूतावासलाई पनि दिइएको छ । सरकारले यसअघि हुम्ला जिल्लामा नेपाल–चीन सीमा क्षेत्रलाई लिएर गत वर्ष उत्पन्न भएको विवाद बारे गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिले अध्ययन प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको छ । प्रतिवेदनमा चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको उल्लेख गर्दै दुवै पक्ष मिलेर समाधान गर्नुपर्ने सुझाइएको थियो । उक्त प्रतिवेदन अहिले परराष्ट्र मन्त्रालयलमा थन्किएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली शर्माको सरकारको पालामा हुम्लामा सीमा अतिक्रमण भएको कुरा बाहिरिएको थियो । तर त्यस बेलाका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले २०७३ सालमा गरिएको अध्ययनलाई उल्लेख गर्दै ती संरचनाहरू चिनियाँ भूभागमै बनाइएको बताएका थिए ।
त्यस्तै काठमाडौं स्थित चिनियाँ दूतावासले पनि ती संरचनाहरू आफ्नै क्षेत्रमा निर्माण भएको र नेपाल तथा चीन बीच सीमा विवाद नभएको स्पष्ट गरेको थियो । यद्यपि अहिलेको सत्तारूढ दल र त्यस बेलाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वक्तव्य निकालेर सरकारले सीमा मिचिएको प्रमाण हुँदाहुँदै ढाकछोप गर्न खोजेको आरोप लगाएको थियो ।
अहिले कांग्रेस नेतृत्वकै सरकारले उक्त क्षेत्रको अध्ययन गर्न भन्दै समिति गठन गर्दै प्रतिवेदन तयार भइसक्दा पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न हिम्मत जुटाएको छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post
विवादित चिनियाँ कम्पनीले सिद्धबावा सुरुंग माग निर्माण गर्न ठेक्का हात पारे

विवादित चिनियाँ कम्पनीले सिद्धबावा सुरुंग माग निर्माण गर्न ठेक्का हात पारे

जनकपुरधाममा बच्चा चोरी गर्ने गिरोह सार्वजनिक, छोरामोह चोरीको कारण !

जनकपुरधाममा बच्चा चोरी गर्ने गिरोह सार्वजनिक, छोरामोह चोरीको कारण !

दार्चुलामा खसेको भारतीय बेलुन मौसम बिभागको !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .